Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रतिभावान युवापुस्ता किन रोकिँदैनन् ?

हाम्रो कोशी आवाज
कार्तिक ११ २०७८, बिहिबार
प्रतिभावान युवापुस्ता किन रोकिँदैनन् ?

नेपालका युवा दिनप्रतिदिन विदेश पलायन हुने क्रम जारी छ । त्यसैले नेपालमा युवा बिदेसिनु सामान्यजस्तो भएको छ । दक्ष र अदक्ष गरी करिब ४० लाख युवा अध्ययन र अवसरको खोजीमा बिदेसिए भने अदक्ष युवा जीविकोपार्जनका लागि बिदेसिए । युवाहरूले पठाएको रेमिट्यान्स देशको मेरुदण्ड बनेको छ । युवाले विदेशी भूमिमा श्रम-पसिना बगाइरहँदा देशका नेता भने देशको ढुकुटी रित्याउन लागिपरेका छन् ।
युवा देशका मेरुदण्ड हुन् । देशको झन्डै आधा हिस्सा ओगटेको युवापुस्ता राज्यको प्राथमिकतामा नपर्नु दुःखद कुरा हो । अस्थिर राजनीति, रोजगारीका अवसरको कमी, गुणस्तरीय शिक्षा र विकासको कमीका कारण देशमा आफ्नो भविष्य नदेखेकाले युवा प्रतिभा विदेश पलायन दिनप्रतिदिन बढ्दो छ । पढेलेखेका र देशविदेश बुझेका युवा पुस्ताको राजनीतिप्रति चासो र सरोकार नराख्ने परिपाटीले खराब मान्छेको हातमा सत्ताको बागडोर पुग्यो । उनीहरूले युवालाई जहिले पनि परिचालन मात्र गरे । युवालाई राजनीतिक सत्ता प्राप्तिको भ¥याङ मात्र बनाए । यसको परिणाम आज देश युवाविहीन बन्दै गएको छ । जब देशको ऊर्जाशील एवम् सिर्जनशील जमात मुलुक निर्माणको हिस्सेदारी हुँदैन, तब देश बर्बादीतिर जान्छ । हरेक राजनीतिक परिवर्तनको अग्रमोर्चामा उत्रिने युवा जमात त्यसबाट प्राप्त उपलब्धिको लाभबाट जहिल्यै वञ्चित छ । देशमै केही गरौं भन्ने युवा देशको आर्थिक, सामाजिक र राजनीतिक परिघटनाले बाध्य भएर देश छोड्छन् । हामीले व्यवस्था परिवर्नका लागि मात्र आन्दोलन ग-यौं । जनताको सामाजिक तथा आर्थिक अवस्था परिवर्तन गर्न लागेनौं । देशमा राजनीतिको अपराधिकरण र अपराधको राजनीतिकरण भयो । लोकतन्त्र स्थापनापछि केन्द्रीकृत भ्रष्टाचारको जालो विकेन्द्रीकृत हुँदै गाउँसम्म पुग्यो । विधि र पद्धतिभन्दा व्यक्तिकेन्द्रित राजनीति हावी भयो । राम्रा मान्छेलाई होइन, हाम्रा मान्छेलाई उच्च पदमा विराजमान गराइयो । क्षमता, योग्यता र प्रतिस्पर्धालाई लगाम लगाई चाकरी, चाप्लुसी र अवसरलाई प्रश्रय दिइयो । यसले राजनीतिको बिस्तारै बाटो बिराउँदै गएको छ । अहिलेको राजनीतिक घटनाक्रमले युवामा चरम निराशा र आक्रोश बढाएको छ ।
विगत १० वर्षको तथ्यांक हेर्दा युवा बिदेसिने दरमा ज्यामितीय आकारले वृद्धि भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तथ्यांकअनुसार आव २०६५-६ मा २४ हजार ८ सय २४ विद्यार्थीले वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिएका थिए भने आव २०७६-७७ मा ६३ हजार २ सय ५९ जनाले अध्ययन अनुमतिपत्र लिए । विगत १० वर्षको तथ्यांक हेर्ने हो भने दुगुना बढी छ । त्यसमध्ये अधिकांश दक्ष र प्राविधिक जनशक्ति नै विदेसिने गरेका छन् । त्यस्तै नेपाल मेडिकल काउन्सिलमा हालसम्म एमबीबीएस, एमडी, एमएस, एमडीएस गरी कुल ३४ हजार १ सय ४ जना दर्ता भएका छन् । त्यसमध्ये करिब १५ सयको हाराहारीमा मात्र सरकारी सेवामा कार्यरत छन् । बाँकी रहेको संख्याको आधाजति प्राइभेट र अरू विदेशमै छन् । खोज पत्रकारिता केन्द्रले गरेको एक अध्ययनअनुसार आईओएममा अध्ययन गरेका २३ देखि २८ औं ब्याजसम्मका २५ प्रतिशत चिकित्सक मात्र नेपालमा रहेको र बाँकी ७५ प्रतिशत अमेरिका, क्यानडा, बेलायत, युरोपलगायत विकसित देशमा पलायन भएका छन् ।

प्रकाशित मिति: कार्तिक ११ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

  • सुनदेखि गाडीसम्म प्रमाण नै नहुने वस्तुमा लगानी बढ्दो

    नेपालमा वि.सं. २०२२ सालमा सुन प्रतितोला ८० रुपैयाँ रहेको पाका बुढापाका बताउँछन् । त्यतिबेला चाँदी त बिक्री नै नहुने उनीहरुको भनाइ छ । २०८२...

    • १७ घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • सहकारीले बिल्लीबाठ

    ‘टोल टोलमा सहकारी, घर घरमा धानको भकारी’ भनेर सरकारले सहकारी दर्ताका लागि प्रोत्साहन गर्यो । सहकारीलाई अर्थतन्त्रको तीन खम्बा भनियो । देशमा ३५ हजार...

    • ७ दिन अगाडी
    • ६ मिनेट पाठ
  • चाडपर्वको उमङ्गसँगै विद्यार्थीले एक महिने बिदाको सदुपयोग कसरी गर्ने ?

    नेपाली समाज विविध धर्म, संस्कृति, परम्परा र संस्कारले समृद्ध छ । हाम्रा चाडपर्वहरू मनोरञ्जन र खुसी साटासाट गर्ने अवसर मात्र नभई पारिवारिक आत्मीयता, सामाजिक...

    • २ हप्ता अगाडी
    • ४ मिनेट पाठ
  • ‘देखावटी र मौसमी अनुगमन’ पनि भएन यसपटक

    नेपालीको महान् चाड दशैं ढोकैमा छ । तर, यो दशैंमा पनि बजारमा सरकारको शून्यता देखियो । विगतमा दशैं आउँदा मात्र बजारमा सरकार देखिन्थ्यो ।...

    • ३ हप्ता अगाडी
    • ६ मिनेट पाठ
  • दशैं-तिहार र चुनावमा मात्रै गाउँ फिर्ने ?

    दशैं मान्नका लागि काठमाडौं उपत्यका छोड्नेको संख्या बढ्दो छ । व्यापार व्यवसाय, रोजगारी, शिक्षा लगायतका कारणले उपत्यका बसिरहेकाहरु धमाधम गाउँ फर्किरहेका छन् । उपत्यकाका...

    • ३ हप्ता अगाडी
    • ७ मिनेट पाठ
  • अक्षरको नोबेल यात्रा

    -तोमनाथ उप्रेती स्टकहोम जाने विमान बादलमाथि उडिरहेको थियो। तल पृथ्वी थियो। माथि आकाश। बीचमा म। तर त्यो दिन मेरो यात्रा स्विडेनतर्फ मात्र थिएन। म अक्षरतर्फ...

    • ४ हप्ता अगाडी
    • १० मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend