Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बालबालिकालाई स्कुल जाऔं, जाऔं बनाउन सकिन्छ !

हाम्रो कोशी आवाज
मंसिर १० २०७८, शुक्रबार
बालबालिकालाई स्कुल जाऔं, जाऔं बनाउन सकिन्छ !

सामान्यतया ३ देखि ६ उमेर समूहका बालबालिकालाई खेलौनाका माध्यमबाट खेल खेलाउँदै सिकाउने पद्धतिलाई मन्टेश्वरी शिक्षा पद्धति भनिन्छ । मारिया मन्टेश्वरीले सुरुवात गरेको यो शिक्षण पद्धति अहिले संसारभर लोकप्रिय भएको छ । मन्टेश्वरी शिक्षाले विद्यार्थीको चौतर्फी विकासमा सहयोग पुग्छ । यस पद्दतिमा विद्यार्थीलाई पढाउने भन्दा पनि उनीहरुको क्षमता पहिचान गरी सोही अनुसार सिकाइको पद्धति अपनाउने हो । यसले विद्यार्थीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन सहयोगी बन्छ साथै विद्यार्थीमा शैक्षिक उपलब्धिको साटो प्रत्येक बालबालिकामा उत्प्रेरण जगाउने काम गर्छ ।
रमाइलो वातावरण, रंगीचंगी संरचना, खेलमय संसार, कोठा हेर्दा पार्कजस्तो यो परिदृश्य कार्टुन संसारको नभै अहिले बालबालिकाहरूका लागि खुलेका प्रि–स्कुलको हो । हेर्दा निकै रमाइलो तथा बालबालिकाहरूका लागि पर्याप्त खेल सामग्री ती प्रि प्राइमरी स्कुलका विशेषता हुन् । यस्ता स्कुलमा बालबालिकाहरूलाई पिटेर वा घोकाएर होइन कुनै पनि विषयसँगको परिचय तथा त्यसको विश्लेषणबाट ज्ञान प्रदान गरिन्छ जुन उनीहरूका लागि महत्त्वपूर्ण हुन्छ । बालबालिकाहरूलाई विभिन्न थिमका आधारमा विभिन्न विषयका सम्बन्धमा जानकारी दिइन्छ । यसरी दिइएको शिक्षाका कारण उनीहरूले आफूले सिकेका कुरा कहिल्यै बिर्सदैनन् । यसबाट उनीहरू हरेक विषयमा जानकार हुन्छन् ।
१८ महिनादेखिका बालबालिकाहरू प्रि–स्कुलमा भर्ना हुन सक्छन् । स्कुलमा उनीहरूको हेरचाह, तालिम तथा खानपानमा निकै ध्यान दिइन्छ । अहिले नेपालको परिप्रेक्ष्यमा विभिन्न पाठ्यक्रममा अध्यापन गराइन्छ । यी पाठ्यक्रमले बालबालिकाहरूको चौतर्फी विकास गर्ने तथा उनीहरूलाई सिर्जनशील, जिज्ञासु एवं विश्लेषक बनाउने कुरामा हरेक स्कुल विश्वस्त छन् । अहिले बालबालिकाहरूमा करले होइन रहरले पढ्ने बानी बसाल्नुपर्छ भन्ने मान्यताको विकास भएको छ । स्कुलको संरचना पनि बालबालिकाहरूले मन पराउने गरी निर्माण गरिन्छ । हरेक कक्षामा शिक्षकलगायत उनीहरूको हेरचाहका लागि सिस्टरहरू कार्यरत हुन्छन् । शिक्षकहरूले आप्mना नानीहरूलाई हप्काएर होइन माया गरेर पढाउँछन् । यस्तो शिक्षाले उनीहरूको भावना बुझ्ने प्रयास गर्छ । शिक्षण सिकाइ कार्यविधि बालबालिकाहरूको जग बलियो बनाउनेतर्फ केन्द्रित हुन्छ । त्यसैले यस्तो शिक्षा हरेक बालबालिकाका लागि उपयोगी र महत्वपूर्ण छ ।

बालबालिकाहरुलाई म पनि स्कुल जान्छु भन्ने बनाउन सकिन्छ । मन्टेश्वरी शिक्षा प्रणालीमा कलिला बालबालिकाको हुर्कदै गरेको मस्तिष्कलाई मलजल गर्ने र ज्ञान भर्ने प्रयास गरिन्छ । मन्टेश्वरी भर्खरै रोपेको विरुवा हुर्काउनु जस्तै हो, जसरी विरुवालाई राम्रो रुख बनाउन विशेष किसिमको स्याहार चाहिन्छ, त्यस्तै असर र क्षमतावान् नागरिक तयार गर्न पूर्वबाल्यावस्था विशेष शिक्षण विधिको महत्व छ । विरुवा ठूलो भएपछि आप्mनो केयर उसले आफै गर्न जाने जस्तै पूर्व प्राथमिकता विशेष शिक्षाले पनि असल र व्यावहारिक नागरिक बनाउन मद्दत पुग्छ ।
सिकाइको प्रक्रिया खेलकुदका विभिन्न माध्यम सामग्रीद्वारा पूरा गरिन्छ । यो खेल्दै सिक्दै गर्ने ठाउँ पनि हो । मन्टेश्वरीमा विद्यार्थीलाई खेलौनाको माध्यमबाट क्षमता पहिचान गरी सिकाइन्छ । यसमा लेगो ब्लक्स, तथा विभिन्न चित्रहरुका टुक्राहरु दिइन्छ र उनीहरुलई जोड्न लगाइन्छ । यसरी विद्यार्थीले कसरी चित्रहरुलाई सही क्रमअनुसार जोड्न सक्छ भनी हेरिन्छ । र विद्यार्थीले उक्त चित्रलाई कसरी कुन आकार दिन्छ भन्ने पनि हेरिन्छ । यी सबैको पछाडिको कारण बालबालिकालाई खेलकको माध्यमबाट सिकाउनु नै हो । यसको महत्वपूर्ण पक्ष भनेको ३ वर्षदेखि ६ वर्षम्म उमेरका बालबालिकालाई एकै ठाउँमा राखेर सिकाउने नै हो । जहाँ साना बालबालिकाले ठूला उमेर समूहमा बालबालिकालाई हेरेर सिक्र्न मौका पाउँछन् ।

मन्टेश्वरी शिक्षण विधि, बालबालिकालाई मनोरञ्जनात्मक वातावरणमा शिक्षा दिने विधि हो । मनोरञ्जनात्मक, सृजनात्मक र प्रयोगात्मक मानिने मन्टेश्वरी शिक्षा पछिल्लो समयमा प्रभावकारी मान्दै आइएको छ । लर्निङ विथ प्लेइङ सिद्धान्तमा आधारित रहेकाले नै यो विधि प्रभावकारी मानिएको हो । मन्टेश्वरी शिक्षा बालबालिकाले खेल्दाखेल्दै आफै ज्ञान बटुल्ने शिक्षण विधि रहेको छ । मन्टेश्वरीमा बालबालिकाको मनोविज्ञान बुझेर प्रत्येक विद्यार्थीको क्षमता पहिचान गरी अध्यापन गराइन्छ । मन्टेश्वरी पद्धतिअनुसार बालबालिकाले स्वतन्त्र रुपमा आफ्नै अनुभवबाट शिक्षा ग्रहण गर्छन् । बालबालिका कक्षामा अतिरिक्त क्रियाकलाप योगा, संगीत, नृत्यमा सहभागी हुन्छन् र हेरेर, छोएर, महसुुुुस गरेर शिक्षा हासिल गर्छन् ।
संगीत–कक्षा, मिदास कक्षा, नृत्य कक्षा यस्ता विभिन्न अतिरिक्त क्रियाकलापहरुले नै बालबालिकालाई पढौं केही गरौं जस्तो लाग्छ । यहा“ बालबालिकालाई सिर्जनात्मक र रचनात्मक बनाउन बढी प्रयोगात्मक रुपमा सिकाइन्छ । व्यक्तित्व विकास, बौद्धिक विकास, शारीरिक विकासमा पनि जोड दिँदै आएका छौं । यस शिक्षामा विद्यार्थीलाई कुनै डर, त्रास विना स्वतन्त्ररुपमा सिक्ने अवसर मिलाइन्छ । बालबालिकाको मानसिक, शारीरिक विकाससँगै उसले बोल्ने भाषा, संस्कृति, बानी आदिको व्यवस्थापन यस शिक्षामा हुन्छ । साढे २ वर्षको उमेरदेखि फरक समुदाय, भाषा, संस्कृति, आथिक, शैक्षिक, पारिवारिक पृष्ठभूमि बालबालिकालाई एकै थलोमा राखेर आपसी सुझाव स्नेह, आदर, सहयोग धैर्य शिष्टाचार जस्तो सामाजिक पाठ सिकाइन्छ । –प्रिन्सिपल, मन्टेश्वरी किन्डर गार्टेन, धरान-१६

प्रकाशित मिति: मंसिर १० २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend