Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सधैं पुजित गुरू

हाम्रो कोशी आवाज
साउन ९ २०७८, शनिबार
सधैं पुजित गुरू

कुनै विषयमा ज्ञान प्रदान गर्ने व्यक्तिलाई नै गुरु भनिन्छ । गुरु भन्नेबित्तिकै शिक्षक मात्रै बुझ्ने सामान्य मान्छेको धारणालाई गलत नै भन्न नमिले पनि त्यो उपयुक्त चाहिँ होइन । वास्तवमा गुरु एक मार्गदर्शक हुन् । असल बाटोमा हिँड्न अभिप्रेरित गर्न सक्ने व्यक्ति, जुनसुकै उमेर वर्ग व्यक्तिलाई पनि हामी गुरुको दर्जा दिन सक्छौं । परापूर्वकालदेखि नै यस्तै दृष्टिकोण बनेका हुनाले हामीले सोच्छौं कि असल गुरु बन्न दारी र कपाल फुलेकै हुनुपर्छ ।
मान्छेको गुरु मान्छे नै हुनुपर्छ भन्ने जरुरी छैन । साँच्चै भन्नुपर्दा यस धर्तीका सबै सजीव प्राणीको गुरु प्रकृति हो । भर्खरै जन्मेको एउटा जंगली जनावरको बच्चालाई हिँड्न सिकाउने गुरु पनि प्रकृति नै हो भने वनस्पतिलाई उब्जन सिकाउने गुरु पनि प्रकृति नै हो ।
‘गु’को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्न निर्णायक समितिका पूर्वअध्यक्ष प्रा.डा.रामचन्द्र गौतमले बताए ।
अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपसमेतमा मानेको छ । यसैले विभिन्न ग्रन्थमा यसो भनिएको पाइन्छ ।
गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वरः ।
गुरुः साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नमः ।।

पूर्वीयदर्शनमा व्यासजयन्ती एवं गुरु पूर्णिमाको बिशेष महत्व छ । गुरु स्मरण, गुरु चिन्तन, गुरु परंपराको दिन आषाढ शुक्ल पूर्णिमालाई व्यास जयन्ती एवं गुरु पूर्णिमाका रुपमा मनाउने हाम्रो परम्परा आदिम कालदेखि नै सुरु भएको हो । अज्ञानतालाई हटाई ज्ञानको द्वीप प्रज्वलन गर्ने गुरुलाई सद्गुरुको रुपमा हेर्ने हाम्रो चलन रहेको छ । गुरुलाई सृष्टिकर्ता ब्रह्मा, पालनकर्ता विष्णु र संहारकर्ता शिवका रुपमा पनि प्रार्थना गरिन्छ । गु अक्षरले अन्धकार र रु अक्षरले उज्यालोतिर भन्ने बुझिन्छ ।
गुरुबिना ज्ञान सम्भव छैन, भक्तिको उदय, ज्ञान र विज्ञानको प्रयोग, सदुपयोगसमेतका लागि गुरुको पथप्रदर्शन जरुरी छ । मानवको पहिलो गुरु आफ्नै आमा हुन् । कर्मगुरु बाबु हुन् । दीक्षागुरु, शिक्षा गुरुहरु धेरै हुन सक्छन् । मानव शरीर स्थुल, सूक्ष्म र कारण तीन प्रकारको ज्ञानदाता र कारण शरीरभित्र रहेको परमात्मातत्वको बोध पनि गुरुबाटै हुने गर्छ । अक्षर चिनाउने गुरु, मन्त्रदाता वोधक गुरु, धर्म अधर्मको बोध गराउने वाचक गुरु, मोहन, सम्मोहन विद्या दिलाउने विशिष्ट गुरु, जीवनमा वैराग्यको उदय गराउने विहित गुरु, मुक्ति दिलाउने कारणाख्य गुरु, सम्पूर्ण सन्देह हटाई जन्म मृत्युको भय दूर गराउने सद्गुरु स्वयं शिव स्वरुप हुन् भनी धर्म शास्त्रहरुले उद्बोधन गरेका छन् ।

मानव शरीरमा रहेका साढे तीन करोड नसा, नाडी एवं रौंहरु, तीन प्रमुख इडा, र सुषुम्ना नाडीको बोध र तिनबाट जीवनको समाधि र परमतत्वको ज्ञानसमेत गुरुबाटै प्राप्त हुन्छ । शिक्षा गुरुअन्तर्गत शास्त्रीय ज्ञान अनेकौं शास्त्रहरु, व्याकरण, ज्योतिष, साहित्य, कला, खगोल, भूगोलदेखि राजनीति, समाजशास्त्र, अर्थशास्त्रको बोध र उपयोग अनि विज्ञानको सही उपयोग गराउने ज्ञानगम्य दीप प्रकाश गर्ने गुरु नै हुन् । गुरु परम्परा जीवन र जगत्को उषाकालदेखि नै सुरु भएको हो । प्रणवमन्त्र ॐ बाट ब्रह्मज्ञान शिवजीवाट विष्णुलाई, विष्णुले ब्रह्मालाई, ब्रह्माले सनकादिलाई, सनकादिहरुबाट वशिष्ठ, दक्ष, नारद आदिलाई, नारदबाट व्यासलाई, व्यासबाट सुतजीलाई, सुतजीबाट विभिन्न शास्त्रहरुमार्फत् सम्पूर्ण संसारभर फैलिएको हो । आपूmलाई प्राप्त गुरुशिक्षा एवं सद्ज्ञानबाट व्यासजीले वेदलाई सरलीकृत एवं विभाजन गरे । भगवान्को स्वरुप व्यासजीलाई वेदव्यास भन्न थालियो । मानव जीवनमा रुपमा उदय भएका परमेश्वर श्रीरामका गुरु वशिष्ठ, विश्वामित्र, श्रीकृष्णका गुरु सान्दिपिनी, राजा यदुका दत्तात्रेय, भक्तप्रल्हादका नारद, भक्त उद्धबका वृहस्पति एवं श्रीकृष्ण, राजर्षी जनकका ९ वालयोगेश्वर, लक्ष्मणका रामचन्द्र, पार्वतीका श्रीशिव, देवहुतीका कपिलदेव आदि सद्गुरु भएका कुरा धर्म शास्त्रहरुले पुष्टि गरेका छन् । भनिन्छ, गुरु देवस्वरुप हुन्, आशीष वा श्राप दुवैको क्षमता गुरुसँग हुन्छ । गुरुले अर्थोपार्जन मात्र होइन जीवन नै दिन्छन् । जीवनलाई जीवन्त बनाइ दिन्छन् । भोग शिक्षा भन्दा योग शिक्षा दिएर जीवनलाई जगत् र जगदीश्वर दुवैतर्फ संयोग गराउने काम गुरुको हो । गुरु र गोविन्दमा फरक छैन । गोविन्दसम्म पु¥याउने काम गुरुले गर्छन् । गुरु तारक हुन्, गुरुले कल्मषहरु हटाउँछन् । मनको मैलोलाई धोएर राग र द्वेषरुपी वासनाबाट टाढा राख्छन् । गुरुमा समर्पित व्यक्तिले भवरोगको ओषधि प्राप्त गर्न सक्छ । मन्त्र द्रष्टा गुरुसँग परमेश्वरसम्म पु¥याउने सामथ्र्य हुन्छ । परमेश्वर प्राप्तिको पुलको रुपमा काम गर्ने गुरुबाट चिन्ता, भय, क्रोध, आवेग, तनाव, इष्र्या दूर हुन्छन् ।

शंकराचार्यले भनेका छन् गुरुको स्मरण टाढैबाट गर्दा पनि बचनरुपी आलोकद्धारा शिष्यको अन्तरहžदय प्रकाशित हुन्छ, प्रज्वलित हुन्छ । विद्वान्हरुको मत छ गुरु पारसमणि हुन् जसको स्पर्शले फलाम सुन भएझैं शिष्य शुद्ध हुन्छ । गोपिनीहरुमा भएको समर्पण भावले जगत गुरु श्रीकृष्णबाट आफ्नो अभिलाषा पूरा गरे । गोपीभाव कुनै स्त्रीभाव नभएर वेदका मन्त्रहरु नै हुन् । सशरीर सार्थक जीवन प्राप्त ऋषि, मुनिहरु नै हुन् । कौटिल्यको विचारमा सेवाभाव, समर्पणभाव, ग्रहण गर्ने स्वभाव, तीव्र उत्सुकता, छलफलको बानी, जिज्ञासु र सबै बिषयमा सावधानी अपनाउने व्यक्तिबाट गुरु खुसी हुन्छन् र सफलताको, सिद्धिको आशीर्वाद दिन्छन् ।

तस्मै श्रीगुरवेनमः भनेर शास्त्रहरुमा जताततै चर्चा भएको छ । अन्धकारबाट उज्यालोतर्फ, अज्ञानताबाट ज्ञानतर्फ, शंकाबाट सन्देहभेदनतर्फ डो¥याउने गुरुको स्मरण जहिले पनि गर्नुपर्ने हुन्छ र पनि व्यासजयन्तीका दिन गुरुव्यासको स्मरण सँगसँगै आ–आप्mना गुरुहरुलाई ढोगभेट गर्ने चलन सबैतिर देखिन्छ । दक्षिणामूर्ति गुरुदेखि सर्वत्र गुरु स्मरण गर्ने चलन छ । सबै पुराणको निचोड उपकार नै पुण्य हो, उपकार नै धन हो भन्ने वेदव्यास लोक कल्याणमा लाग्न निर्देश गर्छन् सबै मानव जातिलाई ।
व्यक्तिमा जब अध्यात्मको भोग जाग्दछ, जब विभिन्न हन्डर र ठक्कर लाग्छ अनिमात्र गुरु खोज्ने परम्पमरा अनिमात्र अध्यात्म चिन्तनको भोग जाग्ने बानी भन्दा पनि जीवन सार्थक पार्न जीवनको उषाकालदेखि गुरुको खोजी आवश्यक हुन्छ । जवानीमा गुरुको झन् बढी आवश्यकता पर्छ । गुरु निःस्वार्थी, कोमल हृदयको, दोषरहित, कामनारहित, श्रोत्रिय ब्रह्मनिष्ठ, सम्पूर्ण जिज्ञासा समाधान गर्न सक्ने, परमसुखी, शान्त र निश्चल हुनु पर्ने कुरा शास्त्रहरुमा वर्णित छ । साथै गुरु त्रिकालदर्शी, भविष्यबेत्ता, सर्वज्ञ हुन जरुरी छ । हेर्दा देवसमान, शंका निवारक, नजिक पर्नासाथ दिव्य चेतना जागृत गराउन सक्ने जितेन्द्रीय ज्ञानको अजस्रश्रोत भण्डार भएको हुन जरुरी छ । भनिन्छ, दिव्य परमेश्वरको चिन्तनले सद्गुरुको दर्शन हुन्छ, प्राप्ति हुन्छ । साँच्चै भन्नुपर्दा सद्गुरु महासागर नै हुन्, शिष्यचाँही वर्षा कालको नदी हो । गुरु रुपी डुंगा चढेर भवसागर रुपी समुद्रपार गर्न सक्ने शिष्यमा पनि सद्गुण रुपी सारा योग्यताहरु हुन जरुरी छ ।

सम्पूर्ण धर्मशास्त्र, वेद, उपनिषद, वेदान्तको सार मानव सुख नै हो । तर सु्ख केवल स्थुल शरीरले चाहने बिषय हो । स्थुल शरीरभित्र रहने सूक्ष्म शरीर (मन) ले चाहने बिषय भनेको शान्ति हो । सूक्ष्म शरीरभित्र रहेको अदृश्य, अस्पृश्य अर्को शरीर छ त्यो हो कारण शरीर, आत्मा । आत्माले चाहने आनन्द हो । त्यसैले भोग सुखदेखि मन सुख, शान्तिसम्म र मनको शन्तिदेखि आत्माको आनन्द र आनन्दपछिको परमानन्द परमेश्वर प्राप्तिसम्मको ज्ञान र मार्गहरु देखाउने, सिकाउने गुरु स्वयं परमात्मा स्वरुप नै हुन् । मानिसको शरीर प्राप्ति भनेको परमात्मा प्राप्तिको सुमार्ग हो । ज्ञान, कर्म, भक्तिको संयोगले मानव जीवन सार्थक पार्न गुरु शरण, चरण, ग्रहण गर्नै पर्ने हुन्छ । भोगले सांसारिक शोक पैदा हुन्छ । योगले भवरोग, भवबन्धनबाट छुट्टि मिल्छ । यी साधनाहरुको मार्ग प्रसस्त गर्ने काम पनि गुरुबाटै संभव छ ।

प्रकाशित मिति: साउन ९ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

  • सहकारीले बिल्लीबाठ

    ‘टोल टोलमा सहकारी, घर घरमा धानको भकारी’ भनेर सरकारले सहकारी दर्ताका लागि प्रोत्साहन गर्यो । सहकारीलाई अर्थतन्त्रको तीन खम्बा भनियो । देशमा ३५ हजार...

    • ६ दिन अगाडी
    • ६ मिनेट पाठ
  • चाडपर्वको उमङ्गसँगै विद्यार्थीले एक महिने बिदाको सदुपयोग कसरी गर्ने ?

    नेपाली समाज विविध धर्म, संस्कृति, परम्परा र संस्कारले समृद्ध छ । हाम्रा चाडपर्वहरू मनोरञ्जन र खुसी साटासाट गर्ने अवसर मात्र नभई पारिवारिक आत्मीयता, सामाजिक...

    • २ हप्ता अगाडी
    • ४ मिनेट पाठ
  • ‘देखावटी र मौसमी अनुगमन’ पनि भएन यसपटक

    नेपालीको महान् चाड दशैं ढोकैमा छ । तर, यो दशैंमा पनि बजारमा सरकारको शून्यता देखियो । विगतमा दशैं आउँदा मात्र बजारमा सरकार देखिन्थ्यो ।...

    • ३ हप्ता अगाडी
    • ६ मिनेट पाठ
  • कोशी प्रदेशबाट १८ विद्यालय छानिए

    धरानः दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर कार्यान्वयनमा ल्याइएको बेला सो योजनाका लागि कोशी प्रदेशका १८ वटा विद्यालय छनोटमा परेका...

    • ३ हप्ता अगाडी
    • २ मिनेट पाठ
  • विद्यार्थीले देखाए पेट्रोल र ब्याट्री दुवैबाट कुदने मोटरसाइलकल

    धरानः मनमोहन प्राविधिक विश्वविद्यालयको आंगिक शिक्षालय मनमोहन पोलिटेक्निकका विद्यार्थीहरुले आफूले निर्माण गरेका विभिन्न प्राविधिक परियोजनाहरू प्रदर्शन गरेका छन् । पोलिटेक्निकको सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रिक एण्ड इलेक्ट्रिोनिक्स,...

    • ३ हप्ता अगाडी
    • ३ मिनेट पाठ
  • दशैं-तिहार र चुनावमा मात्रै गाउँ फिर्ने ?

    दशैं मान्नका लागि काठमाडौं उपत्यका छोड्नेको संख्या बढ्दो छ । व्यापार व्यवसाय, रोजगारी, शिक्षा लगायतका कारणले उपत्यका बसिरहेकाहरु धमाधम गाउँ फर्किरहेका छन् । उपत्यकाका...

    • ३ हप्ता अगाडी
    • ७ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend