Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मेलिन राई र टम्पशेर राईको ‘तिम्रो साथ होस्’ सार्वजनिक (भिडिओ)

हाम्रो कोशी आवाज
चैत्र ४ २०७७, बुधबार
मेलिन राई र टम्पशेर राईको ‘तिम्रो साथ होस्’ सार्वजनिक (भिडिओ)

धरानः चर्चित गायिका मेलिना राई र युवा गायक टम्पशेर राईद्वारा स्वरवद्ध गीत ‘तिम्रो साथ होस्’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
आयुश बराइली र सुर्विना कार्कीले अभिनय गरेको म्युजिक भिडियो सायरा क्रियशन नामक युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।
विभिन्न अकर्षक पर्यटकीयस्थलहरुमा छायाङ्कन गरिएको म्युजिक भिडियो हालका लोकप्रिय निर्देशक निकेश खड्काले निर्देशन गरेका छन् । गीतको शब्द र संगीत गायक टम्पशेर स्वयंले गरेका छन् भने आमोस तामाङको एरेन्ज रहेको छ ।
एमबीए फिल्मसका बुद्ध थापाको छायाङ्कनमा तयार पारिएको म्युजिक भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन् । रुपेश खड्काको उत्पादनमा भएको सो भिडियो सार्वजनिक भएसँगै विभिन्न माध्यमबाट सकारात्मक प्रतिक्रिया आइरहेको गायक राईले जानकारी दिए ।

प्रकाशित मिति: चैत्र ४ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend