Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘एकपटक यसैपटक’ भन्दै शेखरले थाले प्रचार

हाम्रो कोशी आवाज
मंसिर २३ २०७८, बिहिबार
‘एकपटक यसैपटक’ भन्दै शेखरले थाले प्रचार

धरानः नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले १४औं महाधिवेशनमा सभापतिका लागि प्रचार सुर गरेका छन् । संस्थापन इतर समूहमा सभापतिको साझा उम्मेदवार तय गर्न सकस भइरहेका बेला कोइराला बिहीबार अपराह्नदेखि सामाजिक सञ्जालमा ‘एक पटक यसै पटक’ भन्दै प्रचार अभियान छेडेका छन् ।
संस्थापन इतर समूहमा रामचन्द्र पौडेल, प्रकाशमान सिंह र शेखर सभापतिका आकांक्षी छन् । मंगलबारदेखि साझा उम्मेदवार तय गर्ने विषयमा इतर पक्ष छलफलमा जुटेको जुट्यै छ । बिहीबारसम्म पनि सहमतिका लागि छलफल भएको थियो । तर, कुनै निकास निस्कन सकेको छैन ।
प्रकाशमान र शेखरबीच सहमति हुन नसक्दा नेता पौडेल चिन्तित बनेका छन् । तीनैजना आजको केन्द्रीय समिति बैठकमा समेत उपस्थित भएनन् । प्रकाशमानले आफूले सभापतिमा दाबेदारी नछाडेको बताएपछि शेखरले पनि सभापतिको उम्मेदवारी दिने भएका छन् ।

प्रकाशित मिति: मंसिर २३ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend