Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नेपालमा कति आउँछन् पर्यटक ?

हाम्रो कोशी आवाज
साउन २६ २०७८, मंगलबार
नेपालमा कति आउँछन् पर्यटक ?

यो लेखमा वर्षैपिच्छे धेरै संख्यामा नेपाल भ्रमण गर्न आउने पाँच देशका पर्यटकहरुको संख्या (सात वर्षे) अथवा भनौं तथ्यांकलाई उल्लेख गर्ने प्रयास गरिएको छ । तर, यस क्रममा सन् २०१९ र २०२० को तथ्याङ्क भने यहाँ उल्लेख गरिने छैन । किनभने, आधिकारिक निकायले हालसम्म सन् २०१९ र २०२० मा त्यसरी कुनकुन पाँच देशका पर्यटकहरु कतिकति संख्यामा (बढी) आए ? भनी तथ्यांक प्रकाशित गरेको छैन ।
यसरी वर्षैपिच्छे नेपाल भ्रमण गर्न आउने पाँच देशका धेरै संख्यामा नेपाल आउने देशका पर्यटकहरुको सातवर्षे तथ्याङ्क हेर्दा वा नेपाल भ्रमण गर्न धेरै संख्याको कुरो गर्दा पछिल्लो सात वर्षमा जहिले पनि भारतीय र चिनियाँ पर्यटकहरु संख्यात्मकरुपमा लगाताररुपमा पहिलो दोस्रो नम्बरमा रहने गरेका छन् भने तेस्रो स्थानमा चाहिँ भने कहिले बेलायतका पर्यटकहरु रहने गरेका छन् भने, कहिले अमेरिकाका पर्यटकहरु रहने गरेका छन् । त्यस्तै, कहिले श्रीलङ्काका पर्यटकहरु पनि तेस्रो स्थानमा रहने गरेका छन् । संख्याको आधारमा नेपाल भ्रमण गर्ने पाँच देशका सातवर्षे तथ्याङ्कको सन्दर्भमा भन्नुपर्दा हालसम्म नेपाल आउने पाँच उत्कृष्ट देश (संख्याको आधारमा) को सात वर्षे तथ्याङ्क हेर्दा क्रमशः भारत, चीन, अमेरिका, बेलायत, श्रीलङ्का, थाइल्यान्ड, दक्षिण कोरियाका पर्यटकहरु ‘टप फाइभ’ भित्र पर्ने गरेका छन् भने, म्यानमार, अष्ट्रेलिया, बंगलादेश, जर्मनी, जापान, फ्रान्स आदि देशका पर्यटकहरु नेपाल भ्रमण गर्न आउने ‘टप टेन’ विदेशी पर्यटकमा दरिने, पर्ने गरेका छन् ।
यसरी हेर्र्दा नेपाल भ्रमणमा आउने उच्च पाँच देशभित्र धेरै लामो समयसम्म पहिलो र दोस्रो देशमा भारत र चीन रहने देखिन्छ । जबकी चिनियाँ सर्वसाधारण नागरिकले नेपालमा आधिकारिकरुपमा पर्यटकको रुपमा भ्रमण गर्नका लागि चीन सरकारबाट सरकारी तवरमा अनुमति प्राप्त गर्न नै धेरै ढिला भएको थियो ।
किनभने, सन् २००३ देखि मात्रै चीन सरकारले आफ्नो देशका नागरिकलाई नेपालमा पर्यटक भएर आउने अनमुति अर्थात् ‘एपु्रभ्ड डेस्टिनेसन्स् स्टाटस’ आधिकारिकरुपमा दिएको थियो । हुन त, चीन सरकारले एसिया महादेशका अन्य देशहरु र युरोप, अमेरिकालगायतका देशमा पनि आफ्ना देशका नागरिकहरुलाई पर्यटक भएर जानका लागि सन् १९८० को दशकमा मात्रै ‘एपु्रभ्ड डेस्टिनेसन्स् स्टाटस’ अर्थात् पर्यटकको रुपमा विदेश भ्रमण गर्न पाउने अनुमति दिएको थियो । जे होस्, यसरी ढिलै भएपनि सन् २००३ मा चीन सरकारले आफ्नो देशका सर्वसाधारण नागरिकलाई पर्यटकको रुपमा नेपाल भ्रमण गर्ने अनुमति दिएपछि सोही वर्ष सात हजार, ५ सय ६२ जना सर्वसाधारण चिनियाँ नागरिकहरु घुम्न–डुल्नका लागि पर्यटकका रुपमा नेपाल भित्रिएका थिए । त्यसयता नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकको संख्या संख्यात्मक रुपमा लगातार बढेको बढ्यै देखिन्छ । त्यति मात्रै होइन, हरेक वर्ष नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकहरुको टाउका गन्ने क्रममा चिनियाँ पर्यटकहरु संख्यात्मकरुपमा लगातार दोस्रो नम्बरमा रहने गरेका छन् । यसरी नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरु बढ्ने क्रममा सन् २०१३ मा एकलाख १३ हजार एकसय ७३ जना पुगेका थिए भने, २०१४ (लगभग ११ वर्षको अन्तराल) मा एकलाख, २३ हजार, ८ सय पाँच जना चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
समग्रमा सन् २०१४ मा नेपाल भ्रमण गर्ने पर्यटकको संख्या सातलाख ९० हजार एकसय १८ (करिब ८ लाख) जना रहेको थियो । त्यसो त विगत लामो समयदेखि हरेक वर्ष नेपाल आउने विदेशी पर्यटकहरुमा सबैभन्दा धेरै संंख्या लगाताररुपमा दक्षिणको छिमेकी देश भारतबाट आउने पर्यटकहरुको रहेको छ । तर, हामीले के थाहा पाई राखौं भने, अबका केही वर्षपछि नै नेपाल आउने विदेशी पर्यटकको धेरै संख्या संभवतः उत्तरको छिमेकी देश चीनबाट हुने छ ।
यसरी नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरु संख्याको आधारमा हेर्दा सन् २०१३ देखि सन् २०१९ सम्मको तथ्याङ्क हेर्दा भारतीय पर्यटकहरु सँधै पहिलो स्थानमा रहने गरेको र चिनियाँ पर्यटकहरु सँधै दोस्रो स्थानमा रहने गरेको देखिन्छ । त्यस्तै, तेस्रो स्थानमा भने कहिले बेलायतका पर्यटकहरु रहने गरेका छन्, कहिले अमेरिकाका पर्यटकहरु रहने गरेका छन्, कहिले श्रीलङ्काका पर्यटकहरु रहने गरेका छन् । यसरी संख्याको आधारमा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकहरुको सन्दर्भमा भन्नुपर्दा हालसम्म नेपाल आउने पाँच उत्कृष्ट देश (संख्याको आधारमा) क्रमशः भारत, चीन, अमेरिका, बेलायत, श्रीलङ्का, थाइल्यान्ड, दक्षिण कोरियाका पर्यटकहरु ‘टप फाइभ’ पर्ने गरेका छन् भने, म्यानमार, अष्ट्रेलिया, बङ्गलादेश, जर्मनी, जापान, फ्रान्स आदि देशका पर्यटकहरु नेपाल भ्रमण गर्न आउने ‘टप टेन’ विदेशी पर्यटकमा दरिने, पर्ने गरेका छन् ।
स्मरण रहोस्, माथि उल्लेख गरिएका पर्यटकहरुमध्ये चिनियाँ, श्रीलङ्कन, थाई, म्यानमा, बङ्गलादेश आदि देशका पर्यटकहरु भनेका छोटो यात्रामा निक्लने र कम खर्च गर्ने खालका छन् । जस्तो कि चिनियाँ पर्यटकहरु नेपालमा चार÷पाँच दिनदेखि नौ, १० दिनसम्म बिताउनेहरु बढी देखिन्छ । हुन त चिनियाँ पर्यटकहरु टन्ेकिङ, र्याफ्टीङ, जङ्गल सफारी, बञ्जी जम्पिङ, प्याराग्लाइडिङ, साइक्लिङ, क्यानोइङ आदि पनि गर्ने भएकोले चिनियाँ पर्यटकबाट टुर अपरेटरहरुलाई आर्थिकरुपमा भने भारतीय पर्यटकहरु भन्दा चिनियाँ पर्यटकहरुबाट फाइदै फाइदा देखिन्छ । तर, अभैm पनि श्रीलङ्कन, थाई, म्यानमा, बङ्गलादेश आदि देशका पर्यटकहरु भने निक्कै छोटो भ्रमणमा आउने गरेको देखिन्छ । त्यसैले हामीले चिनियाँ, श्रीलङ्कन, थाई, म्यानमा, बङ्गलादेश आदि देशका डिलक्स, लक्जरियस र, सक्दो खर्च गर्न सक्ने र कम्तिमा आठ, दश दिनदेखि १४–१५ दिनसम्म नेपालमा बिताउने खालका पर्यटकहरु धेरै भन्दा धेरै भित्र्याउने प्रयासमा लाग्नुपर्ने देखिन्छ ।
त्यसो त अरु देशका पर्यटकका बारेमा यसै हो भन्न नसकिए तापनि चिनियाँ पर्यटकहरु ‘मक्खिचुस’ नै भने होइनन् । किनभने, गत केही वर्ष अघिदेखि संयुक्त राष्ट्र संघ सम्बद्ध संस्था युएन डब्लुटीओ लगायत विश्व पर्यटनसँग सम्बिन्धित संघ–संस्थाहरुले विभिन्न अध्ययन–अनुसन्धान गरेर निकालेको तथ्य–तथ्याङ्कहरुमा चिनियाँ पर्यटकहरु लगातार रुपमा विश्वकै धेरै खर्च गर्ने पर्यटकमा गनिएका, दरिएका छन् । त्यतिमात्रै होइन, चिनियाँहरु संख्याकै आधारमा पनि धेरै संख्यामा विश्व भ्रमणमा निक्लने पहिलो स्थान ओगट्ने पर्यटककारुपमा दरिएका पनि छन् । सायद अब पृथ्वीको अस्तित्व रहेसम्म । चिनियाँ पर्यटकहरुको भ्रमण गर्ने संख्या र र खर्च गराईलाई अन्य कुनै पनि देशका पर्यटकहरुले उछिन्न वा चुनौती दिन सक्ने छैनन् ! तर, त्यसका लागि कोभिड–१९ बाट भने विश्वको अर्थतन्त्र तङ्ग्रिनैपर्ने छ ।
-ninamkirat123@gmail.com

प्रकाशित मिति: साउन २६ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

  • सहकारीले बिल्लीबाठ

    ‘टोल टोलमा सहकारी, घर घरमा धानको भकारी’ भनेर सरकारले सहकारी दर्ताका लागि प्रोत्साहन गर्यो । सहकारीलाई अर्थतन्त्रको तीन खम्बा भनियो । देशमा ३५ हजार...

    • ६ दिन अगाडी
    • ६ मिनेट पाठ
  • चाडपर्वको उमङ्गसँगै विद्यार्थीले एक महिने बिदाको सदुपयोग कसरी गर्ने ?

    नेपाली समाज विविध धर्म, संस्कृति, परम्परा र संस्कारले समृद्ध छ । हाम्रा चाडपर्वहरू मनोरञ्जन र खुसी साटासाट गर्ने अवसर मात्र नभई पारिवारिक आत्मीयता, सामाजिक...

    • २ हप्ता अगाडी
    • ४ मिनेट पाठ
  • ‘देखावटी र मौसमी अनुगमन’ पनि भएन यसपटक

    नेपालीको महान् चाड दशैं ढोकैमा छ । तर, यो दशैंमा पनि बजारमा सरकारको शून्यता देखियो । विगतमा दशैं आउँदा मात्र बजारमा सरकार देखिन्थ्यो ।...

    • ३ हप्ता अगाडी
    • ६ मिनेट पाठ
  • दशैं-तिहार र चुनावमा मात्रै गाउँ फिर्ने ?

    दशैं मान्नका लागि काठमाडौं उपत्यका छोड्नेको संख्या बढ्दो छ । व्यापार व्यवसाय, रोजगारी, शिक्षा लगायतका कारणले उपत्यका बसिरहेकाहरु धमाधम गाउँ फर्किरहेका छन् । उपत्यकाका...

    • ३ हप्ता अगाडी
    • ७ मिनेट पाठ
  • अक्षरको नोबेल यात्रा

    -तोमनाथ उप्रेती स्टकहोम जाने विमान बादलमाथि उडिरहेको थियो। तल पृथ्वी थियो। माथि आकाश। बीचमा म। तर त्यो दिन मेरो यात्रा स्विडेनतर्फ मात्र थिएन। म अक्षरतर्फ...

    • ४ हप्ता अगाडी
    • १० मिनेट पाठ
  • धरानमा छतबाट लडेर मृत्यु, खोल्सीमा खसेर अर्का बालक पनि गम्भीर

    धरानः धरानमा घरको छतबाट लडेर एकजनाको मृत्यु भएको छ । धरान–१५ मा घरको छतबाट खसेर १० महिनाको बालक काइरम श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ...

    • ४ हप्ता अगाडी
    • २ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend