Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अमर राईको ‘घुम्दै र फिर्दै’ सार्वजनिक (भिडिओ)

हाम्रो कोशी आवाज
चैत्र १२ २०७७, बिहिबार
अमर राईको ‘घुम्दै र फिर्दै’ सार्वजनिक (भिडिओ)

धरानः उदीयमान भोजपुरे गायक अमर राईले पूर्वेली लोकभाकामा ‘घुम्दै र फिर्दै’ बोलको गीत सार्वजनिक भएको छ ।
गीतको म्युजिक भिडियो राईको आफ्नै युट्युटब च्यानल ‘अमर क्रिएसन’मार्फत मंगलबार सार्वजनिक गरिएको हो ।
यसअघि धेरै गीत र म्युजिक भिडियो निर्माण गरिसकेका राईले पूर्वेली लोकभाकाको म्युजिक भिडिओ भने पहिलोपटक ल्याएका हुन् । ‘घुम्दै र फिर्दै’ गीत गायक राईले नै लेखेका हुन् भने गाउन गायिका जुना राईले साथ दिएकी छन् ।
विक्रम राईले संगीत भरेको गीत सुरेश राईले रेकर्डिङ गरेका हुन्। राजु कार्कीले संगीत संयोजन, मिक्सिङ र मास्टरिङ गरेका हुन् । किरण चाम्लिङ राईको निर्देशनमा तयार भएको भिडिओ भूपेन्द्र तुम्बाहाङ्फेले छायांकन गरेका हुन् । भिडिओ सम्पादन अनिल रानाले गरेका हुन् ।
म्युजिक भिडिओमा प्रयास वान्तवा राई र सुजाता थुलुङ राईको उत्कृष्ट अभिनय छ । सहरबाट घुम्न गाउँ गएका एक युवकले गाउँले युवतीसँग प्रेम गरेको र पछि भगाएर लगेको दृश्य भिडिओमा सुन्दर ढंगले देखाइएको छ ।
शब्द, संगीत, स्थान र अभिनय ‘अर्गानिक’ भएको राईले नेपालखबरसँग बताए । उनले भने, ‘यो भन्दा अगाडि धेरै किसिमका गीत गरियो, आफू पूर्वेली भएकाले आफ्नैतिरको लोकभाका पनि गरेर हेरौं न भन्ने सोचले यो म्युजिक भिडिओ तयार भएकोहो । फेरि लकडाउनका बेला केही सिर्जनात्मक काम गरौं भन्ने हेतुले पनि काम गरेको हो ।’
गीत लेखनचाहिँ यो नै पहिलो प्रयास भएको उनले बताए । राईले ‘इमोर्टल’ नामको गीति एल्बमसहित झन्डै डेढ दर्जन गीत गाएका छन् । उनले स्वदेश तथा हङकङमा समेत आफ्नो प्रस्तुति दिइसकेका छन् ।

प्रकाशित मिति: चैत्र १२ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend