धरानः धरान-१२ मा जेष्ठ नागरिक समाज तथा मिलन केन्द्रको कार्यालय उद्घाटन भएको छ ।
१२ नंं. वडा जेष्ठ नागरिक समाज तथा मिलन केन्द्रको कार्यालयको समुद्घाटन भएको हो । शुक्रबार केन्द्रका अध्यक्ष प्रा. हरिबहादुर विष्टको अध्यक्षता कार्यक्रम सम्पन्न भएको हो ।
कार्यालय उद्घाटन कार्यक्रममा धरान १२ नं. वडा कार्यालयबाट कार्यालयका लागि आवश्यक सामग्रीहरु वडा सचिव सुशिला अधिकारी प्रसाईले सचिव हरिकृष्ण श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।
अर्को व्यवस्था नभएसम्मका लागि कार्यालय सञ्चालनका लागि अध्यक्ष हरिबहादुरले आफ्नो घरको कोठा र जेष्ठ नागरिक भेला हुने स्थानलगायतका आवश्यक सामग्रीहरु निःशुल्क प्रदान गरेका थिए ।
यस कार्यालयमा मासिक बैठक, नियमित भेलाघाट, योजनाअनुसार स्वास्थ्य शिविर, भजन कृतन तथा विभिन्न कार्यक्रम सञ्चालन गरिने केन्द्रका अध्यक्ष हरिबहादुरले बताए । वडाका सदस्य ब्रह्मज्ञ, जेष्ठ नागरिक संगीता सुब्बा, समाजसेवी हरि कार्कीलगायतले जेष्ठ नागरिकको विषयमा बोलेका थिए ।