Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

भगिराज इङ्नामको ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह’ लाई मदन पुरस्कार

हाम्रो कोशी आवाज
असोज ७ २०७८, बिहिबार
भगिराज इङ्नामको ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह’ लाई मदन पुरस्कार

धरानः यसवर्षको मदन पुरस्कार भगिराज इङ्नामको ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह’लाई प्रदान गनिे निर्णय भएको छ ।
मदन पुरस्कार गुठीको बिहीबार बसेको बैठकले सो कृतिलाई मदन पुरस्कार दिने निर्णय गरेको हो । लिम्बू तथा पूर्वी लिम्बूवानको ऐतिहासिक दस्तावेजहरु संलकन गरी तयार पारिएको सो पुस्तक हो यो । गुठीका अध्यक्ष कुन्द दीक्षितले जगदम्बा श्री पुरस्कार नृत्यशास्त्री भैरवबहादुर थापालाई प्रदान गरिने जानकारी दिए ।
मदन पुरस्कार गुठीले पुरस्कारका लागि ९ वटा पुस्तक छानेको थियो । जसमा इङ्नामको पुस्तक परेको हो । इङ्नामले भने, ‘पुरस्कारका लागि छनोट हुनु नै मेरो लागि खुसीको कुरा हो ।’ पूर्वसिडियोसमेत रहेका इङ्नामले थपे, ‘यस पुस्तकका लागि मिहिनेत पनि उत्तिकै गरेको छु । यो मेरो मिहिनेतको फल हो ।’
उनका अनुसार ‘लिम्बूवानको ऐतिहासिक दस्तावेज संग्रह’का लागि झण्डै एक दशक खर्चिएको उनले बताए । उनले भने, ‘यो पुस्तकका लागि दुई वर्ष पूरा खटेको छु । संकलन चाहिँ २०७० सालदेखि नै सुरु गरेको हुँ ।’ पुस्तक तयार गर्नका लागि पुर्वी लिम्बूवानको अधिकांश गाउँ तथा बस्ती डुलेको उनले सुनाए । खोज तथा अनुसन्धानका लागि पाँचथर, ताप्लेजुङ, संखुवासभा, धरान, धनकुटा, इलाम झापालगायतका जिल्ला तथा गाउँ डुलेको उनले सुनाए ।
अतित इङ्नाम र शान्तकला मुदेनसङ् साँवा प्रकाशक रहेको सो पुस्तको मूल्य व्यक्तिगत १८००, संस्थागत २५०० र हार्डकभरको पनि २५०० रहेको छ । पुस्तकमा ९१६ पुष्ठ छ । लेखक इङ्नामको यसअघि तेह्रथुम जिल्लाको सुभाङ्गी प्रथा (२०७०) सह लेखन, लिम्बू जातीको इतिहास–२०७५, लिम्बू जातीको संस्कृति झल्कने गीत तथा म्युजिक भिडियोलगायतका कृति प्रकाशित छन् ।

प्रकाशित मिति: असोज ७ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend