धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिका प्रेस संयोजक शिशिर राईले राजीनामा दिएका छन् ।
उनले बुधबार राजीनामा पत्र बुझाएको जानकारी दिएका छन् । २०७७ असोज १२ गते प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीको प्रेस संयोजकमा नियुक्त भएका थिए । ‘आफ्नो कार्य व्यस्तताका कारण आजको मितिबाट काार्य गर्न नसक्ने भएकोले राजीनामा दिएको जानकारी गराउँदछु’, उनले लेखेको राजीनामा पत्रमा भनिएको छ । उनले अब निरन्तर पत्रकारितामै ध्यान दिने बताउँदै आएका छन् ।
