Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

जनगणनामा ‘राई’ किन लेख्ने ?

हाम्रो कोशी आवाज
कार्तिक १० २०७८, बुधबार
जनगणनामा ‘राई’ किन लेख्ने ?

बाल्यकालमा मेरो जातिय पहिचान राई भन्ने मात्र थाहा थियो। यस भित्रका विभिन्न थरहरूको बारेमा म अनभिज्ञ नै थिए। पछि जब यस भित्रको विभिन्न थर र भाषाहरूको बारेमा ज्ञात बोध भयो तब पनि जातिय पहिचान राईबाट नै आफूलाई चिनाउन र चिनिनुमा गर्व र सहज महसुस गरेँ र गरिरहेकी छु ।
राई, यस जाति भित्र समेटिने सबै थरहरूको साझा पहिचान हो। अहिले राई जाति भित्र पनि विभिन्न थरहरूबाट आफूलाई चिनाउने होड र अभ्यास भइरहेका छन्। यसबाट साझा पहिचानको शब्द राईलाई ओझेलमा त पार्दैन भन्ने आशंका समेत बढाइरहेको छ। तर हाम्रो साझा पहिचान राईमा गर्व गर्नुको अर्थ र विशेषता भने आफ्नै छ।
यो प्रसङ्ग किन पनि उल्लेख गर्दै छु भने किराँत राईहरूमा ‘हामी’ भन्ने शब्द अब ‘तिमी’ र ‘म’ मा बाँडिने अवस्था सृजना हुँदैछ। जुन राष्ट्रिय मुलधारमा हाम्रो पहिचान र स्थान खोज्न र स्थापित गर्न भइरहेको हाम्रो निरन्तरको प्रयासहरूका लागि पनि त्यति सुखद नहुन सक्छ।
राई एक जाति एक धर्म एक संस्कृति भित्रका फरक भाषाभाषीहरूलाई एउटै मालामा गाँसेर बनेको सुन्दर माला हो। राई जातिमा जस्तो भाषिक विविधता भित्रको एकता र सामिप्यता अन्य कुनै जातिहरूमा भेटिंदैन त्यही भएर हामीलाई राई हुनमा सधैं गर्वको महसुस गराउँछ। सधैं यहि सोचका साथ अघि बढ्नु पर्दछ भन्ने मेरो मान्यता हो।
किरात राई नेपालमा सभ्यता र विधिको शासन व्यवस्था प्रारम्भ गर्ने पहिलो जाति हो। किरात वंशबाट नै नेपालमा सभ्यता र विधिको शासन प्रारम्भ भएको लिखित इतिहास छ। जुन हाम्रो गर्विलो विगत हो।
यस्तो गौरवमय इतिहासको प्रतिनिधित्व गर्ने जाति भित्र विविधता बीचको एकतालाई थप प्रगाढ तुल्याउनको सट्टा आ-आफ्नो थरको प्रवर्द्धन गर्ने प्रयासमा आफ्नो मुल जात र पहिचानलाई कतै कमजोर तुल्याउने काम हामीबाट भइरहेको त छैन ? यसतर्फ सबैले गम्भीर भएर मनन गर्न जरुरी भइसकेको छ।
अब चाँडै देशमा फेरि राष्ट्रिय जनगणना हुँदैछ । जनगणनामा हामीले यो कुरामा हेक्का राख्न सकेनौ भने, हाम्रो विविधता भित्र खेलेर हामीलाई अरु अल्पसंख्यकमा पुर्याउने जुन षडयन्त्र भइरहेको छ त्यसलाई पृष्ठपोषण गर्ने गल्ती हामीहरुबाट हुनु हुँदैन।
हामीले आफ्नो थरलाई चिनाउने प्रयासमा राई जाति लेख्नेहरुको संख्या आगामी जनगणनामा घट्यो भने त्यसबाट हामीलाई पुग्ने फाइदा र बेफाइदाहरुको बारेमा पनि गहिरो विश्लेषण हुन जरुरी छ। अहिले हामीले बुझेर-नबुझेर वा लहडमा उकासिएर राई जातिको कुल संख्या घटाउने कार्य भोलिको दिनमा आत्माघाती काम त हुँदैन र ? यो यतिबेलाको सबैभन्दा पेचिलो प्रश्न हो। किनकी यस तर्फ समयमै सचेत भएनौँ भने यसले भोलि समग्र राईको जनसंख्या र चिनारीमा ठूलो फरक पार्ने छ।
अहिलेको हाम्रो अभ्यासले आफ्नो छुट्टै पहिचान बनाउने नाममा ‘अन्य’ वर्गमा परेर बेजात बनिने त होइन? यतिबेला सबै भन्दा हेक्का राख्नु पर्ने कुरा हो यो। हाम्रै समुदायका धेरै मानिसहरूमा राईमा कति थर छन् र कति भाषा बोल्छन् भन्ने कुरामा समेत जानकार नहुन सक्छ ।
यो राम्रो पक्ष होइन। हामीले आफ्नो कुराहरूमा चासो र जानकारी राख्न छाड्यौ भने अरुले यसको संरक्षण र प्रवर्द्धन गरिदिने कल्पना नगरे हुन्छ। नेपालमा सभ्यताको बिजारोपण गर्ने जातिको धर्म, संस्कार, संस्कृति लोपोन्मुख अवस्थामा पुग्नुको एउटा कारण यो पनि हो।
पुर्खाले संरक्षण गरेको पहिचान र इतिहासलाई नयाँ पुस्ताले राम्रोसँग पल्ट्याएर, कोट्याएर, अनि खोज अनुसन्धान गरेर अध्ययन र मनन गर्नुपर्छ।
हाम्रो इतिहास, धर्म, संस्कृति र संस्कार लाई विविध कारणहरूले हामीले राम्रोसँग बुझ्न र संरक्षण गर्न पाएनौँ । त्यसैले हाम्रो धेरै कुराहरू जनश्रुति र किम्बदन्तीमा सीमित हुन पुग्यो। अहिले हाम्रै समुदाय र बाहिरकाले पनि यस विषयमा निरन्तर अध्ययन र अनुसन्धान गरेर यथार्थ प्रष्ट्याउने प्रयास भइरहेको छ।
शासन सत्ताबाट विस्थापित भएसँगै सामाजिक, राजनीतिक, आर्थिक क्षेत्रबाट ओझेलमा परेको किरात राई पछिल्लो समय आफ्नो इतिहास, धर्म, संस्कार संस्कृतिको संरक्षणमा सचेत र सजग हुन थालेका छन्। जुन सकरात्मक पक्ष हो।
यसबाट एकल जातिय मात्र नभइ राष्ट्रकै महत्वपुर्ण इतिहासको प्रतिनिधित्व अमुल्य सम्पदाको रुपमा रहेको धर्म र संस्कृतिको संरक्षणमा पनि योगदान पुगिरहेको छ।
अबको पुस्ताले किरात सभ्यता र संस्कृति किम्वदन्तीको रुपमा नभइ प्रमाणित सत्य तथ्य सहितको लिखित दस्ताबेजमा अध्ययन गर्न पाउनु पर्छ। यसतर्फ हाम्रो प्रयास केन्द्रीत हुनु पर्छ।
राई एउटै धर्म ,संस्कार संस्कृति र परम्परा अबलम्बन गर्ने एउटै वंशका सन्तान हो भन्ने कुरामा द्विविधा छैन । बाँकी रह्यो भाषाको कुरा । राई भित्र पनि २९ भन्दा बढी भाषाभाषी छन्। तर पनि एकको अर्कोसँग लगभग मिल्छ । हाम्रो बोलीको लवज पनि एउटै छ ।
भाषा र संस्कृतिलाई भुगोल रहनसहन बसाइको विविधताले केही फरक पार्न सक्छ । चारै दिशामा छरिएर रहेका एउटै जातिको सबै कुराहरू हुबहु मिल्नु पर्छ भन्ने हुँदैन । भाषालाई आधार बनाएर अलग हुने कुरा त्यत्ति तर्कसङ्गत देखिँदैन । यो सही कदम पनि होइन।
यतिबेला अल्पसंख्यक होइन बहुसंख्यक बनेर सामुहिक प्रयासको खाँचो छ । अतिक्रमणको चपेटामा परेर लुप्त प्रायः अवस्थामा पुगेको राईहरूको धर्म, संस्कृति, इतिहासलाई जोगाउने हो भने त्यो एकताबाट मात्र सम्भव छ ।
चीनमा एउटा भनाइ प्रख्यात छ ‘जति धेरै मान्छे उति ठूलो शक्ति’ । यो भनाइलाई किरात राईले पनि आत्मसात् गर्नुपर्ने देखिन्छ । भाषिक विविधता बीचको एकतालाई थप बलियो बनाउन सक्दा मात्र अतिक्रमणमा परेर नासिएका हाम्रो विरासतलाई पुनः स्थापित गर्न सक्छौँ। अनि मात्र खुवालुङ जस्ता हाम्रो धर्म, संस्कृति, परम्परा र आस्था जोडिएका धेरै सम्पदाको संरक्षणमा दरिलो आवाज बुलन्द गर्न सक्छौँ।
अन्यथा यी सबै कुराहरू आखाँकै अघिल्तिर मासिदा नासिदा र नष्ट गर्ने दोस्रोको कुचेष्टालाई मन बाँधेर टुलुटुलु हेरेर बस्नु बाहेक दोस्रो बिकल्प हामीसँग रहँदैनन्। फुट्नुमा हैन जुट्नुमा नै हामी सबैको कल्याण छ। चेतना भया !

प्रकाशित मिति: कार्तिक १० २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

  • सुनदेखि गाडीसम्म प्रमाण नै नहुने वस्तुमा लगानी बढ्दो

    नेपालमा वि.सं. २०२२ सालमा सुन प्रतितोला ८० रुपैयाँ रहेको पाका बुढापाका बताउँछन् । त्यतिबेला चाँदी त बिक्री नै नहुने उनीहरुको भनाइ छ । २०८२...

    • १७ घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • सहकारीले बिल्लीबाठ

    ‘टोल टोलमा सहकारी, घर घरमा धानको भकारी’ भनेर सरकारले सहकारी दर्ताका लागि प्रोत्साहन गर्यो । सहकारीलाई अर्थतन्त्रको तीन खम्बा भनियो । देशमा ३५ हजार...

    • ७ दिन अगाडी
    • ६ मिनेट पाठ
  • चाडपर्वको उमङ्गसँगै विद्यार्थीले एक महिने बिदाको सदुपयोग कसरी गर्ने ?

    नेपाली समाज विविध धर्म, संस्कृति, परम्परा र संस्कारले समृद्ध छ । हाम्रा चाडपर्वहरू मनोरञ्जन र खुसी साटासाट गर्ने अवसर मात्र नभई पारिवारिक आत्मीयता, सामाजिक...

    • २ हप्ता अगाडी
    • ४ मिनेट पाठ
  • ‘देखावटी र मौसमी अनुगमन’ पनि भएन यसपटक

    नेपालीको महान् चाड दशैं ढोकैमा छ । तर, यो दशैंमा पनि बजारमा सरकारको शून्यता देखियो । विगतमा दशैं आउँदा मात्र बजारमा सरकार देखिन्थ्यो ।...

    • ३ हप्ता अगाडी
    • ६ मिनेट पाठ
  • दशैं-तिहार र चुनावमा मात्रै गाउँ फिर्ने ?

    दशैं मान्नका लागि काठमाडौं उपत्यका छोड्नेको संख्या बढ्दो छ । व्यापार व्यवसाय, रोजगारी, शिक्षा लगायतका कारणले उपत्यका बसिरहेकाहरु धमाधम गाउँ फर्किरहेका छन् । उपत्यकाका...

    • ३ हप्ता अगाडी
    • ७ मिनेट पाठ
  • अक्षरको नोबेल यात्रा

    -तोमनाथ उप्रेती स्टकहोम जाने विमान बादलमाथि उडिरहेको थियो। तल पृथ्वी थियो। माथि आकाश। बीचमा म। तर त्यो दिन मेरो यात्रा स्विडेनतर्फ मात्र थिएन। म अक्षरतर्फ...

    • ४ हप्ता अगाडी
    • १० मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend