Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

परीक्षा लेख्न मात्रै पढ्छन् विद्यार्थी

हाम्रो कोशी आवाज
कार्तिक १४ २०७८, आइतबार
परीक्षा लेख्न मात्रै पढ्छन् विद्यार्थी

शिक्षाको गुणस्तर खस्किनुमा परीक्षा प्रणालीभन्दा बढी परीक्षा दिने शैलीबारे विद्यार्थीलाई पर्याप्तरुपमा न सिकाउनु नै हो । कतिपय विद्यार्थीले परीक्षामा जानेको उत्तर पनि सही रुपमा लेख्न नसक्दा उत्तीर्ण हुन सकेका छैनन् । वर्षभरी पढाएको कुरा तीघण्टाभित्र लेख्नु एउटा चुनौति त छँदैछ, अर्को चुनौति भनेको त्यसलाई सहीरुपमा लेख्नु नसक्नु हो ।
कक्षाकोठामा सैद्धान्तिक या पाठ रटाएर पढाउनु मात्रै शिक्षाको गुणस्तर मानिँदैन । तर यसैलाई निरन्तरता दिइरहेका अहिलेका प्रध्यापक र शैक्षिक संस्थाले ध्यान पुरयाउनु पर्ने भएपनि गएको देखिदैंन । जसले अहिलको पुस्तालाई बेरोजगार मात्र बनाएको छैन भएको उसभित्रको क्षमता समेत गुमराहमा राखिएको छ । यसरी हेर्दा अबको केही वर्षभित्रमा नेपालको उच्च शिक्षा आर्जन गर्ने विद्यार्थी निकै कम हुन सक्ने खतरा छ ।
परीक्षाका लागि मात्रै पढ्ने पद्दति
अहिले पनि सयमा झण्डै ९८ विद्यार्थी परीक्षाका लागि मात्र पढ्छन् । कक्षा १ देखि १० सम्म पढ्ने विषयहरुले तत्कालै काम र रोजगार नदिने भएपछि यी कक्षाहरुमा रटाउनु र परीक्षामा पास हुनुबाहेक अर्को उपलब्धी छैन । शिक्षक र विद्यार्थीले नै पढेर, बुझेर, जानेर या नजानेर अझ सकिन्छ भने चिट नै चोरेर पनि परीक्षामा पास हुनुपर्छ भन्ने गलत धारणा छ । यसैले गर्दा विद्यार्थी आफ्नो शिक्षा प्राप्ति प्रति जिम्मेवार छैनन् ।
यसका पछाडि शिक्षकहरुकै दोष छ । कारण हाम्रो दैनिकीसँग जोडेर शिक्षालाई कहिल्यै पढाइएन । पढाइए पनि निकै कम शिक्षकले यस्तो अभ्यास गरेका छन् । जसले गरेका छन् ती विद्यार्थी र उच्च शिक्षा लिएर राम्रै जनशक्तिका रुपमा स्थापित पनि छन् । तर हाम्रो समस्या विद्यार्थीले आफू र आफ्नो भविष्य अनि काम भन्दा अरुका लागि पढ्ने शैलीको विकास भयो । कसैले अभिभावकका लागि, कसैले परीक्षामा पास हुनका लागि । नैतिक शिक्षा र त्यसअनुसारको काम नहुँदा शिक्षा अहिले बेरोजगार युवा उत्पादन गर्ने खानीका रुपमा विकास भइरहेको छ । सीप र ज्ञानका लागि शिक्षा भइरहेको छैन ।
शिक्षा मेरो भविष्य र कामका लागि अनि त्यही कामले मेरो जीवनको आगामी कार्यदिशा निर्धारण हुन्छ भन्ने भावना कम भएकै कारण आज अधिकांश विद्यार्थी पढाइमा दत्तचित्त भेँिटदैनन् । पढ्न छाडेर विदेशिने, अरु काम गर्ने, कलेज कहिलेकाही झुल्किने जस्ता क्रियाकलाप भइरहेका छन् । यसका बारेमा अहिलेसम्म कुनै पनि निकाय दिगो सोच र चासोका साथ अगाडि बढेको छैन ।
मुख्य समस्या भनेको विद्यार्थीले वर्षभरी पढेको कुराको मूल्याङ्कन ३ घण्टाको परीक्षाबाट हुनु नै हो । हाम्रो पहिलो गल्ती भनेकै यही हो । अर्को परीक्षा त दिने तर कसरी ? परिक्षा दिनुभन्दा पहिले व्यावहारिकरुपमा हामीले कति तयारी गरेका छौं ? भन्नेतिर न शिक्षकको ध्यान गएको छ न त विद्यार्थीको नै । खासगरी एसइई सकेपछि परीक्षामा पास हुनैपर्छ भन्ने धारणा नभएकाले धेरैजसो विद्यार्थी उच्च मावि तहमा दुई तीन वर्ष एउटै विषयमा अनुर्तीर्ण भइरहेको पाइन्छ । पढ्न पाइहालिन्छ, पास नभए पनि के भो त ? जाबो त्यही तीनघण्टा त हो नि लेख्ने किन सधै कलेज जानुपरयो ? भन्ने जस्ता निराशाजनक र कुनै अनुगमन विनाको अहिलेको शिक्षा र लगानी मुलुकका लागी बालुवामा पानी हाले सरह भइरहको छ ।
परीक्षा त दिने तर कसरी ?
२०३३ सालदेखि २०७० सालसम्म त्रिभुवन विश्वविद्यालय र मातहतहका आंगिक क्याम्पसमा पढाएको अनुभवले म विद्यार्थीलाई परीक्षामा कसरी लेख्ने ? भन्ने नै नसिकाएको निष्कर्षमा पुगेको छु । पहिलो कुरा ४५ मिनेटको पिरियडमा पाठ मात्रै पढाइन्छ । त्यसको व्यावहारिकता, हाम्रो आवश्यकता र उपलब्धताका बारेमा कुनै विशेष बुझाइ र पढाइ हुँदैन । दोश्रो किताबमा भएको कुरालाई मौलिक शैलीमा कसरी लेख्ने ? विद्यार्थीलाई पटक्कै ज्ञान छैन । कारण शिक्षकले पढाएकै छैनन् त विद्यार्थीले कसरी जानुन् । अर्को भनेको शिक्षकले किताबमा भएका मुख्य मुख्य बुँदा लेखाएर या घोकाएर पढाइन्छ, लेखाइन्छ अझ भनौं सार्न लगाइन्छ । मुख्य प्रश्न यहीं छ ।
यसरी पढेको शिक्षाले नै नेपाली युवालाई बीचैमा पढाइ छाड्न बाध्य बनाएको छ । कारण उनीहरुले घोके मात्रै पढेनन् र सिकेनन् । यसले उनीहरुलाई गरिखाने शिक्षा दिएन । धेरैजसो विद्यार्थी परीक्षामा उत्तीर्ण नहुनुको कारण उनीहरुले पढेको कुरालाई लेख्न नजानेर हो । पढ्न त १०० देखि १५० विद्यार्थीले एउटै कक्षामा पढेका हुन्छन् । तर पास मुस्किलले १० देखि १५ जना मात्रै हुन्छन् । यो हुनु भनेको विद्यार्थीलाई घोकाइयो र पढाइयो अनि सार्न लगाइयो । आफ्नै मौलिकतामा लेख्न लगाइएको छैन । यदि आफ्नै मौलिकतामा विद्यार्थीलाई लेख्न सिकाउने हो भने कोही विद्यार्थी पनि परीक्षामा फेल हुनुपर्ने छैन ।
परीक्षामा विद्यार्थीले गर्ने केही गल्तीहरु:
–परीक्षामा सोधिएको प्रश्नलाई बुझ्न नसक्नु र त्यसलाई मौलिक तरिकाले लेख्न नसक्नु ।
–परीक्षा भनेको ३ घण्टाको जेल जस्तै सोच्नु ।
–जति सकिन्छ लेख्नु । तर कसरी लेख्ने ? कतिसम्म लेख्ने ? लेख्न कसरी शुरु गर्ने ? कहाँ गएर अन्त्य गर्ने ? बुझ्न सक्ने गरी कसरी लेख्ने ? लेख्ने शैलीबारे अलमल हुनु ।
–धेरैजसो विद्यार्थीले भाषा शुद्धसँग नलेख्नु । लेखिहाले पनि केरकार धेरै गर्नु । मौलिक र तथ्य भन्दा राजनीतिक भाषणजस्तो लामो पारेर लेख्नु ।
–परीक्षामा आफ्नो रोल नं., सिम्बोल नं. उत्तर लेख्ने प्रश्न नं. आदीलाई ख्याल नगर्नु ?
–एकचोटी लेखेर फेरी मेट्नु र त्यसैमा लेख्नु ।
–एउटै भाषाको प्रयोग नगरी दुई तिन ओटा भाषामा उत्तर लेख्न खोज्नु (अंकमा)
मुख्यतयाः विद्यार्थीले यी कुरामा ध्यान दिन नसक्दा परीक्षाको नतिजा सार्वजनिक गर्ने प्रक्रियामै समस्या हुनु, नतिजा सार्वजनिक भइहाले पनि पास नहुनु जस्ता थुप्रै समस्या विद्यार्थीले भोग्नुपरेको छ । खासगरी यी सामान्य ढंगले गरेका गल्ती सच्याउन विद्यार्थीलाई वर्षौं त लाग्छ नै यसबाट विद्यार्थीको शैक्षिक वर्षको घाटा र मानसिक तनाव पनि थपिन्छ ।
समाधान कसरी त ?
मैले थुप्रै उत्तरप पुस्तिका जाँच गर्दा यस्ता त्रुटिहरु भेटेको छु । खासगरी प्लस दु देखि डिग्रीसम्मका विद्यार्थीले पढ्न भन्दा पनि लेख्न नसकेकाले अनुत्तीर्ण हुनुपरेको छ । यसका लागि दुईओटा कुरामा ध्यान दिनुपर्छ ।
पहिलो कुरा विद्यार्थीलाई लेख्न सिकाउने लेखिदिने होइन । विद्यार्थीलाई पढाइसकेपछि त्यसको उत्तर कसरी लेख्ने भनेर नमूना सिकाइ दिनुपर्छ । अनि त्यसका लागि दैनिक पिरियडहरुमा छलफल गराउनुपर्छ । शिक्षकले ४५ मिनेट पढाउँछ भने ५ देखि १० मिनेट लेख्न मात्र सिकाउनुपर्छ । किनकी विद्यार्थीले पढेको कुरा नलेखेसम्म पास हुँदैन भन्ने पहिलो कुरा शिक्षकले नै बुझ्न जरुरी छ । यहाँ मुख्य कुरा शिक्षकले ह्वाइटबोर्डमा नोट लेखिदिने समस्या मुख्य देखिन्छ । नोट पूर्णरुपमा बन्द गर्नुपर्छ । र विद्यार्थीलाई व्यवहारिक रुपमा पढाएर उनीहरुलाई लेख्न दिनुपर्छ । र लेखेको कुरा सच्याइदिने शिक्षकले हो ।
अर्कोकुरा भनेको विद्यार्थीलाई प्राविधिक ज्ञान पटक्कै छैन । अहिले पनि स्नातक र स्नातकोत्तर पढ्ने विद्यार्थी र उसले दिने परीक्षाको उत्तरपुस्तिका हेर्न लायक छैन । सिम्बोल नं. लेख्नै जानेको छैन, उत्तर लेख्दा कसरी शुरु गर्ने, कतिसम्म लेख्ने, कुन कुरा लेख्ने भनेर पनि सिकाइएको छैन । यो शिक्षाको दुर्दशा हो । त्यसैले विद्यार्थीले पढेको कुरा र पढाइएको कुरा स्पष्टसंग लेख्ने गरी हरेक स्कुल र क्याम्पसले एउटा छुट्टै लेखन सम्बन्धिका कक्षाहरु सञ्चालन गर्न जरुरी छ ।
उत्कृष्ट लेखाईसँगै शिक्षाको गुणस्तर कसरी बढाउने ?
अहिले पनि हाम्रो शिक्षा एकादेशको कथाजस्तै छ । यो गुणस्तरीय र सीपयुक्त छँदै छैन । चासो पनि कसैले दिएको छैन । मुख्यतः विद्यार्थीको लेखन शैली र त्यसको व्यवहारिक प्रयोग गरेमा शिक्षामा हामी धेरै फड्को मार्न सक्छौं । पहिलो कुरा विद्यार्थीलाई पढ्न र पढाउन बोझ नभइ खेल खेलेजस्तो गर्नुपर्छ । उनीहरुका धेरै प्रश्नका उत्तरहरु कपषा कोठामा दिएपछि उनीहरु खेल खेले जसरी पढ्छन् र पास पनि हुन्छन् । त्यसैले पहिलो कुरा शिक्षकलाई रचनात्मक ढंगले पढाउन लगाउनुपर्छ । यसका लागी उनीहरुलाई विभिन्न, छलफल, तालिम र गोष्ठीमा सहभागी गराउनुपर्छ ।
दोश्रो कुरा विद्यार्थी अनि शिक्षकको काम लेख्ने र पढ्ने मात्र होइन । समसामयिक विषय र समस्याको समाधानका बारेमा पनि कक्षाकोठामा छलफल हुन जरुरी छ । यसले रचनात्मक विकासमा सघाउ पुर्याउँछ । यसबाट विद्यार्थी र शिक्षकले कुनै समस्याको समाधान कसरी गर्ने बारेमा आफैँबाट समाधान निकाल्न सक्छन् । यसका लागी हाम्रो कपषा कोठाहरुमा प्राविधिक र व्यावहारिक ज्ञान दिन जरुरी छ । त्यो लेख्न र कसरी पढ्ने भन्नेबारेमा ।
शिक्षा राजनीति कम र सामाजिक तथा आर्थिक मुद्दा ज्यादा हो । शिक्षालाई राजनीतिक रुपमा नजोडौं । शिक्षालाई विशुद्ध एउटा दक्ष जनशक्ति उत्पादन गर्ने मेशिनका रुपमा लिन सिकौं । मेसिनको एउटा सानो किला उक्यो भने पनि चल्दैन । त्यसैले शिक्षालाई सबैले पूरा गरौं । भाग बण्डाको राजनीतिक थलोका रुपमा नलिऔं । यति गरेपछि हाम्रो शिक्षालाई व्यवहारिक, वास्तविक र दैनिकीसँग जोड्न मिल्नेगरी बनाउन सक्छौं ।

प्रकाशित मिति: कार्तिक १४ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

  • सुनदेखि गाडीसम्म प्रमाण नै नहुने वस्तुमा लगानी बढ्दो

    नेपालमा वि.सं. २०२२ सालमा सुन प्रतितोला ८० रुपैयाँ रहेको पाका बुढापाका बताउँछन् । त्यतिबेला चाँदी त बिक्री नै नहुने उनीहरुको भनाइ छ । २०८२...

    • १७ घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • सहकारीले बिल्लीबाठ

    ‘टोल टोलमा सहकारी, घर घरमा धानको भकारी’ भनेर सरकारले सहकारी दर्ताका लागि प्रोत्साहन गर्यो । सहकारीलाई अर्थतन्त्रको तीन खम्बा भनियो । देशमा ३५ हजार...

    • ७ दिन अगाडी
    • ६ मिनेट पाठ
  • चाडपर्वको उमङ्गसँगै विद्यार्थीले एक महिने बिदाको सदुपयोग कसरी गर्ने ?

    नेपाली समाज विविध धर्म, संस्कृति, परम्परा र संस्कारले समृद्ध छ । हाम्रा चाडपर्वहरू मनोरञ्जन र खुसी साटासाट गर्ने अवसर मात्र नभई पारिवारिक आत्मीयता, सामाजिक...

    • २ हप्ता अगाडी
    • ४ मिनेट पाठ
  • ‘देखावटी र मौसमी अनुगमन’ पनि भएन यसपटक

    नेपालीको महान् चाड दशैं ढोकैमा छ । तर, यो दशैंमा पनि बजारमा सरकारको शून्यता देखियो । विगतमा दशैं आउँदा मात्र बजारमा सरकार देखिन्थ्यो ।...

    • ३ हप्ता अगाडी
    • ६ मिनेट पाठ
  • कोशी प्रदेशबाट १८ विद्यालय छानिए

    धरानः दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर कार्यान्वयनमा ल्याइएको बेला सो योजनाका लागि कोशी प्रदेशका १८ वटा विद्यालय छनोटमा परेका...

    • ३ हप्ता अगाडी
    • २ मिनेट पाठ
  • विद्यार्थीले देखाए पेट्रोल र ब्याट्री दुवैबाट कुदने मोटरसाइलकल

    धरानः मनमोहन प्राविधिक विश्वविद्यालयको आंगिक शिक्षालय मनमोहन पोलिटेक्निकका विद्यार्थीहरुले आफूले निर्माण गरेका विभिन्न प्राविधिक परियोजनाहरू प्रदर्शन गरेका छन् । पोलिटेक्निकको सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रिक एण्ड इलेक्ट्रिोनिक्स,...

    • ३ हप्ता अगाडी
    • ३ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend