Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धराने गायक डिल्ली फोम्बोले ल्याए ‘यो मायाले के गरयो’ (भिडिओ)

हाम्रो कोशी आवाज
बैशाख २ २०७८, बिहिबार
धराने गायक डिल्ली फोम्बोले ल्याए ‘यो मायाले के गरयो’ (भिडिओ)

धरानः डिल्ली फोम्बो एण्ड द ब्याण्डको रुपमा स्टेजहरुमा चम्किरहेका धराने गायक डिल्ली फोम्बोको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।
‘यो मायाले के गरयो’ बोलको गीतमा गायक डिल्लीकै शब्द र संगीत रहेको छ भने सञ्जीव राईको संगीत संयोजन रहेको छ ।
रेखा लिम्बू र गायक फोम्बोको अभिनय रहेको गीतको नरेन लिम्बूको निर्देशन रहेको छ भने विनय कंसाकारको सम्पादन र विजेन्द्र भट्टराईको छायांकन रहेको छ ।
लिम्बू समुदायमा पहिलो चोटी गुनगुनाइएको भनिएको पोकन्दी र नेपाली लोक शब्द र संगीतको मिश्रण गरिएको गीत एउटा प्रयोगको रुपमा तयार गरेको गायक फोम्बोले बताए । गीतको धरान आसपासमा छायांकन गरिएको छ ।

प्रकाशित मिति: बैशाख २ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend