
शिक्षा समाजमा चल्ने विशिष्ठ प्रक्रिया हो । शिक्षा र समाजका बीच जटिल सम्बन्ध छ । शिक्षाले समाजलाई प्रभावित पार्छ र समाजले शिक्षालाई । यी दुवै मानवका लागि आवश्यकता पर्दछ । समाजमा व्यापक बजारीकरण हुँदैछ जसले परिवार र समाजलाई जोड्ने बन्धनहरुलाई खुकुलो र कमजोर पारिरहेको छ । शिक्षाको माध्यमबाट समाजको विकास र रोजगारमा समाहित गराउन सकिन्छ । निःस्वार्थ भावनाबाट गरिने समाज सेवाले पहिलो खुट्किलोको रुपमा शिक्षालाई अगाडि बढाउने काम हुन्छ । अनि मात्र रोजगारको क्षेत्रहरु विस्तार गर्न सकिन्छ ।
शिक्षामा सुधार ल्याउने प्रयासहरुको ध्यान बढी राम्ररी पढाउने विधि बढी रोचक पाठ्यपुस्तक जस्ता कुरामा केन्द्रित हुन्छ । केवल औपचारिक रुपमा विद्यालय गई शिक्षा प्राप्त गर्नु त्यसमा पनि सैद्धान्तिक रुपबाट गरिने परिवर्नत सीमित मापदण्ड रहेको गतिहीन समाजका शिक्षासँग अपेक्षा धेरै राखेका हुँदैनन् । राम्रो शिक्षा प्राप्त गरे नोकरी पाइन्छ भन्ने आमधारणा छ । तथापि त्यो धारणा सबैको पूरा हुन सक्दैन । समाजमा बेरोजगारको संख्या बढ्दो अवस्थामा रहेकोले यसलाई पुष्टि गर्दछ । इतिहासकालदेखि नै शिक्षाबाट टाढा रहन पुगेका समुदायहरु पनि अव शिक्षा चाहियो भन्दै छन् । शिक्षाले गर्दा समाजको चेतनास्तर र विकासक्रमलाई निकै फेरबदलु बनाइदिएको हुन्छ । खेती किसानीमा रमाउने व्यक्तिदाताहरुले पनि नयाँ नयाँ प्रविधिद्वारा काम गर्न र रमाउँन चाहन्छन् तर सरकारले स्पष्ट नीति नियम कार्यक्रम र आर्थिक सहयोग, विऊ विजन मलखाद समयमा उपलब्ध गराउँन नसक्दा किसानहरु खासै यसमा भविष्य देखिदैन भन्दै पेशा परिवर्तन गरिरहेको अवस्था पनि देख्न सकिन्छ । कृषि औजार, प्रयोग र तालिमको अभावमा छटपटाइरहेका किसानलाई शिक्षा मार्पmत सम्पूर्ण ध्यान सीपयुक्त तालिम र पढाईमा खर्च गर्न सरकार डराउनु हुँदैन । किनभने एउटा किसानको छोरा डाक्टर, इन्जिनियर बन्यो भने धान, गहुँ, मकै, कोदो, जौं कसरी उत्पादन हुन्छ र कहाँ उत्पादन हुन्छ सबै कुरा थाहा हुन्छ । तर एउटा व्यापारी धनाढ्यको छोरो डाक्टर बन्यो भने पनि उसले सेवन गर्ने अनाज कहाँ उत्पादन हुन्छ र कस्तो हुन्छ थाहा पाउन सक्दैन । त्यसैले हाम्रो देशमा भएको यस्तो खालको शिक्षाले नयाँ युवापिढीलाई कहाँ पुरयाउँछ ?
शिक्षामा पनि राज्यले लिएको नीति दुई खालको छ । त्यसले गर्दा अंग्रेजी बोल्ने शहरी परिवारको विद्यार्थी अवश्य नै राम्रो कलेज जान्छ । शहरका सरकारी कार्यालय अथवा कम्पनी कारखानाहरुमा जागीरपाउने कुरामा विश्वस्त हुन्छ । तर गाउँको किसान परिवारको विद्यार्थीले पहिले त कलेजमा पढ्न नै कठोर मिहिनेत र आर्थिक जोहो गर्नुपर्छ । त्यसपछि येनकेन पढे तापनि जागीर पाउने सम्भावना असाध्यै धमिलो हुन्छ । समाजमा पनि हुने खाने र हुँदा खाने असामान्य परिवारहरुको बसोबास रहेको पाउँछौ त्यो समाजमा रोजगारीका अवसरहरु टाठा बाठाले प्राप्त गरेका हुन्छन् अनि निमुखा र भनसुन गर्ने व्यक्ति नभएका गरीबगुरुवाका परिवारलाई रोजगार तथा सीपमुक्त तालिम प्राप्त गर्न निकै कठिन देखिन्छ । यसले गर्दा देशमा भएका विभिन्न कालखण्डमा भएमा परिवर्तनहरु दिगो र भरपर्दाे हुनै सक्दैनन् सरकारले लिएको नीति त्यस मार्पmत आउने कार्यक्रमहरु समग्र हुनै सक्दैनन् । समाजमा धनी र गरीबको खाडल निकै फराकिलो हुँदै जान्छ । त्यसैले यस्तो विभेद नहोस् भन्नाका लागि एकै प्रकारको शिक्षा लागू होस् जहाँ धनी र गरीबका छोराछोरीले पढ्ने विद्यालय र कक्षाकोठा एउटै होस् पढ्ने ठाउँमा क्रियाकलाप गर्ने सकिने र प्रयोगात्मक तथा विषय वस्तुसँग मेलखाने सामाग्रीहरु उपलब्धता हुने वातावरण सरकारले मिलाउने सक्नु पर्छ अनि मात्र रोजगारमुलक शिक्षाले समाजलाई परिवर्तन गराउन सक्छ ।
समाजले कस्तो शिक्षा चाहन्छ भन्ने कुरा निकै महत्वपूर्ण हुन्छ । हामी को हौँ र के हौं ? भन्ने हाम्रो आफ्नो पहिचानमा आधारित हुन्छ । यो पहिचान स्थिर हुँदैन लगातार विकसित भइरहेको हुन्छ नयाँ परिवर्तित अवस्थामा शिक्षाको बारेमा भाषा क्षेत्र लिंग जाति राजनीतिक विषयले निकै हावी भइरहेको हुन्छ । त्यो स्वभाविक पनि हो । शिक्षाको विकासमा ती पक्षहरुको सहयोग लिनु आवश्यक देखिन्छ समाजले मानिसलाई इमान्दार बन्न सजिलो अथवा गाह्रो बनाइदिन्छन् । समाज कसरी बदलिन्छन् समाजमा मानिसलाई सज्जनता अथवा दुर्जनतातिर डो¥याउने के कस्ता प्रकृया गतिशील रहन्छन् । इत्यादिको अध्ययन गर्नु असाध्यै चाखलाग्दो हुन्छ । यस्तो अध्ययनले हामीलाई मानवजीवनमा शिक्षाको के महत्व छ भन्ने पनि छर्लङ्ग पारिदिन्छ । आखिर शिक्षाबाटै हामीले आफ्नो चरित्र ज्ञान र कर्म प्राप्त गछौं शिक्षा विद्यालयमा मात्र सीमित हुँदैन समाजका कयौं स्थानमा निरन्तर चलिरहेको हुन्छ । त्यस बखत सहभागी हुँदै सीपका कुराहरु निर्माणका कुरा अनुसन्धानका बारेमा बहस छलफल गर्दै योग्य बन्नु नै शिक्षाको धर्म पनि हो । साथै शिक्षा कसरी प्राप्त गर्ने होला भन्ने जिज्ञासाका साथै रोजगारमा व्यक्तिको दिमागी चाललाई बढी खियाउनु नपर्ने हुँदा त्यो शिक्षा नै समाज शिक्षाको रुपमा विश्लेषण गर्न सकिन्छ । शिक्षालाई हेर्ने दृष्टिकोणमा सरकार र राजनीतिक दलहरुले उचित ध्यान नदिँदा शिक्षामा ठूलो धनराशी खर्च गर्दा पनि समाजमा ठूलो निराशा छ । यस्तो निराशा हटाएर शिक्षालाई पुनः उत्साहित बनाउने जिम्मा फेरि पनि राज्य प्रणालीकै हो । लोकतन्त्रका लागि समाजलाई उचित शिक्षित तुल्याउने र समजामा बसोबास गर्ने व्यक्तिहरु गुणस्तरीय शिक्षा व्यवहारिक शिक्षा र सीपयुक्त शिक्षा प्राप्त गर्ने खालको माहोल सृजना गर्न सम्बन्धित सबै पक्षले ध्यान दिनु जरुरी छ ।
व्यक्तिलाई सिद्धान्त छाटेर होइन भोक लागेको बेलामा खाना पाउने उत्पादन बढाउने र रहर लागे सृजनामा रमाउने वातावरण बन्न सक्ने हैसियत भएका जनशक्ति उत्पादन गर्न सक्नु पर्दछ अनि मात्र समाजमा द्वन्द्व समाप्त भएर जान्छ । जनवादी जनमुखी समाजवादी राष्ट्रवादी वैज्ञानिक आदि शब्दै चाहिन्न । आवश्यकता पर्दा सजिलै उत्पादन गर्न र आयश्रोतको बाटो खुल्ला बनाइदिनु नै शिक्षा हो । समाजमा बेरोजगार थप्दै जाने अनि मीठा शब्द र भाषणले मात्र रोजगारी हुने शिक्षा समाजले प्राप्त गर्न सक्दैन । शिक्षा एवम् सँस्कारले कुनै पनि व्यक्तिको जीवनमा उच्चतम आत्म विश्वास पैदा हुन्छ र निरन्तरको प्रयासले बाटो खोल्नुको साथै जीवन जीवउने कला समेत दिइएको हुन्छ । जीवनमा कुनै किसिमको चुनौती खेप्नु पर्दैन भन्ने मान्यता पनि समाजको विश्वासमा छ । खेती कसरी गर्ने उत्पादन कसरी बढाउने व्यवसायलाई कसरी आधुनिकीकरण गर्ने विक्रेतासम्म पु¥याउने बाटो पुल नाला आदी कसरी गुणस्तरीय बनाउने ताकि धेरै बर्षसम्म टिकाउ र गुणस्तरीय कामका लागि योग्य र सिपालु व्यक्तिको आवश्यकता पर्दछ । ती काम प्रयोजनका लागि पनि शिक्षा कै आवश्यकता पर्दछ । त्यैले जीवनमा अरु काम पनि हुने गर्दछ । कसैले सीप सिक्ने कसैले सैद्धान्तिक तथा व्यवहारिक र प्रयोगात्मक शिक्षामार्पmत सिकेर समाजलाई शिक्षित बनाउँदै अगाडि बढ्न सक्ने शैक्षिक जनशक्ति उत्पादन गरेपछि समाजका परिवारलाई बेरोजगार भयो भन्दै खाली बस्नु नपर्ने अवस्थाको दिन सृजना गरेमा मात्र शिक्षा र समाजको सम्बन्ध निकै राम्रो भएर जाने थियो ।
अन्त्यमा समाजमा रहेर नै हामी योग्य बन्न सम्भव हुन्छ मानिसहरु बीचका थुप्रै फरक सबै होइन समाजकै कारण सृजना भएका हुन । त्यसैले कसरी अलग अल किसिमका समाजले मानिसलाई इमान्दार बन्न सजिलो अथवा गाह्रो बनाइदिन्छन् समाज कसरी बदलिन्छन् समाजमा मानिसलाई सज्जन बनाउन शिक्षा र रोजगारको आवश्यकता पर्दछ । रोजगारले नै मानिसको जीवन चलाउने माध्यम हो । त्यसैले विद्यालयका हरेक कक्षामा केही विद्यार्थी चाँडै सिक्छन् र केहीले निकै ढिलो सिक्छन्, कुनै पनि विद्यार्थीले स्कुलमा कति चाँडै र कति रुचीपूर्वक सिक्छन भन्ने सम्बन्ध उसको व्यक्तिगत क्षमतामा मात्र सीमित नरहेर स्कुलको वातावरण तथा सामाजिक परिवेशका साथै उसको परिवार र उसका आमाबाबु कस्तो सामाजिक समूहका अंग हुन् भन्ने कुरामा पनि निर्भर हुन्छ ।