Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अब लकडाउन नहोस्

हाम्रो कोशी आवाज
मंसिर २१ २०७८, मंगलबार
अब लकडाउन नहोस्

विश्वका विभिन्न मुलुकमा कोभिडको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । ओमिक्रोनले केही दिनमै विश्वका अधिकांश देशमा कब्जा गरिसकेको छ । हाम्रै छिमेकी राष्ट्र भारतमा पनि ओमिक्रोनको सङ्क्रमण देखापरयो । भारतमा ओमिक्रोन फैलिएको पत्तो पाउदा पनि हेलचेक्रयाइ गरेको हुनाले नेपालमा पनि ओमिक्रोनका सङ्क्रमित फेला परे । नेपालमा पनि दुईजनामा ओमिक्रोन पुष्टि भइसकेको छ । स्वास्थ्य मन्त्रालयले नै नेपालमा ओमिक्रोनको सङ्क्रमण देखिएको भनेर जानकारी गराएको थियो । कोभिडलाई हलुकारुपमा लिँदा नेपालमा हजारौंले ज्यान गुमाए ।
ओमिक्रोनलाई पनि नेपाल सरकार र जनताले साधारण रोगको रुपमा हेरेका छन् । जसले गर्दा कोरोना जस्तै दिन आउन बेर लाग्दैन् । ओमिक्रोनको रोकथामको लागि अझै पनि नाकाहरुमा कडाइ गरिएको छैन । नेपाल प्रवेश गर्ने सम्पूर्ण नाका खुला नै छन् । नाकामा हेल्थ डेस्कको व्यवस्था मिलाइएको छैन भने कोरोना परीक्षण त्यहाँ सम्भव छैन । भारत या अन्य मुलुकबाट नेपाल भित्रिनेहरु पनि स्वतन्त्ररुपमा घुमफिर गरिरहेको छन् । नाकाबाट भित्रिनेहरुको लागि क्वारेन्टाइन बनाइएको छैन ।
भारतमा ओमिक्रोन सङ्क्रमण देखापर्नेबित्तिकै नेपाल सरकारले नाकाहरुमा कडाइ गर्नुपर्ने हो । तर, त्यस्तो गरिएन । स्वास्थ्य मन्त्रालयले कोरोनाको नयाँ भेरिएन्टको जोखिमबारे पत्ता पाउँदापाउँदै पनि मौन बस्यो । जसको कारण नेपालमा पनि ओमिक्रोन सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयले जनतालाई बचाउनको लागि कुनै प्रभावकारी कदम चालेको छैन । ओमिक्रोनको सङ्क्रमणबाट देशका नागरिकलाई टाढा राख्नको लागि स्वास्थ्य मन्त्रालयले योजना समेत बनाएको छैन ।
अहिले पनि अन्तराष्ट्रियस्तरको उडान दैनिक भइरहेको छ । दैनिक सयौं मान्छेहरु नेपाल आउँछन् । तथापि, उनीहरुको कोरोना परीक्षण भएको छैन । न उनीहरुद्वारा कुनै स्वास्थ्य मापदण्ड पालना गरिएको छ । हवाइजहाजबाट नेपाल आउनेहरु सिधै आफ्नो घरतिर लागिरहेका छन् ।
यसले गर्दा ओमिक्रोनको जोखिम झनै बढ्दो छ । सरकारले हाल केही दिनको लागि अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाउन जरुरी देखिएको छ । यता, लामो दुरीका सवारी साधनहरु पनि सञ्चालनमा आइरहेका छन् । यिनीहरुलाई पनि हालको लागि स्थगित गर्नुपर्छ । ख्यालख्याल गर्दागर्दै नेपालमा पनि ओमिक्रोन देखापरयो । तर, कसैले पनि यसलाई गम्भीरतापूर्वक लिएका छैनन् । बजारमा एकदमै भीडभाड रहेको छ । अनावश्यकरुपमा टाइम पासको लागि घुमफिरमा निस्किने यात्रुहरु पनि उतिकै छन् ।
हरेक व्यापार व्यवसायीमा सर्वसाधारणहरुको चर्को भीड रहेको छ । अधिकांशले स्वास्थ्य मापदण्डको पालना गरेका छैनन् भने सामाजिक दुरीको कल्पना नगरौं । नाकमुख छोप्नको लागि प्रयोग हुने मास्क प्रायजसो चिउँडोमा समेत लगाएको देखिन्छ ।
साँझ परेपछि बजारको भीड झनै बढ्दो छ । त्यत्रो भीडबाट कोरोना नफैलिएला भन्न सकिन्नँ । सामान किन्न आएकाले मात्र नभई व्यापारीले समेत मास्क लगाएका छैनन् ।
त्यस्तै, सार्वजनिक यातायातमा भेडाबाख्रा कोचेझैं यात्रु हालेका छन् । खुट्टा टेक्ने ठाँउको अभाव भाँडाका गाडीमा यात्रा गर्नेलाई हुन्छ । त्यस्तो अवस्थामा कसरी कोरोनालाई ध्यानमा राख्ने ? भौतिक दुरी कसरी पालना गर्ने ?
गाडीको सहचालक ढोकैसम्म यात्रु हाल्न छोड्दैन । जनताले छानीछानी रोजेर चढ्नलाई गाडी छैन । भीडभाड भए नि सबैलाई जानै परेको छ । सार्वजनिक यातायातहरुमा बढी भीडभाड हुँदा पनि कोरोना फैलिने निश्चित देखिएको छ ।
यता, मठमन्दिरमा पनि श्रद्धालुहरुले कोरोना फैलाउन निकै महत्वपूर्ण भूमिका खेलेको छ । कोरोनाको जोखिम कायमै रहँदा खोलिएको मठमन्दिरले कोभिड सङ्क्रमणलाई बढावा दिएको छ । श्रद्धा गर्ने भन्दै स्वास्थ्य मापदण्डको पालना नगरी भक्तजनहरुले मठमन्दिरमा घुइँचो बढाएका छन् ।
रात्री व्यवसाय, सवारी साधन आदिमा भीड हुँदा पनि सरकारी अनुगमन छैन । सरकारले बैंक, फाइनान्सलगायतका वित्तीय संस्थाहरु पनि जोरविजोर प्रणाली लागू गरेर सञ्चालनमा ल्याउनुपर्छ । अहिले सबैभन्दा धेरै भीडभाड देखिएको पनि वित्तीय संस्थामै हो । वित्तीय संस्थाका अधिकांश कामकाज घरबाटै काम गर्न सिस्टम ल्याउनुपर्छ । भाटभटेनी, सेल्सबेरी तथा अन्य सुपरमार्केटले पनि स्वास्थ्य मापदण्डलाई उल्लङघन गरेर आफ्नो व्यवसायी चलाइरहेको छन् । दैनिक खरिददारी गर्न जानेहरुको भीड यस्ता सुपरमार्केटमा अत्याधिक छन् ।
यता, विद्यालयहरुमा पनि कोरोनालाई निकै नै ख्यालख्याल गरिएको छ । स–साना विद्यार्थीले नबुझे पनि ठूलाले नै हेलचेक्रयाइँ गरिरहेका छन् । विद्यालयहरुमा भोतिक दुरी झनै असम्भवजस्तै भएको छ । ठूलाभन्दा पनि साना बढी कोरोनाको जोखिममा परेका छन् ।
विद्यालय प्रशासनले सम्पूर्ण मापदण्ड पालना गर्ने सर्तमा विद्यालय खोलेपनि त्यसको कार्यान्वयन भएन । देशका विभिन्न स्थानमा सञ्चालित तरकारी बजारहरुमा पनि मानिसहरुको निकै चाप रहेको छ । यी तरकारी बजारहरुमा दैनिक लाखौ सर्वसाधारणहरुको ओहोरदोहोर हुने गर्दछ । एकजनालाई लागेको कोरोना यहाँबाट हजारौंमा सल्किने त्रास रहँदै आएको छ । अब मास्क नलगाउनेलाई कैद र जरिवाना तोकिदिनुपर्छ । अहिले विभिन्न राजनितिक पार्टीहरुको महाधिवेशन चलिरहेको छ । सबै पार्टीहरुले हजारौंको संख्यामा मानिस भेला गरेर महाधिवेशन गरेका छन् । के जनताभन्दा ठूलो महाधिवेशन हो ?
हालै मात्र एमाले र राप्रपाको महाधिवेशन सिद्दियो । नेपाली कांग्रेसको महाधिवेशन पनि नजिकिँदैछ । तर, कोरोनाको जोखिम बढेको छ । त्यसैले हाल महाधिवेशनलाई बढावा नदिनु नै बेस हुन्छ । अहिले कांग्रेसकै सरकार चलिरहेको छ । कांग्रेसले आफ्नो सरकार चलिरहेको बेला महाधिवेशन गरेर कोरोना फैलाएर जनता मारिदिने ? कि त जनता बचाउनतर्फ सरकार अघि बढ्ने ? यो प्रश्न प्रधानमन्त्री शेरबहादुर देउवालाई । अब के गर्दा ठीक होला यो प्रधानमन्त्रीले नै सोच्नुपर्ने छ । नेपालको तीन करोड जनताको जिम्मा प्रधानमन्त्री देउवाको काँधमा छ ।
संक्रमित बढ्न थालेपछि नेपालमा लकडाउन अर्थात् निषेधाज्ञा हुँदै आएको अवगत नै छ । अब नेपालमा यस्तो नहोस् । किनभने लकडाउनकै कारण धेरै जनताको गाँस खोसियो, कतिको त बास नै खोसियो । अबदेखि लकडाउन नहोस् भन्नका लागि शुरुमै सरकार, जनता नै सचेत बन्नु जरुरी छ । सरकारले पनि सीमा नाकालगायत अन्यमा कडाइ गर्ने, नेपाल प्रवेशमा रोक लगाउने आदि कार्य गर्न थालिहाल्नुपर्छ । यस्तै, जनताले पनि सचेत बन्दै स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न थालिहाल्नुपर्छ ।
(अनुषा पत्रकारिता विषयमा अध्ययनरत् छिन् ।)

प्रकाशित मिति: मंसिर २१ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • ९ घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ
  • हामी १२ वर्षमा प्रवेश

    धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ
  • कथा: धुवाँले निलेको सपना

    -तोमनाथ उप्रेती मोरङको दक्षिणी भेग, रतुवामाई नगरपालिका महादेवाको बिहानको आफ्नै सुगन्ध थियो। असारको वर्षापछि धानका बोटहरूमा टल्किने शीतका थोपा मोतीझैँ देखिन्थे। पूर्वबाट उठेको घामको सुनौलो...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend