Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानकी भगवतीसहित तीनजना प्रशिक्षक नियुक्त

हाम्रो कोशी आवाज
साउन ५ २०७८, मंगलबार
धरानकी भगवतीसहित तीनजना प्रशिक्षक नियुक्त

धरानः नेपाली राष्ट्रिय महिला फुटबल टोलीलार्ई प्रशिक्षण दिन तीन सहायक प्रशिक्षक नियुक्त गरिएको छ ।
एएफसी महिला एशियन कप–२०२२ छनोटको तयारीका लागि बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई प्रशिक्षण दिन अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले भगवती राना मगर, अरुणा गुरुङ र चेतन घिमिरेलाई नियुक्त गरेको हो । भगवती धरानकी बासिन्दा हुन् ।

को हुन् भगवती ?
१३ वर्षको उमेरदेखि फुटबल खेल्न थालेकी उनी प्रशिक्षणमै व्यस्त रहने गरेकी छिन् । उनले फुटबल सिकाउने काम भने ०६१ सालदेखि नै थालेकी थिइन् । सन् २०१७ मा उनलाई अखिल नेपाल फुटबल संघले फुटबल प्रशिक्षकका रूपमा जिम्मेवारी दिएको थियो । सन् २०१० मा एन्फाबाट प्रशिक्षकको लाइसेन्स पाएकी हुन् । उनले त्यस बेला खेल्न थालेकी थिइन् जति बेला महिला फुटबल खेलाडीको अभाव थियो । त्यही बेलै उनलाई खेलाडी उत्पादन गर्नुपर्छ भन्ने लागेको थियो ।
रानामगरले सन् २०१४ मा यू–१४ महिला राष्ट्रिय फुटबल टिमको सहप्रशिक्षक बन्ने अवसर पाएकी थिइन् । त्यतिबेला श्रीलंकामा भएको प्रतियोगितामा नेपाल विजेता बन्यो । सन् २०१८ मा पनि उनी नेपाली महिला राष्ट्रिय टिमको सहप्रशिक्षक थिइन् ।
सन् २०१८ मा हिमाली जिल्ला मुगुका किशोरीहरूले युरोपको स्पेनमा डोनास्टी कप प्रतियोगितामा सहभागिता जनाएका थिए । सो टोलीको मुख्य प्रशिक्षक उनै थिइन् ।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई प्रशिक्षण दिन तीन सहायक प्रशिक्षक नियुक्त गरिएको छ । एएफसी महिला एशियन कप–२०२२ छनोटको तयारीका लागि बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई प्रशिक्षण दिन उनीहरुलाई नियुक्त गरेको हो । एएफसी महिला एशियन कप–२०२२ छनोटको तयारीसम्मको लागि नियुक्त गरिएको एन्फा प्रवक्ता किरण राईले जानकारी दिए ।

अभ्यासमा लागे खेलाडी
उनीहरुले सोमबारदेखि अभ्यास थालेका छन् । बन्द प्रशिक्षणमा अञ्जना राना मगर, एन्जिला सुब्बा, उषानाथ, सावित्री किशन, सपना राई, रेनुका नगरकोटी, सरु लिम्बू, अनिता बस्नेत र अनिता केसी सहभागी छन् ।
यस्तै, गीता राना, अञ्जली योञ्जन, प्रिती राई, निशा थोकर, सिर्जना चेमजोङ, हीरा भुजेल, रविना गोले, सुष्मा तामाङ, पुनम जर्गा मगर, कविता धिमाल, सुनिता चौधरी, विमला विक, दिपा राई, सपना लामा, रश्मी घिसिङ, शर्मिला थापा र इन्द्रा राई पनि बन्द प्रशिक्षणमा रहेका छन् ।
यसैगरी अभ्यासमा सहभागी अन्य खेलाडीमा विमला चौधरी, अमृता जैशी, घिमकुमारी गुरुङ, सिर्जना खड्का, निर्मला विक, मनिषा राउत, पूजा राना, निर्मला उपाध्याय, रेखा पौडेल, दिपा न्यौपाने, सिवानी कुश्वर, सरस्वती हमाल, अमिशा कार्की, कुशुम खतिवडा, सिर्जना सिंह, सविता राणा, रजनी थोकर, सलोनी राना मगर र चुम्लुङमा राईलाई रहेका छन् । छनोट प्रतियोगितामा नेपाल समूह ‘एफ’ मा रहेको छ । नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेका छन् ।

प्रकाशित मिति: साउन ५ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend