धरानः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को पुनर्गठन देशभर चलिरहेको छ ।
माओवादी केन्द्र केन्द्रीय कमिटिको बैठकले देशभर सबै स्थानीय तहको वडास्तरीय पार्टी कमिटिलाई पुनर्गठन गर्ने निर्णय गरेअनुसार वडास्तरीय कमिटी तीब्ररुपमा पुनर्गठन भइरहेको छ । पुनर्गठनको क्रममा धरान उपमहानगरपालिका वडा नम्बर ५ र १० को शनिबार पुनर्गठन भएको छ ।
वडा कमिटी पुनर्गठन भेला प्रदेश सदस्य तथा धरान उपमहानगर इञ्चार्ज आइन्द्रविक्रम बेघाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । भेलामा वडा नम्बर १० मा केशव रिजालको अध्यक्षतामा ३५ सदस्यीय कमिटी गठन गरिएको छ । पुनर्गठित कमिटीमा सुरेन वर्देवा सचिवमा रहेका छन् भने राजेन्द्र मेन्याङ्बो, केवी गुरुङ, नरेन्द्र लिम्बू, प्रताव सुब्बा, लालबहादुर रनपहेली, टंकमाया घिमिरे, डम्बरबहादुर मोहते, भीमकुमार मेन्याङ््बो, प्रकाश रनपहेली, सन्तोष सुब्बा, सुनिता मेन्याङ्बो, अवतार लिम्बू, रोमन लिम्बू, सन्तबहादुर रसाइली, धिरज बराइली, सुधा सुब्बा, विपना विक, सीता लिम्बूलगायत ३५ सदस्य रहेका छन् ।

त्यस्तै, वडा नम्बर ५ मा पनि धनकुमार राईको अध्यक्षतामा ३५ सदस्यीय कमिटी पुनर्गठन गरिएको छ । गुनर्गठित कमिटिमा लिलाकुमार राई सचिव रहेका छन् भने जीवन राई, बमबहादुर तामाङ, बन्दना राई, सीता श्रेष्ठ, रमेश पौड्याल, भक्तबहादुर राई, धनकुमार राई, तारा राई (लिम्बू), पुनम खवास, भावना राई, विनिता तामाङ, आकाश सुब्बा, नवराज तामाङ, कुमार रम्तेल, सुकमान लिम्बू, भरत दाहाल, शोभा राई, सुष्मा राई, जगत कालिकोटे लगायत सदस्य रहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेश सदस्य बेघाले भेलालाई सम्बोधन गर्दै भने, ‘नेपालको कम्युनिष्ट आन्दोलन सिद्दिने अवस्थामा पुगेको छ, अब यसको रक्षा माओवादी पार्टीले गर्नेछ ।’ अहिलेको राजनीतिक घटनाको बारेमा बोल्दै बेघाले नेपाली कम्युनिष्ट आन्दोलनलाई ध्वस्त बनाउन केपी ओली लागिपरेको अवस्थामा आन्दोलनको रक्षार्थ निम्ति माओवादीको आवश्यक देखिएको बताए ।
झन्डै २ तिहाइ नजिकको सरकार रहँदा पनि संविधान र व्यवस्थालाई धरापमा पुरयाउने कार्य गरेकोले केपी ओलीजस्ता पात्रलाई ढाल्नकै लागि पनि कांग्रेससँग कार्यगत एकता गर्न परेको उनले स्पष्ट पारेका छन् ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का धरान उपमहानगर सचिव सुदर्शन श्रेष्ठ, सुसरी जिल्ला सदस्य दीपेश ल्वागुन, कमल चेम्जोङलगायतका नेताहरुको अतिथिको रुपमा उपस्थिति रहेको थियो । त्यस्तै, नगर सदस्य नरबहादुर लिम्बू, उद्धव लिम्बूको पनि अतिथिको रुपमा उपस्थिति रहेका थिए ।