धरानः धरान-१३ स्थित लोटस विद्या विहारमा यस वर्षदेखि कक्षा–११ सञ्चालनमा आउने भएको छ । स्कुलले यस वर्षदेखि ‘कलेज लेवल’ अर्थात् कक्षा–११ र १२ सञ्चालनमा ल्याउने जनाइएको छ । यस वर्षदेखि कक्षा–११ मा म्यानेजमेण्ट र होटल म्यानेजमेण्टको पठनपाठन थाल्ने कलेजका डाइरेक्टर गणेश राई बताउँछन् । उनका अनुसार कक्षा–११ र १२ का लागि धरान–१३ जिरोप्वाइन्ट छेऊमै रहेको भवनमा छुट्टै कक्षा सञ्चालन गरिनेछ ।
उनले विद्यार्थी बस्ने कक्षाकोठामा राखिएका डेस्क–बेन्च ‘सुविधायुक्त’ बनाइएको जानकारी दिए । २०४७ सालमा स्थापना स्कुलले गुणस्तरीय शिक्षामा जोड दिँदै अघि बढेको र कक्षा–११ र १२ अन्य कलेजभन्दा फरक ढङ्गले सञ्चालन गर्ने तयारी थालिएको उनले जानकारी दिए । ‘विशेषतः रिसर्च वेसमा आधारित पठनपाठन गराउनेछौं’, उनले भने, ‘होटल म्यानेजमेण्टका विद्यार्थीलाई सिक्किम, दार्जेलिङ, काठमाडौंलगायतका होटलमा लगेर इन्टर्नसीपको तयारी गरिएको छ ।’ आफ्नै जग्गामा कलेजको लागि भनेर छुट्टै भवन निर्माण गरेर अघि बढ्ने लक्ष्य लिइएपनि यस वर्ष कोरोनाका कारण नसिकएको डाइरेक्टर गणेश राईले जानकारी दिए ।
भिडियो कुराकानीः
