Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अपडेटः पूर्वी नेपालमा ५.८ रेक्टरको भूकम्प

हाम्रो कोशी आवाज
चैत्र २३ २०७७, सोमबार
अपडेटः पूर्वी नेपालमा ५.८ रेक्टरको भूकम्प

धरानः पूर्वमा  भूकम्प गएको छ । पहिलोपटक सानो र दोस्रोपटक ठूलो भूकम्पको धक्का महसुस भएको थियो । भुकम्पको धक्का महसुसपछि अहिले धरानमा सबै घर बाहिर निस्किएका छन् । धरानेहरु भूकम्प आयो भन्दै घरबाहिर निस्किएका छन् ।  २०७२ सालमा आएजस्तै भूकम्पको महसुस गरिएको छ । धरान, इटहरी, विराटनगर, संखुवासभा, धनकुटा, तेह्रथुम, ताप्लेजुङ, इलामलगायत पूर्वी नेपालका पूर्वका १४ जिल्लामै धक्का महसुस गरिएको छ । काठमाडौंलगायत पश्चिम नेपालमा भने भूकम्पको धक्का महसुस गरिएको छैन । भारतको पश्चिम बंगलको जल्पाइगुडी जिल्लास्थित बिनागुडी केन्द्रविन्दु भएर ५.८ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र नेपालले जनाएको छ ।  बेलुका ९ बजेर ७ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको हो । भारतीय सञ्चारमाध्यमहरुले नेपाल र भारतको सिक्किमको सीमाक्षेत्रलाई केन्द्रबिन्दू बनाएर भूकम्प गएको बताएका छन्।
नेपालको राष्ट्रिय भूकम्प मापन केन्द्रले भारतको बिन्नादुरी भन्ने ठाउँलाई केन्द्रबिन्दू बनाएर ५.८  रेक्टर स्केलको भूकम्प गएको सो केन्द्रका लोकविजय अधिकारीले बताए। भारतीय सञ्चारमाध्यम एएनआईले भने त्यहाँको राष्ट्रिय भूकम्प केन्द्रलाई उद्धृत गर्दै नेपाल र सिक्किमको सीमामा ५.४ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ। २०७२ बैशाख १२ गते ११:५६ मा गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर आएको ७.८ रेक्टर स्केलको विनाशकारी भूकम्पले नेपालमा ठूलो जनधनको क्षति भएको थियो।

प्रकाशित मिति: चैत्र २३ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend