Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा मितेरी फुटसलः एसपिसीलाई उपाधि

हाम्रो कोशी आवाज
असोज १२ २०७८, मंगलबार
धरानमा मितेरी फुटसलः एसपिसीलाई उपाधि

धरानः च्यारिटेवल प्रथम सिंगापुर मितेरी फुटसल प्रतियोगिताको उपाधि एसपिसी धरानले चुमेको छ ।
मंगलबार भएको फाइनल खेलमा एसपिसीले ग्याटिस टिममाथि ५–० गोलक अन्तरमा सहज जित निकाल्दै उपाधिमाथि कब्जा जमाएको हो ।
एसपिसीले उपाधिसँगै नगद एक लाख ११ हजार १ सय एघार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता ग्याटिसले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ ।
फाइनल खेलमा हाइस्कोर उपाधि बिजेता एसपिसीका अर्जीन भण्डारीले दुई, सदर्शन श्रेष्ठ, अंकित भुजेल र एजी श्रेष्ठले एक एक गोल गरेका थिए । अर्जीनले प्रतियोगिता अवधिभर १० गोल गरेका थिए । प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि ग्याटिसका समिर गुरुङ र उत्कृष्ट गोलकिपर उपाधि एसपिसीका सारंश भट्टराईले जितेका थिए । उनीहरुले जनहि नगद २ हजार ५ सय रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।
उनीहरुलाई कार्यक्रमका सभाध्यक्ष मितेरी फुटसलका अध्यक्ष लुकेन्द्र राई, प्रमुख अतिथि अखिल नेपाल खेलकुद महासंघ केन्द्रीय प्रथम उपाध्यक्ष एन्फा केन्द्रीय सदस्य एवं पूर्व प्रवक्ता किरण राई, नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राई, सिंगापुर लिफ टिम सदस्य विपीन लिम्बूलगायतले पुरस्कार वितरण गरेका थिए ।
सम्पन्न प्रतियोगिताको सेमिफाइनल खेलमा ग्याटिसले आयोजक मितेरी फुटसल टिमलाई ७–२ र एसपिसिले च्याम्सलाई ३–२ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेका थिए ।
मितेरी फुटसल र सिंगापुरबाट छुट्टीमा आएका सिंगापुर लिफ टिमको आयोजनामा यही असोज १० देखि सुरु भएको च्यारीटेवल प्रतियोगितामा ३६ वटा टिमले सहभागिता जनाएको थियो । प्रतियोगिताबाट उठेको रकमले धरान–१३ नं वडामा रहेको प्रेटोल पम्पदेखि भेडेटारसम्मको घुम्तीमा र धरान उपमहानगरभित्रका जोखिमयुक्त घुम्ती तथा चौकहरु गरी ५० स्थानमा ट्राफिक मिरर (कन्भेक्स मिरर) लगाइने र धरानका पत्रकारहरुको पहलमा धरान १७ विजुवा मार्गस्थित एकल महिला जानुका विकको घर निर्माण अभियानमा सहयोग गरिने आयोजकले जानाएको छ । प्रतियोगिताको सम्पूर्ण खेल धरान–११ नवकलाचोकमा रहेको मितेरी फुटसलमा सम्पन्न भएको थियो ।
तस्वीरः विकास चाम्लिङ राई

प्रकाशित मिति: असोज १२ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend