धरानः धरानमा ६३ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ ।
धरान–९ सुनसरीका संक्रमित पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत असार ६ गते उनमा कोरोना पुष्टि भएको थियो । उनी गत असार ८ गते नै अस्पताल भर्ना भएका थिए ।
सोमबार ५ः५० बजे उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता चुरामणि पोखरेलले जानकारी दिए । उनीमा उच्च रक्तचापलगायतको समस्या रहेको थियो ।