Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कमल थापालाई हराउँदै राजेन्द्र लिङ्देन विजयी

हाम्रो कोशी आवाज
मंसिर १९ २०७८, आइतबार
कमल थापालाई हराउँदै राजेन्द्र लिङ्देन विजयी

धरानः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी बने । प्रत्यासी कमल थापालाई हराउँदै उनी अध्यक्षमा विजयी बनेका हुन्। तर, पदाधिकारीमा थापाको वर्चश्व भएको छ ।
परिणामअनुसार उपाध्यक्ष र महामन्त्रीमा थापा पक्षधर उम्मेदवारहरु विजयी भएका छन् ।
खुल्ला उपाध्यक्षमा विक्रम पाण्डे सर्वाधिक मत ल्याए । उनले २५२१ भोट पाए। थापा प्यानलबाट उठेका बुद्धिमान तामाङ १९४४ मत, ध्रुवबहादुर प्रधान १८१४ भोट ल्याएर विजयी भएका छन् ।
महिला उपाध्यक्षमा थापा प्यानलकै रोशन कार्की १६८९ भोट ल्याएर विजयी भएकी छन् ।
महामन्त्रीको प्रतिस्पर्धामा लिङदेन पक्षका धवलशम्शेर राणाले २२२१ भोट ल्याए । यो महामन्त्रीको सर्वाधिक मत हो । थापा पक्षकै भुवन पाठकले १८०५ भोट ल्याएर विजयी भए।
महिला महामन्त्रीतर्फ थापा समूहकी कुन्ती शाही विजयी भइन् । उनले २००८ मत ल्याएकी छन् । महिला महामन्त्रीमा रेखा थापा पराजित भएकी छन् । उनल १६४० भोट ल्याइन् । यता थापाले अध्यक्षमा पराजित भएको दोष सीधै पूर्वराजा ज्ञानेन्द्र शाहमाथि थोपरेका छन्।
‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्वीकार गर्दछु’, थापाले भनेका छन्, ‘नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई बधाई तथा शुभकामना!’
थापाले आफूलाई शाही शासनका बेला सत्ताको बागडोर सुम्पिने ज्ञानेन्द्र शाहमाथि आक्रोश पोखेका छन्। उनले राप्रपाको चुनावमा निर्मल निवासमा बसेर शाहले हस्तक्षेप गरेको आरोप लगाएका छन्।
‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु’, उनले भनेका छन्, ‘बधाई छ ज्ञानेन्द्र शाह अनि धन्यवाद पनि। मैले राहत र उन्मुक्ति पाएको छु।’
उनले राप्रपा अध्यक्षमा हारेपछि सिंगो मुलुक गणतन्त्रमय हुँदा पनि शिरमा कफन बाँधेर राजसंस्था बोक्दै हिँडैको पुरस्कार पाएको पनि गुनासो गरेका छन्।
‘सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो’, उनले भनेका छन्, ‘उक्त एजेण्डाको मूल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्।’

प्रकाशित मिति: मंसिर १९ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend