Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अब सुनसरीमा ‘स्मार्ट लकडाउन’ !

हाम्रो कोशी आवाज
साउन १७ २०७८, आइतबार
अब सुनसरीमा ‘स्मार्ट लकडाउन’ !

धरानः सरकारले सुनसरीमा पनि स्मार्ट लकडाउनको तयारी थालेको जनाइएको छ ।
गत वैशाख दोस्रो हप्तादेखि जारी निषेधाज्ञा हालसम्म कायम छ । पछिल्लोपटक सरकारले थपेको निषेधाज्ञा साउन १९ गते सकिँदैछ । अब सरकारले निषेधाज्ञा अर्थात् लकडाउनसम्बन्धी नयाँ अवधारणा ल्याएको छ । त्यो हो, ‘स्मार्ट लकडाउन’ ।
अहिले कार्यान्वयनमा रहेको लकडाउनको मोडालिटीलाई परिमार्जन गर्दै सरकार अब स्मार्ट लकडाउनमा जाने भनेको छ । नयाँ परिभाषित ‘स्मार्ट लकडाउन’ भनेको वैज्ञानिक लकडाउनको उन्नत ‘मोडालिटी’ हो ।
जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी महेशकुमार पोख्रेलले स्मार्ट लकडाउनबारेको निर्णय सुनसरीमा पनि आइसकेको जानकारी दिए । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले स्मार्ट लकडाउन गर्ने जनाएको छ । सो निर्णय आइसकेको उनले जानकारी दिए । जहाँ सङ्क्रमण बढी छ, सम्बन्धित जिल्ला वा स्थानीय तहले नै लकडाउन गर्न सक्ने अवधारणाको निर्णय आइसकेको उनले जानकारी दिए ।
‘स्मार्ट लकडाउनबारेको निर्णय आइसकेको छ’, उनले भने, ‘सुनसरीमा जहाँ सङ्क्रमण बढी छ, त्यहीको स्थानीय तहले नै लकडाउन गर्न सक्छ, हामी पनि त्यसैको तयारीमा छौं ।’ वैज्ञानिक र व्यावहारिक हुने गरी लकडाउन गर्ने अवधारणा नै स्मार्ट लकडाउन रहेको उनले स्पष्ट पारे । उनका अनुसार स्मार्ट लकडाउनको अवधारणाअनुसार जहाँ कोरोना संक्रमण बढ्छ, त्यहाँ लकडाउन हुन्छ, जहाँ घट्छ, खुला हुँदै जान्छ । कोरोना भाइरसको सङ्क्रमणको अवस्था हेरेर जिल्लालाई विभिन्न जोन (रेड, एम्बर, यल्लो र ग्रीन) मा विभाजन गरिनेछ ।
पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका अनुसार सुनसरीका अधिकांश स्थानीय तहमध्ये धरानका बढी संक्रमित छन् ।
स्वास्थ्य मन्त्रालयले अबको दुई–तीन महिनामा कोरोनाको तेस्रो लहर आउनसक्ने चेतावनी दिएको छ ।

प्रकाशित मिति: साउन १७ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend