धरानः नेकपा एमालेले र माओवादी केन्द्र अलग अलग भएर जाने भएका छन् ।
पेरिसडाँडामा बसेको प्रचण्ड माधव नेपालको स्थायी कमिटी बैठकले एमाले एमाले र माओवादी अलग अलग भएर जाने निष्कर्षमा पुगेको र पार्टीभित्र संघर्ष गरिने र सर्वोच्चको निर्णयमा पुनरावलोकनको माग गरिने झलनाथ खनालले जानकारी दिए ।
यसअघि सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिता ऋषिराम कट्टेललाई दिएको छ । त्यसपछि प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेकपा खारेज भएको हो । अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युँताइदिएको छ ।
‘सर्वोच्च अदालतले मुलुकको परिस्थितिलाई तीन वर्ष अगाडिको अवस्थामा धकेलिदिएको छ,’ खनालले भने, ‘हामी दुई वटा कम्युनिष्ट पार्टी एक भएर नेकपा बनेका थियौं अब सर्वोच्चको फैसलाले त्यसलाई विघटन गर्ने, अवरोध पार्ने गरेको छ। अब हामी फेरि एकपटक नेकपा एमाले र माओवादी केन्द्र भइयो।’