Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

रचना रिमाल र केशव राईको ‘पूर्वै धरान’ (भिडिओ)

हाम्रो कोशी आवाज
चैत्र ३० २०७७, सोमबार
रचना रिमाल र केशव राईको ‘पूर्वै धरान’ (भिडिओ)

धरानः धेरै कलाकारले धरानलाई देशविदेशसम्म चिनाउने कोसिस गरिरहेका छन् । यसै क्रममा पछिल्लो समय सांगीतिक क्षेत्रमा मिठो स्वरले चर्चा कमाएकी रचना रिमाल र केशव राईको ‘पूर्वै धरान’ बोलको लोकगीत सार्वजनिक भएको छ ।
शब्द, संगीत रेष्मा हायु राईको छ भने गीतको एरेन्ज कृष्णभक्त राईको छ । भिडियोमा रचना र केशव स्वयं देखिएका छन् ।
यसअघि गायक विशाल रायमाझीको नयाँ गीत ‘पूर्वै धरान’ आइसकेको छ । यस गीतले निकै चर्चा पनि कमाइसकेको छ । हरिमाया रायमाझीको शब्द, विशाल रायमाझीको लय रहेको गीतमा विशाललाई हरिमाया रायमाझी र सर्मिला रायमाझीले स्वरमा साथ दिएका छन् ।
गीतको आकर्षक भिडियोसमेत बनेको छ । भिडियोमा नक्कली अनमोल केसीको रुपमा केही पहिले युट्युवमा भाइरल अभिषेक श्रेष्ठ र एलिना रायमाझीको अभिनय रहेको छ । राजकुमार मगरको निर्देशन रहेको भिडयोमा सागर गौतमको छायांकन र राजकुमार मगरकै सम्पादन रहेको छ ।

प्रकाशित मिति: चैत्र ३० २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend