Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बसको भाडा किन बढी तिर्ने ?

हाम्रो कोशी आवाज
कार्तिक ६ २०७८, शनिबार
बसको भाडा किन बढी तिर्ने ?

कात्तिक १, २०७८ देखि वाग्मती प्रदेश सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक यातायातका धनीहरुलाई यात्रुहरुबाट २३ प्रतिशत भाडा बढाएर भाडा लिन पाउने निर्णय गरेको छ । अब विस्तारै देशको अरु प्रदेशहरुमा पनि यसरी नै आ–आफ्नो सहर बजारमा चल्ने सार्वजनिक यातायातको भाडा दर बढ्ला नै ।
हुन त वाग्मती प्रदेश सरकारले बढाएको यो भाडादर भनेको साविकको १४ रुपैयाँमा ३ रुपैयाँ ३३–४१ पैसा बढेर १७ रुपैयाँ ३३–४१ रुपैयाँ हुनुपर्ने हो । त्यो पनि न्यूनतम ८ किलोमिटरको भाडा दर भनिएको छ । तर, सार्वजनिक यातायातका धनीहरुले कोटेश्वरबाट कालीमाटी गएको, आएको भाडा नै २५ रुपैयाँ लिन, माग्न थालेका छन् । कोटेश्वरबाट कालीमाटीको दुरी ८ किलो मिटरभन्दा बढी छ त ? जे होस्, कात्तिक १ गतेदेखि नै बढेको भाडाचाहिँ सार्वजनिक यातायातका धनी वा भनौं सहचालकले लिन थालिसकेका छन् । त्यो पनि १४ रुपैयाँमा ३ रुपैयाँ ३३–४१ पैसा बढेर १७ रुपैयाँ ३३–४१ पैसा पुगेकोमा सो अनुसार यात्रुबाट भाडा लिनुपर्ने (अझ १७ रुपैयाँ ५० पैसा नै लिए पनि ठीकै थियो ।) मा सार्वजनिक यातायात अर्थात् बस र माइक्रो बसका सहचालक वा भनौं गाडी धनीहरुले यात्रुबाट २० रुपैयाँ लिन, माग्न थालेका छन् ।
हुन त त्यो भन्दा पहिले नै पनि यात्रुबाट न्यूनतम १३ रुपैयाँ चानचुन भाडा लिनुपर्नेमा १५ रुपैयाँ लिने गर्थे । यसरी एकपटकमा एकजना यात्रुबाट लगभग दुई रुपैयाँ ६० पैसा बढी भाडा लिँदा एकदिनमा एउटा बस वा माइक्रो बसका मालिकले कति पैसा फोकट (गैर कानुनी रुप) मै कमाउँदा हुन् ? यस विषयमा सम्बन्धित विषयमा चासो राख्ने व्यक्ति तथा संघ–संस्थारुले अध्ययन अनुसन्धान गर्लान् नै ।
त्यसो त मान्छेहरुलाई लाग्दो हो, जाबो २–४ रुपैयाँ बढेकोमा भाडाको पनि के कुरो गरेको होला, किन लेख नै लेखेको होला ? देशमा कत्रोकत्रो भ्रष्टाचार र घुसखोरीले संस्थागत रुप लिएको छ । जस्तैः विगतमा ओम्नी, यती, कोभिड १९ को स्वास्थ्य सामग्री खरिदकाण्ड, कोभिड १९ को कारण पहिलो चरणमा जनतालाई वितरण गरिएको भनिएको १० अर्बको राहतको हिसाब आदि आदि । हुन पनि त्यो बेला राहत बाँड्दा ५ किलो चामल, १ किलो नुन, १ पाउ मसेउरा, आधा लिटर खाने तेल आदि दिइएको थियो । त्यसरी राहत पाउनेमा म पनि एक हुँ, हालसम्म जिउँदै छु किनभने, मेरो स्थायी घर तेह्रथुम जिल्ला भएतापनि हाल काठमाण्डौ महानगरपालिकाको ३१ वडाको प्रयाग मार्गमा अस्थायीरुपमा बसेको छु । तर, पछि सुनेअनुसार ५ किलो चामललाई २५ किलो, १ किलो नुनलाई…, १ पाउ मसेउरालाई …, आधा लिटर खाने तेललाई …, … लाई बनाएर बिल पेश गरियो अरे अर्थात् मिलाएर खाए के गर्नु खान सक्ने खाए । मिलाएर खान जान्नेले खाए । ठाउँमा हुनेले खाए । यहाँको चलन नै यस्तै छ । जे होस्, यो प्रसङ्ग यही छाडौं ।
धेरै अघिको एक समाचारअनुसार हामीमध्ये धेरै यात्रुहरुले सार्वजनिक यातायात चढेर भाडा तिर्दा जाबो २–४ रुपैयाँको के मतलब ? भनेर गाडी धनी वा सहचालकलाई जाबो २–४ रुपैयाँ नमाग्दा वा त्यतिकै छोड्दा सार्वजनिक यातायातका धनीहरुले एकैदिनमा करोडौं कमाउँछन् भन्ने समाचार एक अनलाइन पत्रिकामा आएको थियो । त्यो कसरी ? भन्नेबारे तल केही उल्लेख गरिनेछ ।
माथि नै भनियो कि, हामीमध्ये धेरै मान्छेले काठमाण्डौ उपत्यकालगायत वरिपरिका विभिन्न स्थानमा सार्वजनिक यातायातमा यात्रा गर्दा छाड्ने गरेको जाबो २–४ रुपैयाँ भनेर छाड्ने गरेको छौं । तर, त्यसरी छाडेको २–४ रुपैयाँले गाडीधनी वा सहचालकहरुले ‘थोपा–थोपा संकलन गरेर समुन्द्र बनाइरहेका छन्’ जस्तै हामीले जाबो २–४ रुपैयाँ भनी छाडेको त्यही २–४ रुपैयाँ बटुल्दा सार्वजनिक यातायातका धनीहरुलाई खुदो पल्टिने गरेको छ । अर्थात् हामीले जाबो २–४ रुपैयाँ भनेर छाडेको पैसा एकदिनमै नाजायज ढंगले करोडौं जम्मा गर्छन्, कमाउँछन् । किनभने, सरकारी निकाय यातायात व्यवस्था विभागले त्यो बेला (१ कात्तिक, २०७८ अघि) तोकेअनुसार काठमाण्डौं उपत्यकामा सार्वजनिक यातायात चढ्दा लकडाउन र निषेधाज्ञाअघि न्यूनतम १३ रुपैयाँ भाडा तिर्नुपथ्र्यो । तर, भाडा लिने गाडी धनी (सहचालक) हरुले भने त्यो बेलै तपाईँ हामीलाई गाडी चढ्ने बित्तिकै १५ रुपैयाँ तिराइहाल्थे, तिथ्र्यौं । उस्तै गाडी धनी (सहचालक) ले त एक ठाउँ जानुपर्ने कुनै यात्रु झुक्किएर अर्को बसमा चढेर, झुक्किएर फेरि झरेमा पनि तुरुन्तै भाडा लिन्थे, लिन्छन् । हुन त माथिको सो भाडा दर विसं २०७२ माघमा नेपाल सरकारको मातहतमा रहेको यातायात व्यवस्था विभागद्वारा लागू गएिको हो । त्यो भाडा दर लागू भएको झण्डै ६ वर्ष बितेपछि हाल अर्को भाडा दर कायम भएको छ । त्यसैले सार्वजनिक यातायातका (गाडी) धनीहरुलाई आफ्नो गाडीले नाफा होइन, घाटा दिएको पनि हुन सक्छ । अथवा उनीहरुले आफ्नो गाडी घाटामा चलाउन परेको पनि होला । जे भएतापनि यस विषयमा तल थप केही लेख्ने, उल्लेख गर्ने प्रयास गरिएको छ ।
१) काठमाण्डौ उपत्यकाको सहरी क्षेत्र र अन्य सहरी क्षेत्रमा सञ्चालन हुने सबै किसिमका यात्रुुबाहक सवारी साधनको भाडा दर न्यूनतम रु. १३–०० देखि अधिकतम रु. २४ सम्म कायम गरिएको थियो । तलको भाडा दर रेट विसं २०७२ को हो । हालै लागू भएको नयाँ भाडा दर रेटको सूची यातायात विभागले टाँस गरेको छैन ।
२) काठमाण्डौ उपत्यका र अन्य सहरी क्षेत्रको भाडा दर र दूरीः
० देखि ४ किमिम्म १३ः०० रुपैयाँ
० देखि ५ किमिसम्म १५ः०० रुपैयाँ
० देखि ६ किमिसम्म १६ः०० रुपैयाँ
० देखि ८ किमिसम्म १७ः०० रुपैयाँ
० देखि १० किमिसम्म १९ः०० रुपैयाँ
० देखि १३ किमिसम्म २१ः०० रुपैयाँ
० देखि १६ किमिसम्म २२ः०० रुपैयाँ
० देखि १९ किमिसम्म २३ः०० रुपैयाँ
० देखि १९ भन्दामाथि २४ः०० रुपैयाँ
३) यदि कुनै सवारी साधनले माथि तोकिएभन्दा बढी भाडा लिएको जानकारी भएमा तत्कालै ट्राफिक प्रहरी कार्यलय (१०३) वा यातायात व्यवस्था विभागमा जानकारी गराउनु हुन अनुरोध गरिन्छ भनी सूचना टाँस गरेको मधुरो, मेटिन लागेको अक्षरमा लेखिएको सूचना बोर्ड अझैपनि यातायात व्यवस्था विभाग (ट्रली बसको ग्यारेज) काठमाण्डौ, नयाँ बानेश्वरको मीनभवनस्थित यातायात व्यवस्था विभागको कार्यलय अगाडि हालसम्म पनि मधुरो अक्षरमा देख्न सकिन्छ ।
माथि नै भनिएझैं मान्छेहरु भन्दा हुन्, यस्ता झिनामसिना कुरोमा पनि अल्झने ? यस्तो जाबो २–४ रुपैयाँ खाएको विषयमा पनि लेख्ने ? देशमा कस्तो ठूलठूलो भ्रष्टाचार र घुसघोरी चली रहेको छ । सो विषयमा ‘नेपालको मै हुँ’ भन्ने मिडियाहरुले लेख्दा त केही लछारपाटो लाग्न सकेको छैन । जाबो २–४ रुपैयाँ खाएकोमा के लेख्नू, बहस गर्नु तर, आखिरमा सुशासन त सुशासन नै हो । त्यसैले यो ‘केहीनजान्ने कुलुङे ढाक्रे’ले सार्वजनिक यातायातका मालिक वा भनौं चालक र सहचालकहरुले लिने जाबो २–४ रुपैयाँ बढी लिने गरेको बारेमा केही लेख्ने जमर्को गरेको छ ।
लगभग तीन वर्षअघि (विसं २०७४, चैत ७ मा) ‘क्लिकमाण्डु अनलाइन’ मा प्रकाशित एक फिचर, लेखमा उल्लेख भएअनुसार त्यो वेला काठमाण्डौ उपत्यकामा मात्रै ८९ हजार ५ सय वटा सार्वजनिक यातायातका विभिन्न सवारी साधनहरु चल्थे । त्यसरी काठमाण्डौ उपत्यकामा त्यो बेला दैनिक रुपमा चल्ने ८९ हजार ५ सय सय वटा सार्वजनिक यातायातका विभिन्न सवारी साधनहरुले एकपटकमा २२ लाख ३७ हजार ५ सय यात्रु बोक्थे । एकदिनमा तीनपटक मात्रै ओहोरदोहोर गर्दा पनि ६७ लाख १२ हजार ५ सय यात्रु बोक्थे । यसरी हेर्दा एकजना यात्रु बराबर २ रुपैयाँ मात्रै फिर्ता नगर्दा पनि सार्वजनिक यातायातका धनीहरुले एक पटकमा १ करोड ३४ लाख २५ हजारभन्दा बढी अवैद्य ढंगले कमाउँथे । त्यसमा २० प्रतिशत यात्रुलाई विद्यार्थी मान्दा पनि सार्वजनिक यातायातका धनीहरुले एक दिनमा करोडभन्दा बढी नै कमाएको देखिन्छ ।
धेरै जसो यात्रुहरु सचेत छन् । त्यसैले उनीहरुले आफूले पाउनुपर्ने फिर्ता पैसा सवारी साधनका धनी, चालक र सहचालकहरुसँग माग्छन् नै । तर, अधिकांश सवारी साधनका धनी, चालक र सहचालकहरुले चानचुन पैसा छैन भनी यात्रुहरुलाई २ रुपैयाँ (अहिले २ रुपैयाँ ६० पैसा) फिर्ता नदिएरै पठाउँछन् ।
त्यसैले देशमा रहेका विभिन्न उपभोक्ता समिति, बुद्धिजीवीहरु, सचेत यात्रुहरु र स्वयम् काठमाण्डौ उपत्यकाको सहरी क्षेत्र र अन्य सहरी क्षेत्रमा सञ्चालन हुने सबै किसिमका यात्रुुबाहक सवारी साधनका धनी, चालक र सहचालकहरुले यस विषयमा बहस र छलफल गरेर न्युनतम ‘१७ रुपैँया ४०–५० पैसा’ मात्रै लिने व्यवस्था गर्नका लागि चानचुन पैसाको जोहो सवारी साधनका धनीहरुले नै गर्नुपर्ने व्यवस्था लागू गर्ने हो कि ? अथवा हामी यात्रुहरुले चाहिनेभन्दा बढी नै भलादमी बनेर एकपटकमै २ रुपैयाँ ६० बढी भाडा तिरिरहने हो ? यस विषयमा सर्वसाधारण यात्रुहरुका साथै उपभोक्ता कानुनका ज्ञाता, अधिकारकर्मीहरु र, सार्वजनिक यातायातका धनीहरुले गठन गरेको समितिहरुले पनि चासो लिनैपर्ने देखिन्छ । किनकि, सुशासन भनेको सुशासन नै हो । कि कसो हौ, सर्वसाधारण यात्रुहरु, उपभोक्ता कानुनका ज्ञाताहरु, अधिकारकर्मीहरु, सार्वजनिक यातायातका धनीहरु र, त्यस्ता सार्वजनिक यातायातका चालक र सहचालक कामरेडहरु ।
लष्लबmपष्चबतज्ञद्दघ२नmबष्।िअयm

प्रकाशित मिति: कार्तिक ६ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

  • सहकारीले बिल्लीबाठ

    ‘टोल टोलमा सहकारी, घर घरमा धानको भकारी’ भनेर सरकारले सहकारी दर्ताका लागि प्रोत्साहन गर्यो । सहकारीलाई अर्थतन्त्रको तीन खम्बा भनियो । देशमा ३५ हजार...

    • ६ दिन अगाडी
    • ६ मिनेट पाठ
  • चाडपर्वको उमङ्गसँगै विद्यार्थीले एक महिने बिदाको सदुपयोग कसरी गर्ने ?

    नेपाली समाज विविध धर्म, संस्कृति, परम्परा र संस्कारले समृद्ध छ । हाम्रा चाडपर्वहरू मनोरञ्जन र खुसी साटासाट गर्ने अवसर मात्र नभई पारिवारिक आत्मीयता, सामाजिक...

    • २ हप्ता अगाडी
    • ४ मिनेट पाठ
  • ‘देखावटी र मौसमी अनुगमन’ पनि भएन यसपटक

    नेपालीको महान् चाड दशैं ढोकैमा छ । तर, यो दशैंमा पनि बजारमा सरकारको शून्यता देखियो । विगतमा दशैं आउँदा मात्र बजारमा सरकार देखिन्थ्यो ।...

    • ३ हप्ता अगाडी
    • ६ मिनेट पाठ
  • दशैं-तिहार र चुनावमा मात्रै गाउँ फिर्ने ?

    दशैं मान्नका लागि काठमाडौं उपत्यका छोड्नेको संख्या बढ्दो छ । व्यापार व्यवसाय, रोजगारी, शिक्षा लगायतका कारणले उपत्यका बसिरहेकाहरु धमाधम गाउँ फर्किरहेका छन् । उपत्यकाका...

    • ३ हप्ता अगाडी
    • ७ मिनेट पाठ
  • अक्षरको नोबेल यात्रा

    -तोमनाथ उप्रेती स्टकहोम जाने विमान बादलमाथि उडिरहेको थियो। तल पृथ्वी थियो। माथि आकाश। बीचमा म। तर त्यो दिन मेरो यात्रा स्विडेनतर्फ मात्र थिएन। म अक्षरतर्फ...

    • ४ हप्ता अगाडी
    • १० मिनेट पाठ
  • धरानमा छतबाट लडेर मृत्यु, खोल्सीमा खसेर अर्का बालक पनि गम्भीर

    धरानः धरानमा घरको छतबाट लडेर एकजनाको मृत्यु भएको छ । धरान–१५ मा घरको छतबाट खसेर १० महिनाको बालक काइरम श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ...

    • ४ हप्ता अगाडी
    • २ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend