Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

किन मनाइन्छ गाईजात्रा ?

हाम्रो कोशी आवाज
भाद्र ७ २०७८, सोमबार
किन मनाइन्छ गाईजात्रा ?

दिनदिनै देखिने नेपालमा राजनैतिक, सामाजिक गाईजात्रा भन्दा फरक बर्षको एक् पटक मनाइने यो पर्ब गाइजात्रा नेवारहरूको मौलिक पर्व हो ।
गाइजात्रालाई साधारणतय बुझ्दा मृतकको सम्झनामा झाँकी, ब्यङ्य, प्रहसन गर्ने दिन भनेर पनि बुझिन्छ । पितृको सम्झनामा नेवार समुदायले नेवारीबासी भएको ठाउँमा यो जात्रा मनाउने चलन छ । दिवङ्गत आफन्तको सम्झना तथा आत्माको शान्तिका लागि गाईजात्रा पर्व मनाउने गरिन्छ।
तत्कालीन राजा प्रताप मल्लका छोरा चक्रवर्तिन्द्रको अकस्मात निधन भएपछि शोकाकुल रानीको मन शान्त पार्न ‘हाम्रा युवराज मात्र होइन दुनियाँका सन्तान पनि मरेका हुन्छन्’ भन्ने देखाउन यो जात्रा सुरु गरिएको इतिहासमा उल्लेख छ ।
राजाले वर्ष दिनभित्र आफन्त मरेकाले गाईको झाँकी प्रदर्शन गर्नु भनी उर्दी दिएपछि यो जात्रा मनाउन थालिएको इतिहासमा वर्णित छ । गाईको झांकिले मात्र रानी खुसी नभएका कारण अन्य तवरले प्रहसन, ब्यङ्ग, जस्ता कियाकलाप गरे पछि खुसी भएको हुँदा सो समय देखि बर्षेनी हासो, मजाक टोल टोलमा गर्दै गरेको इतिहासमा उल्लेख छ।
सापारु भनेर मनाउने यस पर्व नेवारहरूको मौलिक पर्व हो । दिवङ्गत आफन्तको सम्झना तथा आत्माको शान्तिका लागि गाईजात्रा पर्व मनाउने गरिन्छ । हिन्दुधर्म अनुसार यस पर्वका बारेमा पद्मपुराणमा उल्लेख छ ।
यमलोकको मुख्य ढोका वर्षभरि बन्द रहने र पृथ्वी लोकमा गाईजात्रा निकालेपछि यमलोकको ढोका खुल्ने र मृत आत्माहरूले यमलोक प्रवेश पाई मुक्ति पाउने गरुड पुराणमा उल्लेख भएको छ ।
गाईलाई नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।
दिवङ्गत भएका आफन्तको सम्झनामा गाईजात्राका सहभागीलाई श्रदालुले दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने चलन रहि आएको छ । यस पर्वका क्रममा प्रहसन, राजनैतिक, सामाजिक विकृति प्रति व्यङग्यात्मक प्रदर्शन नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणका कारुण रसका गीतहरू पनि गाईने चलन छ ।
हालका दिनहरूमा गाईजात्राका अवसर पारेर समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्न सार्वजनिक रूपमा मनोरजनात्मक तथा व्यङग्यात्मक ढंगले विविध कार्यक्रमको आयोजना गर्ने र पत्रपत्रिकाहरू, टिभीमा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्य प्रकाशन, प्रसारण गर्ने चलन पनि बढेको पाइन्छ।
राजनैतिक घोच पेच गर्ने, सामाजिक बस्तु माथि तीखो प्रहार गर्न हास्यकर्मीलाई तँ गाईजात्रा दशै भन्दा कम हुँदैन । ब्यङ्ग, प्रहसन गर्न सजिलो माध्यम पनि गाई जात्रा रहने गर्छ, जसलाई सो मनोरंजन गर्न छुट भएकाले अझ महत्वका साथ मनाउने गरिन्छ ।
भाद्र कृष्ण प्रतिपदा देखि या जनै पूर्णिमाको भोलि पल्ट देखि अष्टमी सम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ हो ।
गाईजात्रामा वर्षभरि दिवंगत भएका आफन्तको नाममा मृतकको घरबाट गाईको अनुहार र गणेशको चित्र अंकित गाई बनाएर शहर परिक्रमा गर्ने चलन छ । यसो गर्दा मृत व्यक्तिको आत्माले यमलोक जाँदा बाटोमा पर्ने वैतरणी नदी सजिलै तर्छन् र मोक्ष मिल्छ भन्ने धार्मिक विश्वास छ ।
शहरमा गाई पाल्नेहरुले भने साँच्चिकै गाईलाई सिंगारेर नगर परिक्रमा गराउने गर्छन् भने केहीले जोगीको भेष धारण गरी रंगीबिरंगी कपडा, मुखुण्डो, पेरुङ्गाको टोपी तथा लामो जामा र पटुका लगाएर सांस्कृतिक बाजागाजा सहित नगर परिक्रमा गर्ने चलन छ ।
वासाः तथा तायमचा जहाँ बॉसको डोको, तायमचामा मृतकको तस्बिर बनाएर नगर परिक्रमा गर्दै दिवंगत आफन्तको सम्झनामा विभिन्न भोजन समेत गर्ने प्रचलन छ । जय गाई जात्रा !!

प्रकाशित मिति: भाद्र ७ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

  • सहकारीले बिल्लीबाठ

    ‘टोल टोलमा सहकारी, घर घरमा धानको भकारी’ भनेर सरकारले सहकारी दर्ताका लागि प्रोत्साहन गर्यो । सहकारीलाई अर्थतन्त्रको तीन खम्बा भनियो । देशमा ३५ हजार...

    • ६ दिन अगाडी
    • ६ मिनेट पाठ
  • चाडपर्वको उमङ्गसँगै विद्यार्थीले एक महिने बिदाको सदुपयोग कसरी गर्ने ?

    नेपाली समाज विविध धर्म, संस्कृति, परम्परा र संस्कारले समृद्ध छ । हाम्रा चाडपर्वहरू मनोरञ्जन र खुसी साटासाट गर्ने अवसर मात्र नभई पारिवारिक आत्मीयता, सामाजिक...

    • २ हप्ता अगाडी
    • ४ मिनेट पाठ
  • ‘देखावटी र मौसमी अनुगमन’ पनि भएन यसपटक

    नेपालीको महान् चाड दशैं ढोकैमा छ । तर, यो दशैंमा पनि बजारमा सरकारको शून्यता देखियो । विगतमा दशैं आउँदा मात्र बजारमा सरकार देखिन्थ्यो ।...

    • ३ हप्ता अगाडी
    • ६ मिनेट पाठ
  • दशैं-तिहार र चुनावमा मात्रै गाउँ फिर्ने ?

    दशैं मान्नका लागि काठमाडौं उपत्यका छोड्नेको संख्या बढ्दो छ । व्यापार व्यवसाय, रोजगारी, शिक्षा लगायतका कारणले उपत्यका बसिरहेकाहरु धमाधम गाउँ फर्किरहेका छन् । उपत्यकाका...

    • ३ हप्ता अगाडी
    • ७ मिनेट पाठ
  • अक्षरको नोबेल यात्रा

    -तोमनाथ उप्रेती स्टकहोम जाने विमान बादलमाथि उडिरहेको थियो। तल पृथ्वी थियो। माथि आकाश। बीचमा म। तर त्यो दिन मेरो यात्रा स्विडेनतर्फ मात्र थिएन। म अक्षरतर्फ...

    • ४ हप्ता अगाडी
    • १० मिनेट पाठ
  • धरानमा छतबाट लडेर मृत्यु, खोल्सीमा खसेर अर्का बालक पनि गम्भीर

    धरानः धरानमा घरको छतबाट लडेर एकजनाको मृत्यु भएको छ । धरान–१५ मा घरको छतबाट खसेर १० महिनाको बालक काइरम श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ...

    • ४ हप्ता अगाडी
    • २ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend