Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

केहीदिनभित्रै १२ देखि १८ वर्ष उमेरका बालबालिकालाई स्कुलमा खोप लगाइने

हाम्रो कोशी आवाज
मंसिर २२ २०७८, बुधबार
केहीदिनभित्रै १२ देखि १८ वर्ष उमेरका बालबालिकालाई स्कुलमा खोप लगाइने

धरानः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिकालाई कोरोना विरुद्धको खोप लगाउने तयारी थालेको छ । डा. विवेक कुमार लालले सरकारले केहि दिनभित्रै बालबालिकालाई कोरोना विरुद्धको खोप लगाउने तयारी थालेको जानकारी दिएका हुन् ।
उनले भने, निकट भविष्यमा नै हामीसँग १२ देखि १८ वर्षसम्मका बालबालिकालाई लगाउनका लागि दुई प्रकारको खोपहरु आउँदैछ । जुन फाइजर र मोर्डनाको खोप रहेको छ ।’ यी दुबै खोप केहि दिनभित्रै बालबालिकालाई समेट्ने गरेर विद्यालयमा नै खोप लगाइने उनले जानकारी दिए ।
साथै उनले गर्भवति महिलाहरुलाई पनि खोप दिन थालिएकोले खोप केन्द्रमा गएर खोप लगाउन आग्रह गरे ।

प्रकाशित मिति: मंसिर २२ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend