Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोरोनाले गरिबी र बेरोजगारी थपिँदो

हाम्रो कोशी आवाज
असार १६ २०७८, बुधबार
कोरोनाले गरिबी र बेरोजगारी थपिँदो

समयसापेक्ष विश्वमा विभिन्न महामारी देखा पर्ने गरेको छ । कतिपय महामारी केही देशहरूलाई मात्र प्रभावित बनाएर सकिएका छन् भने कतिपय महामारीले विश्वलाई नै प्रभावित बनाइरहेका छन् । विश्व महामारीको इतिहास हेर्दा कोभिड–१९ भन्दा पनि भयानक महामारी विश्वमा फैलिएको पाइन्छ । यसरी महामारी फैलँदा मानवीय प्रभाव र आर्थिक प्रभावले विशेष महत्व राख्छ । मानिसको दैनिक व्यवहार आर्थिक आयआर्जनले निर्धारण गर्छ । आज विश्वको गतिविधि, क्षमता, व्यवहार आर्थिक स्थितिले मापन गरिरहेको अवस्थामा वर्तमान कोभिड–१९ ले एक्काइसौं शताब्दीको ठूलो आर्थिक मन्दीलाई आमन्त्रण गरिरहेको छ ।
विश्वभरि फैलिएको कोरोना प्रभावबाट विश्व अर्थतन्त्र नै सिथिल बनिरहेको छ । लामो समयसम्म विश्व बन्दाबन्दीले उत्पादनलाई बन्दी बनायो । आममानिसमा कोरोना त्रास फैलियो, अशान्ति र असन्तुष्टि सिर्जना भए । आर्थिक क्रियाकलाप ठप्पप्रायः भयो । आर्थिक क्रियाकलापका अधिकांश क्षेत्र पूर्णतः बन्द छन् । जुन गतिमा मजदुरहरू काम गरिरहेका थिए, कोभिड महामारीले अचानक काममा रोक लगाइदियो । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) मा अनुसन्धानकर्ता भएर कार्यरत स्टिमन क्यापसोस भन्छन्, यसअघिको आर्थिक संकटको तुलनामा वर्तमान संकट बिल्कुलै फरक छ, किनभने यो महामारीले सोझै श्रम बजारलाई हस्तक्षेप गरेको छ । आईएलओका अनुसार– यो अवधिको कामको जति घण्टा बर्बाद भएका छन् त्यो ३० करोड फुलटाइम जागिरबराबर थिए ।
यस अवधिमा धनीको धन बढ्यो र गरिबको संख्यामा पनि बढोत्तरी भयो । मध्यएसिया र अमेरिकाको कामको घण्टामा १३ प्रतिशतले कमी आएको, निम्न र मध्यम आय भएका देशमा कामको घण्टामा बढी नै कमी आएको एक अध्ययनले बताएको छ । यस महामारीबाट सबैभन्दा नराम्रोसँग १ अर्ब ६० करोड मजदुर प्रभावित बनेका छन् । नेपालमा पनि बन्दाबन्दीका कारण २० लाख नेपालीको रोजगारी गुमेको छ । विभिन्न क्षेत्रमा गरी विश्वमा लगभग ३ अर्ब ३० करोड मानिस रोजगार छन् । यिनमा पनि अहिले धेरैको काम गर्ने समयावधि घटेर आम्दानी घटिरहेको छ । अधिकांश रोजगारी गुमाउने साना तथा मझौला उद्योगमा काम गर्ने मजदुर रहेका छन् । कोरोना संकटको सबैभन्दा बढी असर अनौपचारिक क्षेत्रमा परेको छ । जब अर्थतन्त्रमा बेरोजगारी बढ्छ, त्यसले गरिबी अप्रत्याशित रूपमा बढाउँछ । कोरोनाको कारण रोजगारी गुम्दा विश्वमा करिब १० करोड मानिस अति गरिब हुने विश्व बैंकले बताएको छ । अनौपचारिक श्रम बजारका श्रमिक तथा गरिब मजदुरमा यसको असर परेका कारण अधिकांश दरमा गरिबी बढ्ने प्रक्षेपण विश्व बैंकले गरिरहेको छ ।
नेपालमा ५५ लाख गरिबीको रेखामुनि रहेकोमा कोरोनाका कारण ३४ लाख गरिबीको रेखामुनि धकेलिरहेका छन् । यो लगभग ५ प्रतिशतले बढेको अवस्था हो । गरिबीको रेखामुनि रहेको जनसंख्या १८.७ प्रतिशत मानिए तापनि कोरोना कहरसँगै बढेर यो २२ प्रतिशतको हाराहारीमा पुग्ने निश्चित छ । सरकारले दिएको राहत प्याकेजका आधारमा प्रदेश नं. १ मा ३ लाख २७ हजार ७ सय ३६ परिवार, प्रदेश नं. २ मा ५ लाख ६८ हजार ६ सय १४ परिवार, बाग्मती प्रदेशमा ३ लाख ६९ हजार ५ सय परिवार, गण्डकी प्रदेशमा १ लाख ११ हजार ४ सय ७५ परिवार, लुम्बिनी प्रदेशमा १ लाख ८३ हजार ९ सय ६९ परिवार, कर्णाली प्रदेशमा ९३ हजार ९६ परिवार र सुदूरपश्चिम प्रदेशमा १ लाख २७ हजार ३ सय ३८ परिवार अतिप्रभावित भएको देखिन्छ । यो गरिबीकै सूचक हो । नेपालमा गरिबीको सूचीमा धकेलिइरहेका जनसंख्यालाई क्षेत्रगत रूपमा हेर्दा रेमिट्यान्सबाट धानिएको परिवार बढी प्रभावित, त्यसपछि पर्यटन क्षेत्र रहेको छ । लगभग गरिबीमा धकेलिइरहेका ३० लाख जनसंख्या यसै क्षेत्रमा पर्छन् । अतिप्रभावित परिवारलाई बिहान–बेलुकाको हात मुख जोर्न पनि समस्या भइरहेको नेपाली नागरिकहरूको सहयोगी हातमार्फत बिहान–बेलुकाको भोक मेटाइरहेका छन् । गरिबको मुक्तिका लागि भन्दै सत्तामा पुगेका नेतृत्व र दललाई भोकभोकै जिउन बाध्य नागरिकको दृश्यले कुनै प्रभाव पारेको छैन ।
कोभिड–१९ ले विश्व अर्थतन्त्रलाई नै खुम्च्याइरहेको छ । यहाँ दीर्घकालीन क्षतिको त अनुमान नै गर्न सकिएको छैन, तर वर्तमान क्षतिको कुरा गर्दा विश्व अर्थतन्त्रले ९० खर्ब डलर बराबरको क्षति बेहोर्न सक्ने एक अध्ययनले देखाएको छ । विश्वको तुलनामा जम्मा ३४ खर्बको अर्थतन्त्र रहेको नेपाल पनि धेरै प्रभावित बन्ने देखिन्छ । विशेषतः आयातमुखी रहेको अर्थतन्त्र थप खुम्चने निश्चित छ । ग्रामीण कृषि अर्थतन्त्रको तुलनामा सहरी औद्योगिक अर्थतन्त्र बढी प्रभावित बन्नेछ । निजी क्षेत्रको अर्थतन्त्रमा कम हिस्सा ओगटेको नेपाल कोभिड–१९ को प्रभावबाट छुट्कारा पाउन सक्ने अवस्था त छैन, तर सरकारको महामारीमुखी नीतिले मलमपट्टी लाग्ने अवस्था सरकारले सिर्जना गर्नु नै पर्छ । ३.६ प्रतिशत योगदान रहेको पर्यटन क्षेत्रमा ताला लागेको छ । त्यस्तै ६.५ प्रतिशतको हाराहारीमा योगदान रहेको बैंकिङ तथा वित्तीय क्षेत्रको उत्पादकत्व घट्दै गएको छ । पर्यटन, शिक्षा, पार्टी प्यालेस, क्याटेरिङ, यातायात व्यवसायलगायतका क्षेत्र चरम मारमा छन् । आर्थिक क्रियाकलाप दैनिक उपभोग्य वस्तुको कारोबारले मात्र गरिरहेको स्थिति छ, जुन नियमित र निरन्तर हुने क्रियाकलाप हो ।
विश्वमा कोरोना भाइरस महामारीले मानवीय क्षतिका साथै आर्थिक क्षति पनि उत्तिकै पुरयाइरहेको छ । मर्ने त मरिगए, बाँच्नेलाई पनि थप आर्थिक संकट सिर्जना गरी मृत्यु वरण गर्ने वातावरण सिर्जना भइरहेको छ । एक जनामा औसत चार जना आश्रित भएको अवस्थामा रोजगारी गुम्नुले परिवारका पूरै सदस्य मारमा परेका छन् । बेरोजगारीले गरिबी सिर्जना गर्ने हुँदा सरकारले रोजगारी सिर्जनालाई पहिलो प्राथमिकता दिनुपर्ने हुन्छ । उद्योग सञ्चालन, कृषि र जलस्रोतलाई प्राथमिकता प्रदान गरी ठूलो संख्यामा रोजगारीमूलक क्रियाकलाप सञ्चालन गर्नुपर्छ ।

प्रकाशित मिति: असार १६ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

  • सहकारीले बिल्लीबाठ

    ‘टोल टोलमा सहकारी, घर घरमा धानको भकारी’ भनेर सरकारले सहकारी दर्ताका लागि प्रोत्साहन गर्यो । सहकारीलाई अर्थतन्त्रको तीन खम्बा भनियो । देशमा ३५ हजार...

    • ६ दिन अगाडी
    • ६ मिनेट पाठ
  • चाडपर्वको उमङ्गसँगै विद्यार्थीले एक महिने बिदाको सदुपयोग कसरी गर्ने ?

    नेपाली समाज विविध धर्म, संस्कृति, परम्परा र संस्कारले समृद्ध छ । हाम्रा चाडपर्वहरू मनोरञ्जन र खुसी साटासाट गर्ने अवसर मात्र नभई पारिवारिक आत्मीयता, सामाजिक...

    • २ हप्ता अगाडी
    • ४ मिनेट पाठ
  • ‘देखावटी र मौसमी अनुगमन’ पनि भएन यसपटक

    नेपालीको महान् चाड दशैं ढोकैमा छ । तर, यो दशैंमा पनि बजारमा सरकारको शून्यता देखियो । विगतमा दशैं आउँदा मात्र बजारमा सरकार देखिन्थ्यो ।...

    • ३ हप्ता अगाडी
    • ६ मिनेट पाठ
  • दशैं-तिहार र चुनावमा मात्रै गाउँ फिर्ने ?

    दशैं मान्नका लागि काठमाडौं उपत्यका छोड्नेको संख्या बढ्दो छ । व्यापार व्यवसाय, रोजगारी, शिक्षा लगायतका कारणले उपत्यका बसिरहेकाहरु धमाधम गाउँ फर्किरहेका छन् । उपत्यकाका...

    • ३ हप्ता अगाडी
    • ७ मिनेट पाठ
  • अक्षरको नोबेल यात्रा

    -तोमनाथ उप्रेती स्टकहोम जाने विमान बादलमाथि उडिरहेको थियो। तल पृथ्वी थियो। माथि आकाश। बीचमा म। तर त्यो दिन मेरो यात्रा स्विडेनतर्फ मात्र थिएन। म अक्षरतर्फ...

    • ४ हप्ता अगाडी
    • १० मिनेट पाठ
  • धरानमा छतबाट लडेर मृत्यु, खोल्सीमा खसेर अर्का बालक पनि गम्भीर

    धरानः धरानमा घरको छतबाट लडेर एकजनाको मृत्यु भएको छ । धरान–१५ मा घरको छतबाट खसेर १० महिनाको बालक काइरम श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ...

    • ४ हप्ता अगाडी
    • २ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend