Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘खुशी’ सार्वजनिक (भिडिओ)

हाम्रो कोशी आवाज
फाल्गुन २७ २०७७, बिहिबार
‘खुशी’ सार्वजनिक (भिडिओ)

धरानः गायक प्रताप दासको स्वर, राज केसीको शब्द र जीवन रसाइलीको संगीतमा रहेको ‘खुशी’ बोलको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ।
प्रेमिल शैलीको यस गीतमा राहुल प्रधानको संगीत संयोजन रहेको छ। अष्ट्रेलियाको मेलबर्न सहरमा रहर आफ्नो कलाकारिता यात्रालाई अघि बढाइरहेका गीतकार तथा मोडेल राज केसीको साथमा अस्ट्रलियन मोडेल एबि म्युजिक भिडियोमा फिचर्ड छन्। म्युजिक भिडियोमा केसी र एबि बीचको अनस्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको छ।
अष्ट्रेलियामा नै छायांकन भएको यस भिडियोलाई जीवन रसाइलीको छायांकन, सम्पादन र निर्देशनमा तयार पारिएको हो। ग्लोबल टचको प्रस्तुति रहेको भिडियोलाई आइभिएम फिल्म्सको आधिकारिक च्यानल मार्फत सार्वजनिक गरिएको हो।

प्रकाशित मिति: फाल्गुन २७ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend