Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

एसइईपछि कुन विषय पढ्दा करियर बन्छ ?

हाम्रो कोशी आवाज
साउन २५ २०७८, सोमबार
एसइईपछि कुन विषय पढ्दा करियर बन्छ ?

धरानः कक्षा दश अर्थात् एसइईको परीक्षापछि पढेपछि करियरको आधार तयार गर्न सकिन्छ । जुन विषयमा आधार बनाइन्छ, पछि त्यसैमा करियर बनाउँदा राम्रो हो । जस्तो व्यवस्थापनमा भविष्य बनाउनेले व्यवस्थापन संकाय लिएर पढ्न सक्छन् । विज्ञान, प्रविधिमा रुची भएकाले विज्ञान संकाय रोज्न सक्छन् । कला, संस्कृति आदि क्षेत्रमा भविष्य बनाउन मन लाग्नेले मानविकीमा आधार तय गर्न सक्छन् । यतिबेला जुन विषय छनौट गरिन्छ, त्यसले सूदुर भविष्यमा समेत प्रभाव पार्छ । त्यसैले उच्च माध्यामिक तहमा पुगेपछि विषय छनौटमा निकै सोचविचार गर्नुपर्छ ।
अब कसरी छनौट गर्ने त विषय ?
पहिलो कुरा त तपाईको रुची हो । रुचीलाई प्राथमिकतामा राख्नुहोस् । त्यसपछि तपाईंको शैक्षिक क्षमता । रुची र क्षमताको आधारमै आफूले पढ्ने विषय छनौट गर्ने हो ।
के गर्ने त ?
एसइई परीक्षाको नतिजा सार्वजनिक भएपछि धेरै विद्यार्थीहरुलाई त्यसपछि के पढ्ने भनेर समस्या भएको हुन सक्छ । अहिले कुन क्षेत्रमा आफ्नो करियर बनाउने भन्ने चिन्ता भएको हुन्छ ।
धेरै बच्चाहरुले विद्यालयमा पढ्दै गर्दा कसरी परिक्षामा राम्रो नतिजा ल्याउने भन्ने बारेमा मात्रै सोचेका हुन्छन् । एसइई वा प्लसटुपछि के पढ्ने कुन विषय पढ्दा पछि गएर कस्तो करियर बनाउन सकिन्छ भन्ने बारेमा धेरैलाई दोधार हुन्छ ।
एसइई सकेका बच्चाहरु धेरैजसो १५–१६ वर्षका हुन्छन् र उनीहरुलाई धेरै व्यवहारिक कुराको ज्ञान हुँदैन । उनीहरु आफ्ना विषयहरु कसरी छान्ने र आफ्नो करियर कसरी अगाडि बढाउने भन्ने बारेमा त्यति धेरै समझदार हुँदैनन् ।
करियर जस्तो महत्वपूर्ण कुरामा सही निर्णय गर्न सक्ने क्षमता उनीहरुमा हुँदैन त्यसैले आमाबुबाले मार्गनिर्देशन गर्नुपर्छ । यस्तै कहिलेकाँही बच्चाहरु आफ्नो साथीहरुलाई देखेर पनि दोधारमा पर्ने गर्छन् । उनीहरुलाई आफ्नो साथीले जे पढ्यो वा जे गरयो आफूलाई पनि त्यही गर्न मन लाग्छ ।
हाम्रो समाजमा आफन्त, छिमेकीहरुले पनि छोराछोरीलाई यस्तो पढाउ र उस्तो पढाउ भनेर सल्लाह दिने गर्छन् । यस्तोमा आमाबुबाले आफ्नो बच्चालाई राम्रोसँग मार्गनिर्देशन गर्न सकेनन् भने उनीहरुले गलत निर्णय लिन पनि सक्छन् ।
किशोरावस्थामा भर्खर प्रवेश गर्दे गरेका उनीहरुको मन यो उमेरमा धेरै चञ्चल हुन्छ । उनीहरुको रुची र प्राथमिकताहरु प्राय बदलिरहन्छ । अरुको लहैलहैमा लागेर वा अरुको दवावमा कुनै कोर्समा भर्ना भएको केहि महिनापछि नै उनीहरुलाई त्यो पढन मन लाग्दैन र कलेज जान मन लाग्दैन ।
केही बच्चाहरुमा आफ्नो रुचीलाई लिएर स्पष्ट दृष्टिकोण हुँदैन अर्थात उनीहरुलाई एकैपटक धेरै करियर अप्सनहरुले आकषिर्त गर्छ । यसले उनीहरुको मनमा दुविधा हुन्छ । यस्तो सयममा आमाबुबालाई उनीहरुको भविष्यको बारेमा धेरै नै चिन्ता हुन्छ ।
यस्तै केही बच्चाहरु बहुमुखी प्रतिभाको धनी हुन्छन् । जस्तै कुनै बच्चाले परिक्षामा पनि राम्रो अंक ल्याउँछ र फुटबल खेलमा पनि धेरै राम्रो छ । यस्तो अवस्थामा उसलाई करियर छान्ने विषयलाई लिएर दुविधा हुन सक्छ ।
बच्चालाई उनीहरुको जिन्दगीको कठिन फैसला लिन कसरी मद्दत गर्ने त ?

आफ्नो बच्चाको क्षमता र रुची के छ थाहा पाउनुहोस्
आमाबुबाले आफ्नो छोराछोरीको करियर र पढाईको विभिन्न विकल्प प्रति बुझ्न पर्छ । आफ्नो बच्चालाई कुन विषय पढाउँदा ठिक हुन्छ, उनीहरुको रुची के मा छ, के विषय पढ्दा आफ्नो बच्चाले राम्रो गर्न सक्छ भन्ने बारेमा आमाबुबाले सोच्नुपर्छ ।
आफ्नो छोराछोरीको रिजल्ट र उनीहरुको सुरुवाती रुची विचार गर्दै उनीहरुलाई सहि दिशामा अगाडि बढाउन प्रेरित गर्नुहोस् । बच्चाहरुलाई भविष्यमा उनीहरु के बन्न चाहन्छन भनेर सोध्नुहोस् । र यसै आधारमा उनीहरुलाई करियर रोज्न प्रेरित गर्नुहोस् ।
यदि तपाईको बच्चाहरुलाई दुई वा दुईभन्दा बढी विषयमा रुची छ भने कुनै एकलाई मुख्य करियरको रुपमा छानेर अर्कोलाई सौख वा थप सीपको रुपमा सीक्न वा पढ्न सक्छन् । बच्चाहरुको मनमा अझै पनि दोधार भएमा कुनै करियर काउन्सिलरसँग आफ्नो बच्चालाई भेट गराएर परामर्श लिनुहोस्
बच्चालाई दबाब नदिनुहोस्
धेरै बच्चाहरुको रुची आमाबुबाको रुचीसँग मेल खाँदैन । यस्तोमा धेरैजसो बच्चा केहि अरुनै छान्न खोज्छ तर आमाबुबा उनीहरुमा अरुनै केहि छान्न दवाव दिन्छन् । बाबुआमालाई आफ्नो छोराछोरीलाई डाक्टर वा इन्जिनियर बनाउने रुची हुन सक्छ तर, बच्चाहरुको भने फिल्म मेकिङमा रुची हुन सक्छ ।
यस्तो स्थितीमा धेरैजसो बच्चाले आमाबुबालाई बुझाउन सक्दैनन र आफ्नो फैसलामा खरो उत्रिन सक्दैनन । आमाबुबाले जे पढ भन्यो त्यहि पढ्छन र पछि उनीहरुलाई असफलता हात पर्छ ।
हरेक बच्चामा एक विशेष प्रतिभा लुकेको हुन्छ जसले उनीहरुलाई बाल्यकाल देखि नै त्यो क्षेत्रमा प्रेरित गर्छ । यदि तपाईले आफ्नो बच्चालाई बाल्यकाल देखिकै रुचीमा ध्यान दिएर उसलाई अझै त्यसमा राम्रो गर्ने वातावरण मिलाइदिनुपर्छ ।
आफ्नो बच्चाको रुचीलाई ध्यान दिएमा तपाईले उनीहरुलाई उपयुक्त करियरको अप्सन छान्न सघाउन सक्नुहुन्छ । यसैलै कहिल्यै पनि बच्चालाई धेरै दवाव नदिनुहोस् ।
बच्चाले जिद्दि गरेमा
बच्चाहरुले आफ्नो साथीभाइको लहैलहैमा यो पढ्छु, यस्तो गर्छु भन्न सक्छन् तपाईले पनि त्यसबारेमा नबुझिकन हुन्छ भनिदिनु भयो भने त्यसले पछि गाह्रो पर्न सक्छ । बच्चाले यदि गलत निर्णय गरेमा उनीहरुलाई प्रेमपूर्वक सम्झाउन सकिन्छ । तर, यदि त्यो भन्दा पहिले तपाईले उनीहरुले अपनाउन चाहेको करियरसँग जोडिएका सबै सम्भावनाको बारेमा थाहा पाउनुपर्छ ।
यस्तै कैयौं पटक बच्चाको सोच तपाईलाई गलत लाग्न सक्छ तर, बच्चा आफ्नो स्थानबाट सहि हुन सक्छन् । फेरि पनि यदि तपाईलाई बच्चाले गलत निर्णय गर्दैछन् जस्तो लाग्छ भने उनीहरुलाई कुनै करियर काउन्सिलरसँग भेटाउनुहोस् ।
यदि करियर काउन्सिलरले पनि बच्चाको निर्णयलाई गलत बताएमा बच्चालाई फेरिसम्झाएर अर्कै करियर तर्फ आकषिर्त गराउन सकिन्छ । बच्चाहरुलाई सम्झाउँदा गाली गलौज नगरी प्रेमपूर्वक सम्झाउन पर्छ र त्यसबारेमा प्रष्ट भनिदिनुपर्छ । यसो गर्दा बच्चाहरुले तपाईको कुरा राम्रोसँग बुझ्छन् भनेको मान्छन् ।

प्रकाशित मिति: साउन २५ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

  • सहकारीले बिल्लीबाठ

    ‘टोल टोलमा सहकारी, घर घरमा धानको भकारी’ भनेर सरकारले सहकारी दर्ताका लागि प्रोत्साहन गर्यो । सहकारीलाई अर्थतन्त्रको तीन खम्बा भनियो । देशमा ३५ हजार...

    • ६ दिन अगाडी
    • ६ मिनेट पाठ
  • चाडपर्वको उमङ्गसँगै विद्यार्थीले एक महिने बिदाको सदुपयोग कसरी गर्ने ?

    नेपाली समाज विविध धर्म, संस्कृति, परम्परा र संस्कारले समृद्ध छ । हाम्रा चाडपर्वहरू मनोरञ्जन र खुसी साटासाट गर्ने अवसर मात्र नभई पारिवारिक आत्मीयता, सामाजिक...

    • २ हप्ता अगाडी
    • ४ मिनेट पाठ
  • ‘देखावटी र मौसमी अनुगमन’ पनि भएन यसपटक

    नेपालीको महान् चाड दशैं ढोकैमा छ । तर, यो दशैंमा पनि बजारमा सरकारको शून्यता देखियो । विगतमा दशैं आउँदा मात्र बजारमा सरकार देखिन्थ्यो ।...

    • ३ हप्ता अगाडी
    • ६ मिनेट पाठ
  • कोशी प्रदेशबाट १८ विद्यालय छानिए

    धरानः दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर कार्यान्वयनमा ल्याइएको बेला सो योजनाका लागि कोशी प्रदेशका १८ वटा विद्यालय छनोटमा परेका...

    • ३ हप्ता अगाडी
    • २ मिनेट पाठ
  • विद्यार्थीले देखाए पेट्रोल र ब्याट्री दुवैबाट कुदने मोटरसाइलकल

    धरानः मनमोहन प्राविधिक विश्वविद्यालयको आंगिक शिक्षालय मनमोहन पोलिटेक्निकका विद्यार्थीहरुले आफूले निर्माण गरेका विभिन्न प्राविधिक परियोजनाहरू प्रदर्शन गरेका छन् । पोलिटेक्निकको सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रिक एण्ड इलेक्ट्रिोनिक्स,...

    • ३ हप्ता अगाडी
    • ३ मिनेट पाठ
  • दशैं-तिहार र चुनावमा मात्रै गाउँ फिर्ने ?

    दशैं मान्नका लागि काठमाडौं उपत्यका छोड्नेको संख्या बढ्दो छ । व्यापार व्यवसाय, रोजगारी, शिक्षा लगायतका कारणले उपत्यका बसिरहेकाहरु धमाधम गाउँ फर्किरहेका छन् । उपत्यकाका...

    • ३ हप्ता अगाडी
    • ७ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend