सविता थापा करिब ६ वर्ष अघि घुँडा दुख्ने समस्या लिएर धेरै अस्पताल धाइन् । तर अस्पतालको औषधीको सेवनले समस्या कम भएन । त्यसपछि उनी साथीको सल्लाहले योग शिविर गइन् । योग गर्न थालेपछि घुँडा दुख्ने समस्या मात्रै निवारण भएन, अहिले आफूलाई अन्य रोगले पनि नसताएको उनी बताउँछिन् ।
योग, ध्यान, शारीरिक कसरत र खानपिनमा सन्तुलन गर्न सकियो भने रोगलाई जित्न सकिन्छ । साथै, तनावबाट मुक्ति र स्वस्थ जीवन जिउन सकिन्छ भन्ने कुरा थापाले अहिले राम्रोसँग बुझेकी छिन् । त्यसैले, उनले आफ्नो जीवनशैली योगमय बनाएकी छिन् ।
१२ वर्षदेखि योग गर्दै आएकी देव कृपा अहिले पतञ्जली योगपीठकी योग प्रशिक्षक छिन् । उनका अनुसार योगले मानिसलाई मानसिक र शारीरिक रुपमा स्वस्थ राख्न मद्दत गर्छ ।
योगबारे ज्ञान नेपाली समाजमा अझै पनि कम छ । योग भनेकै जोड्नु हो । यसले परमात्मासँग मन र मस्तिष्कको मिलन गराउँछ । योगासनमा सबैभन्दा लाभदायक आसन सूर्य नमस्कार मानिन्छ । कृपाको सबैभन्दा मनपर्ने आसन पनि सूर्य नमस्कार हो । लगातार तीन घन्टासम्म सूर्य नमस्कार गर्न सक्ने आफूलाई एक घण्टा त सामान्य भएको उनी बताउँछिन् । विगत एक दशकदेखि उनले कुनै औषधी सेवन गरेकी छैनन् ।
यसरी योगासन गरेर विभिन्न रोगबाट छुटकारा पाएका कैयौँ उदाहरण छन् । तर योगबारे ज्ञान नेपाली समाजमा अझै पनि कम छ । पतञ्जली योग समितिका केन्द्रिय सदस्य एवं योग गुरु लोकनाथ खनालका अनुसार योगको वास्तविक अर्थ थाहा पाउन नसकेको कारण आममानिसहरु योगसँग जोडिन नसकेको देखिन्छ । योग भनेकै जोड्नु हो । यसले परमात्मासँग मन र मस्तिष्कको मिलन गराउँछ ।
कुनै एउटै पोजिसनमा लामो समयसम्म बस्न सक्नु योगासन हो । शरीर र मनलाई शान्त राखेर बस्न नसके योगासनबाट लाभ लिन सकिदैन । त्यसैले, हामी जुन आसनमा योग गरे पनि त्यसमा सासलाई गहिरो रूपले ध्यान दिनु आवश्यक छ । आसनअनुसार श्वास–प्रश्वासको तरिका बदल्नुपर्ने हुन सक्छ । योगका धेरै आसन हुन्छन् । आफूलाई के समस्या छ, सोही अनुसार योगासनको तरिका फरक फरक हुन्छ । आफूलाई योगाभ्यासको ज्ञान नभए गुरु थाप्नु जाति हुन्छ ।
कुनै एउटै पोजिसनमा लामो समयसम्म बस्न सक्नु योगासन हो । शरीर र मनलाई शान्त राखेर बस्न नसके योगासनबाट लाभ लिन सकिदैन ।
योग गुरु लोकनाथ खनालका अनुुुसार योगको सुरुवात नै परिवर्तन भएको हुनाले योगाभ्यास सँगै मानिसको जीवनशैली स्वास्थ्य हँुदै जान्छ । यसले मानिसको आचरणमा सकारात्मक परिवर्तन ल्याउँछ । नियमित योगाभ्यासले खानपानमा सुधार आउँछ भने शारीरिक र मानसिक रुपमा स्वास्थ्य समेत भइन्छ ।
‘अन्य व्यायाममा शारीरिक स्र्फुततालाई मात्र बढी महत्व दिइन्छ भने योगमा श्वाससम्बन्धी अभ्यास गरिन्छ । श्वासको लयबद्धतालाई ध्यानमा राखेर अभ्यास गरिन्छ ।,’ खनाल भन्छन्, ‘ योगमा गरिने आसनमा विपरित क्रिया हुन्छ । शरीरलाई जति अगाडि झुकाउने क्रिया हुन्छ, त्यति नै पछाडि झुकाउने अभ्यास पनि हुन्छ । जति शरीरलाई दायाँ लग्ने अभ्यास हुन्छ, त्यति नै बायाँ लग्ने अभ्यास पनि हुन्छ, यसले शरीर सन्तुलित गर्न मद्दत गर्छ । सरी मोबाइललाई दिनभरि एक्टिभ राख्न चार्ज गर्नुपर्ने हुन्छ, त्यस्तै शरीरलाई पनि दिनभरि एक्टिभ राख्न योग गर्नुपर्ने हुन्छ ।
खनालका अनुसार सफल जीवन जिउन, शैक्षिक, व्यवसायिक तथा अन्य जुनसुकै कार्य क्षेत्रको सफलताको लागि पनि योग आवश्यक छ । योगले हाम्रो शरीरलाई स्वास्थ्य र स्फूर्त राख्न मद्दत गर्छ ।’ एकाग्रता र ध्यानको लागि पनि योग महत्वपूर्ण छ । जसरी मोबाइललाई दिनभरि एक्टिभ राख्न चार्ज गर्नुपर्ने हुन्छ, त्यस्तै शरीरलाई पनि दिनभरि एक्टिभ राख्न योग गर्नुपर्ने हुन्छ ।
फोक्सोलाई बलियो बनाउन प्राणायाम आवश्यक रहेको पतन्जली योग समितिका योगगुरु लवदेव मिश्रको भनाइ छ । कोभिड महामारीमा विश्वभरि नै फोक्सोसहित समग्र स्वास्थ्य र मानसिक स्वास्थ्यका लागि योग र ध्यानमा बढी समय दिन थालिएको उनले बताएरु। बिरामी र निको भइसकेकालाई भस्त्रिका प्राणायाम र अनुलोम–विलोम प्राणायाम उपयोगी हुने उनले सुझाए । भस्त्रीका प्राणायाम प्रायः बसेर गरिन्छ भने अनुलोम–विलोम सुतेरसमेत गर्न सकिन्छरु। नाकको एउटा प्वालबाट धेरै श्वास लिएर पुनः विपरीत प्वालबाट सास छोड्ने र पुनः सास छोडेको प्वाँलबाट श्वास लिएर अर्को प्वालबाट छोड्ने प्रक्रिया अनुलोम–विलोम हो । दुवै नाकले लामो श्वास छातीभित्र लिएर बाहिर फाल्ने प्रक्रिया भस्त्रीका प्राणायाम हो । कोभिडका बिरामीले १० मिनेट अनुलोम–विलोम गरेपछि कम्तीमा १० मिनेट आराम गरी यो चक्रलाई शरीरले थेगेसम्म जारी राख्न सकिने मिश्रको भनाइ छ ।