Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

विद्यार्थीलाई शेयर बजारको फाइदा

हाम्रो कोशी आवाज
असार २६ २०७८, शनिबार
विद्यार्थीलाई शेयर बजारको फाइदा

शेयरका बादशाह वारेन बफेटले ११ वर्षको उमेरमा शेयरमा लगानी गरेका थिए । संसार भरिनै शेयरको कारोबार गरेर दैनिक करोडौं मानिसले आफ्नो जीवनको गुजारा मात्रै होइन, जीवन कायापलट गर्दै आएका छन् । शेयर बजारमा लगानी गर्ने सबैभन्दा उपयुक्त समय कुन हो ? यसको ठोस जवाफ त छैन । वारेन बफेटलाई नै हेर्ने हो भने दोस्रो बजारमा प्रवेश गर्न विद्यार्थी जीवन सबैभन्दा राम्रो समय हो ।
सामान्यतः लगानीकर्ताहरुको हातमा धेरै पैसा भएपछि अथवा जागिर सुरु गरेपछि शेयर बजारमा प्रवेश गर्ने प्रचलन रहदै आएको छ । जब मान्छेसँग तरल सम्पत्ति हुन्छ तब उसले त्यो तरल सम्पत्तिलाई कुनै न कुनै क्षेत्रमा लगानी गर्नुपर्दछ । नत्र मुद्रास्फीर्तिको रेसियोअनुसार अन्य सबै कुराको मूल्यवृद्धि हुन्छ र बचतको मूल्यह्रास हुँदै जान्छ ।
लगानी गर्न पनि अनुभव आवश्यक पर्दछ । हातभरि पैसा छ लगानी त गर्ने ? तर कहाँबाट ? कुन शेयर किन्ने ? आदि समस्या मुख्यरुपमा देखा पर्दछन् । त्यसैले शेयर बजारमा लगानी गर्न पनि अनुभव र ज्ञानको आवश्यकता पर्दछ । धेरै जस्तो लगानीकर्ताहरु दोस्रो बजारमा ठोकिन्छन् । थोरै पुँजी भएपनि लगानी गर्न मिल्ने र अन्य क्षेत्रभन्दा शेयर बजार क्षेत्रमा उतारचढाव धेरै भएकाले लगानीकर्ताको मन शेयर बजार क्षेत्रतर्फ आकर्षित हुने गर्छ । कोही मानिसहरुको आफ्नो चाहना र इच्छाले शेयर बजारमा प्रवेश गर्छन् भने कोही कोही मानिसहरु साथीभाइको लहैलहैमा लागेर अथवा अन्य कुनै कारणले शेयर बजार क्षेत्रमा प्रवेश गर्ने गर्छन् ।
शेयर बजार यस्तो क्षेत्र हो जहाँ सजिलै पैसा कमाउन सकिन्छ र सजिलै गुमाउनपनि । शेयर बजारमा थोरै मात्र लगानीकर्ताले पैसा कमाउने गर्छन् भने धेरै लगानीकर्ताले पैसा गुमाउने गर्छन् । बजार प्रवेश गर्न सजिलो भएपनि यो क्षेत्रमा पैसा कमाउन र आफ्नो पुँजी घट्न नदिन ठूलै पापड बेल्नुपर्ने हुन्छ । दोस्रो बजारमा अनुभव भएको मान्छेको भेट पैसा भएको मान्छेसँग हुन्छ र केही समयपछि अनुभव भएको मान्छेको हातमा पैसा हुन्छ र पैसा भएको मान्छेसँग अनुभव हुने गर्छ । पैसा भएपनि अनुभव नहुँदा लगानीकर्ताले ठूलो पैसा गुमाउने गर्छन् ।
विद्यार्थी जीवनमा शेयर बजार
जति नै पढेपनि जति नै विज्ञता हासिल गरेपनि शेयर बजारमा अनुभवको ठूलो महत्व हुन्छ । जागिर जीवनमा प्रवेश गरी दोस्रो बजारमा लगानी गर्दा लगानीकर्ताले ठूलो पैसा लगानी गर्छन् र अनुभवको अभावले बजारबाट राम्रो प्रतिफल निकाल्न सक्दैनन् र आफ्नो ठूलो पुँजीलाई जुवा खेल्दा हारेको सो सरहको रुपमा गुमाउँछन् ।
शेयर बजारमा प्रवेश गर्न राम्रो समय भनेको विद्यार्थी जीवनमा नै हो । विद्यार्थी जीवनमा त्यति धेरै पैसा हुँदैन । यदि विद्यार्थी जीवनमा भएको थोरै थोरै पैसा हामीले दोस्रो बजारमा लगानी गर्न सकेमा शेयर बजारको चालको बारेमा अनुभव लिन सकिन्छ । शेयर बजारमा हुने कारोबार सिक्ने मौका भनेको विद्यार्थी उमेर नै उत्तम हुन्छ । विद्यार्थी जीवनमा गरिएको थोरै लगानीमा नोक्सानी आउँदा त्यति ठूलो असर पर्दैन तर पछि लगानी गरेर ठूलो पैसामा नोक्सानी हुँदा आफूलाई धेरै ठूलो असर पर्छ । त्यसैले शेयर बजारको मिठो अनुभव लिने र भविष्यमा ठुलो पुँजी लगानी गर्नुपरेमा विद्यार्थी जीवनमै शेयर बजारमा लगानी गरेको अनुभवले सिकाउँछ ।
अहिलेको बजारको अवस्था हेर्ने हो भने विद्यार्थीहरुलाई दोस्रो बजारमा प्रवेश गर्न र अनुभव लिन राम्रो समय छ भन्दा फरक पर्दैन । अहिलेको अवस्था हेर्दा वाणिज्य बैंकहरुको शेयरलाई धेरै लगानीकर्ताहरुले ‘अण्डर भ्यालुड’ भन्दै आएका छन् । मूल्य आम्दानीअनुपात १५ भन्दा मुनी भएका केही वाणिज्य बैंकहरुको शेयरमूल्य २०० को वरिपरि रहेको छ । एकजना विद्यार्थीले आफ्नो खर्चबाट २५ सय रुपैयाँ निकालेर दोस्रो बजारमा प्रवेश गरी अनुभव लिन सक्छ र निकट भविष्यमा ठूलो पुँजी लगानी गर्दा उ अन्योलबाट टाढा रहन्छ ।
एकजना व्यक्तिको विद्यार्थी जीवनमा जति पढ्ने लेख्ने अनुसन्धान गर्ने इक्षाशक्ति हुन्छ त्यो समयको प्रभाव भनौं वा कामको प्रेसर भनु त्यो शक्ति विस्तारै घट्दै जान्छ । मान्छे पछि व्यवहारमा फँस्न थालेपछि उसलाई समयको अभाव पर्न थाल्छ र उसले चाहेर पनि दोस्रो बजारको बारेमा अध्ययन गर्न निकै कम समय हुन्छ । विद्यार्थी जीवनमा भने पर्याप्त समयसँगै सिक्न खोज्ने इच्छा शक्तिपनि धेरै हुन्छ । त्यसकारण विद्यार्थी जीवनमै बुझ्ने शक्ति बढी हुने भएकाले त्यही समयमा नै शेयर बजारमा प्रवेश गर्दा उत्तम हन्छ ।
संसारका सबै मान्छे शेयर बजारको लागि बनेका हुँदैनन् । विद्यार्थी जीवनबाट नै शेयर बजारमा प्रवेश गरेको व्यक्तिले आफूलाई शेयर बजारमा भावी दिनमा रहेन सक्ने कि नसक्ने बारेमा स्वयम् मूल्याङ्कन गर्न सक्छ । यदि विद्यार्थी जीवनमा गरिएको लगानीले राम्रो प्रदर्शन गरेको वा आफूले शेयर बजारलाई बुझ्दै गएको अवस्थामा उसले पछि गएर पनि शेयर बजारलाई निरञ्तरता दिन सक्छ तर यदि शेयर बजार बुझ्न सकिन्न जस्तो लाग्दछ भने पनि सबै कुरो विद्यार्थी जीवनबाट नै थाहा पाउँछ र भविष्यमा अर्कै पेशा व्यवसायमा आवद्ध हुन्छ ।

प्रकाशित मिति: असार २६ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

  • सहकारीले बिल्लीबाठ

    ‘टोल टोलमा सहकारी, घर घरमा धानको भकारी’ भनेर सरकारले सहकारी दर्ताका लागि प्रोत्साहन गर्यो । सहकारीलाई अर्थतन्त्रको तीन खम्बा भनियो । देशमा ३५ हजार...

    • ६ दिन अगाडी
    • ६ मिनेट पाठ
  • चाडपर्वको उमङ्गसँगै विद्यार्थीले एक महिने बिदाको सदुपयोग कसरी गर्ने ?

    नेपाली समाज विविध धर्म, संस्कृति, परम्परा र संस्कारले समृद्ध छ । हाम्रा चाडपर्वहरू मनोरञ्जन र खुसी साटासाट गर्ने अवसर मात्र नभई पारिवारिक आत्मीयता, सामाजिक...

    • २ हप्ता अगाडी
    • ४ मिनेट पाठ
  • ‘देखावटी र मौसमी अनुगमन’ पनि भएन यसपटक

    नेपालीको महान् चाड दशैं ढोकैमा छ । तर, यो दशैंमा पनि बजारमा सरकारको शून्यता देखियो । विगतमा दशैं आउँदा मात्र बजारमा सरकार देखिन्थ्यो ।...

    • ३ हप्ता अगाडी
    • ६ मिनेट पाठ
  • कोशी प्रदेशबाट १८ विद्यालय छानिए

    धरानः दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर कार्यान्वयनमा ल्याइएको बेला सो योजनाका लागि कोशी प्रदेशका १८ वटा विद्यालय छनोटमा परेका...

    • ३ हप्ता अगाडी
    • २ मिनेट पाठ
  • विद्यार्थीले देखाए पेट्रोल र ब्याट्री दुवैबाट कुदने मोटरसाइलकल

    धरानः मनमोहन प्राविधिक विश्वविद्यालयको आंगिक शिक्षालय मनमोहन पोलिटेक्निकका विद्यार्थीहरुले आफूले निर्माण गरेका विभिन्न प्राविधिक परियोजनाहरू प्रदर्शन गरेका छन् । पोलिटेक्निकको सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रिक एण्ड इलेक्ट्रिोनिक्स,...

    • ३ हप्ता अगाडी
    • ३ मिनेट पाठ
  • दशैं-तिहार र चुनावमा मात्रै गाउँ फिर्ने ?

    दशैं मान्नका लागि काठमाडौं उपत्यका छोड्नेको संख्या बढ्दो छ । व्यापार व्यवसाय, रोजगारी, शिक्षा लगायतका कारणले उपत्यका बसिरहेकाहरु धमाधम गाउँ फर्किरहेका छन् । उपत्यकाका...

    • ३ हप्ता अगाडी
    • ७ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend