उदयपुरको मैनामैनी छेऊमा बाटैमा जनगणनामा सहभागीहरु ।
नेपालमा हरेक १०–१० वर्षमा हुने गरेको राष्ट्रिय जनगणनाको १२ औं श्रृङ्खला हालै सम्पन्न भएको छ । स्मरणीय छ, नेपालमा विसं १९६८ देखि देशभरको जनगणना गर्न सुरु गरेको मानिन्छ । त्यसअघि जंगबहादुर राणाको पालामै पनि जनगणाना गर्नेगरेको तथ्यांक रहेको भए तापनि उनको पालामा काठमाडौ खाल्डो (तत्कालीन समयमा नेपाल भनी चिनिने) र पश्चिमका केही गौडासम्म जनगणना भएको तथ्यांक रहेको देखिन्छ । नेपालमा भएका जनगणनाका कुनै पनि तथ्यांकलाई भर पर्दो मान्ने गरिएको छैन । नेपालको जनगणनाको तथ्यांक भर पर्दो छैन भन्ने भनाइ रहनुमा अनेक कारणहरु छन् । त्यतातर्पm अहिले नजाऔं । यो लेखमा विसं २०४८, ०५८ र ०६८ देखिको जनगणनामा औं १० औं ठूलो संख्यामा रहेको एक जाति ‘राई’ बारे अब किन घट्दैछ ? सो बारे केही उल्लेख गर्दैछु ।
विसं २०४८ मा भएको ९ औं जनगणनामा राईको जनसंख्या ५,२५,५५१ (पाँच लाख २५ हजार पाँचसय १) रहेको थियो । त्यस्तै, विसं २०५८ को १० औं जनगणनामा राईको जनसंख्या ६,३५,१५१ (६ लाख ३५ हजार एकसय एक) र विसं २०६८ को ११ औं जनगणनामा राईको जनसंख्या ६,२०,००४ (६ लाख बीसहजार चार) रहेको छ ।
तथ्यांक स्रोतः केन्द्रीय तथ्यांक विभाग ।
यसरी हेर्दा विसं २०४८ र विसं २०५८ मा स्वाभाविक रुपमा देशको जनसंख्या दर बढेको जो छ, त्यसरी नै राईको जनसंख्या बढेन, विसं २०६८ मा । उल्टै लगभग १५ हजार घटेर ६,२०,००४ (६ लाख बीसहजार चार) मा झरयो । किन त्यस्तो भयो ? नेपालका जनसंख्याविद र स्वयम् राई जाति हो भन्नेहरुको संस्था यायोक्खाका प्रमुख (अगुवा) हरुले पनि कहिल्यै चुँ…सम्म गरेनन्, बोलेनन, मुख खोलेनन् । जबकि, विसं २०४८ र विसं २०५८ मा जस्तै राईको जनसंख्या स्वाभाविक रुपमा बढ्दै गएको भए विसं २०६८ को जनगणनामा राईको जनसंख्या कम्तिमा पनि ६,०९,००० (६,९५,००० देखि ७,०५,०००–७,०८,०००–१०,००० (छलाख नब्बेहजार पन्चानब्बेहजार देखि सात लाख पाँच (सात हजार, सात लाख आठ(दश हजार) सम्म पुग्नुपर्ने थियो । किन यसरी अस्वाभाविक रुपमा राईको जनसंख्या घट्यो त ?
किनभने, विसं २०४८ र विसं २०५८ को तुलनमा विसं २०६८ मा राईको जनसंख्या घट्नुको मुख्य कारणमा विसं २०६८ अघिको जनगणनासम्म राई भन्दै, लेख्दै आएका कुलुङ, नाछिरिङ, याम्फु, चाम्लिङ, आठपहरिया, बान्तावा, थुलुङ, मेवाहाङ, बाहिङ, साम्पाङ, खालिङ, लोहोरुङ गरी १२ वटा किराती महाजातिभित्र (खम्बुहो र मेवाहाङ) का सन्तानहरुले जातिको महलमा ‘राई’ नलेखेर जातिको महलमा थोरै संख्याले भए पनि ‘कुलुङ, नाछिरिङ, याम्फु, चाम्लिङ, आठपहरिया, बान्तावा, थुलुङ, मेवाहाङ, बाहिङ, साम्पाङ, खालिङ, लोहोरुङ’ भनी लेखे ।
धेरै जसोले त ‘कुलुङ राई, नाछिरिङ राई, याम्फु राई, चाम्लिङ राई, आठपहरिया राई, बान्तावा राई, थुलुङ राई, मेवाहाङ राई, बाहिङ राई, साम्पाङ राई, खालिङ राई, लोहोरुङ राई’ लेखे । जसले गर्दा शुद्ध रुपमा ‘कुलुङ लेख्नेको जनसंख्या २८ हजार ६१३, नाछिरिङ लेख्नेको जनसंख्या ७ हजार १५४, याम्फु लेख्नेको जनसंख्या ६ हजार ९३३, चाम्लिङ लेख्नेको जनसंख्या ६ हजार ६६८, आठपहरिया लेख्नेको जनसंख्या ५ हजार ९७७, बान्तावा लेख्नेको जनसंख्या ४ हजार ६०४, थुलुङ लेख्नेको जनसंख्या ३ हजार ५३५, मेवाहाङ लेख्नेको जनसंख्या ३ हजार १००, बाहिङ लेख्नेको जनसंख्या ३ हजार ९६, साम्पाङ लेख्नेको जनसंख्या १ हजार ६८१, खालिङ लेख्नेको जनसंख्या १ हजार ५७१ र, लोहोरुङ’ लेख्नेको जनसंख्या १ हजार १५३ मात्रै आएको थियो । यसरी हेर्दा लगभग ७६ हजारको हाराहारीमा ‘राई’ को जनसंख्या घट्यो भने केही हजार राईहरु बेलायत, क्यानडा, अमेरिका, हङकङ, अष्ट्रेलिया, भारत, जर्मनी लगायत देशमा स्थाई रुपमा बसाईँ सरेर गए होलान् ? भन्न सकिन्छ, गएको देखिन्छ ।
खम्बुहोका सन्तानहरुमध्ये केहीले जस्तै ‘दुमी, कोयु, पुमा, तिलुङ, चौरासे (वाम्बुले), छिलिङ’ आदिले विसं २०६८ को जनगणनामा ‘राई’ मात्रै लेखे अथवा ‘कोयु राई, पुमा राई, तिलुङ राई, छिलिङ राई, चौरासे (वाम्बुले) राई’ लेखे । फलतः विसं २०६८ को जनगणनामा उनीहरुको छुट्टै जातिगत तथ्यांक आएन ।
१२ औं जनगणनामा मा के हुन्छ ?
सबैको (खासगरी राई जातै हो भन्नेहरु र, राई जात होइन भन्नेहरुबीच) ठूलो चासो छ, हालै सम्पन्न भएको १२ औं राष्ट्रिय जनगणनामा राईको अवस्था के हुन्छ ? किनभने, विसं २०६८ को ११ औं जनगणनाअघि ‘राई’ वा ‘कुलुङ राई’ लेख्दै आएका किराती महाजातिभित्रका ‘कुलुङ, नाछिरिङ, याम्फु, चाम्लिङ, आठपहरिया, बान्तावा, थुलुङ, मेवाहाङ, बाहिङ, साम्पाङ, खालिङ, लोहोरुङ’ जातिले यस पटकको १२ औं जनगणनामा अलग–अलग्ग जातिगत र भाषागत कोड पाएका थिए । जस्तै ‘कुलुङ जातिले पाएको जातिगत कोड ६२ र भाषागत कोड २९ रहेको थियो ।
त्यसैले हालै सम्पन्न १२ औं जनगणनामा राईको जनसंख्या ३५–४० प्रतिशतदेखि माथि जत्ति पनि घट्न सक्ने देखिन्छ । किनभने, धेरैले विगतदेखि नै भन्दै आएको, चिन्दै आएको ‘राई’ को ‘मायामोह’ त्याग्न नसकेर जातिको महलमा ‘कुलुङ’ वा ‘राई’ मात्रै नलेखेर ‘कुलुङ राई, नाछिरिङ राई, याम्फु राई, चाम्लिङ राई, आठपहरिया राई, बान्तावा राई, थुलुङ राई, मेवाहाङ राई, बाहिङ राई, साम्पाङ राई, खालिङ राई, लोहोरुङ राई, कोयु राई, पुमा राई, तिलुङ राई, चौरासे (वाम्बुले) राई, छिलिङ राई’ आदि लेखेका छन् । हुनपनि यसपटक राईको अलग्गै जातिगत कोड रहेको थियो भने, ‘कुलुङ राई, नाछिरिङ राई, याम्फु राई, चाम्लिङ राई, आठपहरिया राई, बान्तावा राई, थुलुङ राई, मेवाहाङ राई, बाहिङ राई, साम्पाङ राई, खालिङ राई, लोहोरुङ राई, कोयु राई, पुमा राई, तिलुङ राई, चौरासे (वाम्बुले) भनेर लेख्नेहरुका लागि अलग्गै जातिगत कोड थिएन । त्यसो भएपछि ‘कुलुङ’ वा ‘राई’ मात्रै नलेखेर ‘कुलुङ राई, नाछिरिङ राई, याम्फु राई, चाम्लिङ राई, आठपहरिया राई, बान्तावा राई, थुलुङ राई, मेवाहाङ राई, बाहिङ राई, साम्पाङ राई, खालिङ राई, लोहोरुङ राई, कोयु राई, पुमा राई, तिलुङ राई, चौरासे (वाम्बुले) राई, छिलिङ राई’ आदि लेख्नेहरुको जनसंख्याको गणना अन्यमा जान्छ ।
यसमा राई जातिको नाममा खुलेको संस्था (एनजिओ) जुन संस्था, संस्था दर्ता ऐन २०३४ अन्तर्गत दर्ता भएको र, राईको आफ्नै मातृभाषा नभएको गर्दा सो संस्थाको नाम बान्तावा जातिको भाषामा ‘यायोक्खा’ राखिएको छ । सो संस्थाका अगुवाहरुले १२ औं जनगणनामा ठूलो ब्लन्डर गरे, भुईँ तहका किराती महाजातिका समुदायमा भ्रम छरे । जसले गर्दा भुईँ तहका किराती महाजातिका जनताहरुले न राई मात्रै लेखे, न त कुलुङ , तिलुङ, याम्फु, चाम्लिङ, आठपहरिया, बान्तावा, थुलुङ, मेवाहाङ, बाहिङ आदि मात्रै लेखे । धेरैले कुलुङ राई, नाछिरिङ राई, याम्फु राई, चाम्लिङ राई, आठपहरिया राई, बान्तावा राई, थुलुङ राई, मेवाहाङ राई, बाहिङ राई आदि लेखे ।
धेरै ढिलागरी राई ‘यायोक्खा’का अगुवाहरुले विभिन्न व्यक्तित्वहरु जस्तै ‘राजेश पायल राई गायक, दयाहाङ राई अभिनय क्षेत्रका कलाकार, राजन मुकारुङ साहित्यकार, अशोक राई र टंक राई राजनीतिक दलका नेता लगायतलाई प्रयोग गरे, भए, जातिमा राई लेखौं, लेखाऔं भनेर । त्यसो त धेरै जसो जनमानसले गायक, अभिनय क्षेत्रका कलाकार, साहित्यकार, राजनैतिक दलका नेता आदि भनेको एक वर्ग, समूह र जातको मात्रै नभएर समग्र देशकै…भएकाले उनीहरु त्यसरी एकतर्फी रुपमा राई जातै हो भन्ने एक वर्ग, समूह र जातको मात्रै प्रचारप्रसारमा लाग्नु हुँदैनथ्यो, प्रयोग हुनु हुँदैनथ्यो भन्ने ठूलो जनमत अभिव्यक्त भएको थियो ।
तथापि तेस्रो अन्तर्राष्ट्रिय राई सम्मेलन (२७–२९ कात्तिक, २०७८) को दोस्रो दिन बन्द सत्रमा ‘राईको संख्या असाध्यै घट्ने भो’ भनेर सबैले चिन्ता व्यक्त गरे अरे । तर किन र कसरी राईको जनसंख्या त्यसरी असाध्यै घट्ने भो त ? भन्ने बारेमा भने कसैले पनि चुँ…., गरेरनन् अरे, भन्ने सूचना बाहिरिएको छ ।
तथ्यांक हेर्ने हो भने, विसं २०६८ को जनगणनामा शुद्ध रुपमा ‘कुलुङ लेख्नेको जनसंख्या २८ हजार ६१३, नाछिरिङ लेख्नेकोलेख्नेको जनसंख्या २८ हजार ६१३, नाछिरिङ लेख्नेको जनसंख्या ७ हजार १५४, याम्फु लेख्नेको जनसंख्या ६ हजार ९३३, चाम्लिङ लेख्नेको जनसंख्या ६ हजार ६६८, आठपहरिया लेख्नेको जनसंख्या ५ हजार ९७७, बान्तावा लेख्लनेको जनसंख्या ४ हजार ६०४, थुलुङ लेख्नेको जनसंख्या ३ हजार ५३५, मेवाहाङ लेख्नेको जनसंख्या ३ हजार १००, बाहिङ लेख्नेको जनसंख्या ३ हजार ९६, साम्पाङ लेख्नेको जनसंख्या १ हजार ६८१, खालिङ लेख्नेको जनसंख्या १ हजार ५७१, लोहोरुङ’ लेख्नेको जनसंख्या १ हजार १५३ मात्रै आएको थियो । यस पटकको जनगणनामाचाहिँ कुलुङ, नाछिरिङ, याम्फु, चाम्लिङ, आठपहरिया, बान्तावा, थुलुङ, मेवाहाङ, बाहिङ, साम्पाङ, खालिङ, लोहोरुङको जनसंख्या अरु बढ्ने अपेक्षा गरिएको छ । हेरौं, के हुन्छ । किनभने, लगभग ४÷५ महिनासम्ममा जनगणनाको प्रारम्भिक तथ्याङ्क आउने नै छ । (लेखकको निजी विचारमा आधारित)
ninamkirat123@gmail.com