धरान: धरानलगायत सुनसरीमा निषेधाज्ञा लम्ब्याइएको छ ।
जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले भदौ २२ गतेसम्म निषेधाज्ञा थपिएको जानकारी दिए । डिसिसीएमसीको बैठकले सो निर्णय गरेको उनले जानकारी दिए ।
वैशाख दोस्रो हप्तादेखि जारी निषेधाज्ञा अझै जारी छ । भदौ १४ गतेसम्म थपिएको निषेधाज्ञाको समय सोमबार राति १२ बजेदेखि सकिँदैछ । भदौ १५ गतेदेखि फेरि २२ गतेसम्म निषेधाज्ञा थपिएको हो । निषेधाज्ञालाई हाल भइरहेको व्यवस्थालाई नै निरन्तरता दिइएको जनाइएको छ ।
