धरानः सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै नेपाली कांग्रेस धरानले पनि दीप प्रज्वलन गरेको छ ।
सोमबार साँझ धरान–१८ स्थित कांग्रेसको पार्टी कार्यालय अगाडि संसद पुनः स्थापना भएको खुशियालीमा नेपाली कांग्रेस धरान नगर समितिले सर्वोच्चलाई धन्यवाद दिँदै दीप प्रज्ज्वलन गरेको हो । कांग्रेसले बुद्धचौकमा २ सय भन्दा बढी मैनबत्ती बालेको थियो । कांग्रेसका नेता, कार्यकर्ता भेला भएर सर्वोच्चलाई धन्यवाद भन्दै अन्य विभिन्न नारा समेत लगाएका थिए ।
यसैगरी, महेन्द्र बहुमुखी क्याम्पसको गेट अगाडि धरानका पाँच वटा विद्यार्थी संगठनले सर्वोच्चको फैसलालाई स्वागत गर्दै दीप प्रज्ज्वलन गरेको छ । नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौका विद्यार्थीहरुले दीप प्रज्वलन गरेका थिए ।







