Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कांग्रेस महाधिवेशनः जितेनन् देउवाले, अन्ततः फेरि चुनाव हुने

हाम्रो कोशी आवाज
मंसिर २८ २०७८, मंगलबार
कांग्रेस महाधिवेशनः जितेनन् देउवाले, अन्ततः फेरि चुनाव हुने

धरानः कांग्रेस १४ औं महाधिवेशनको नेतृत्वमा अन्ततः कमजोर देखिएका नै निर्णायक हुने भएका छन् ।
पहिलो चरणमा भएको सभापतिको प्रतिस्पर्धामा शेरबहादुर र शेखर कोइराला कसैले पनि बहुमत नल्याएकोले थोरै मत ल्याउने सभापतिका अन्य प्रतिस्पर्धी प्रकाशमान सिंह र विमलेन्द्र निधि निर्णायक देखिने भएका हुन् । देउवा पहिलो चरणमा ८२ मतले चुकेका छन् ।
कांग्रेस सभापतिको चयनका लागि फेरि मतदान हुने भएको छ । पहिलो चरणमा कसैले पनि ५० प्रतिशत कटाउन नसकेपछि फेरि मतदान हुन लागेको हो ।
सभापतिका लागि शेरबहादुर देउवा, डा.शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा थिए । महाधिवेशनका ४ हजार ७ सय ४३ प्रतिनिधिहरूमध्ये ४ हजार ६ सय ७९ मत खसेको थियो । पहिलो चरणमै जित निकाल्नका लागि बहुमत अर्थात २३ सय ४० मत आवश्यक थियो ।
तर, सभापतिका प्रत्यासी कसैले पनि बहुमत प्राप्त गर्न सकेनन् । पहिलो चरणमा देउवाले २२५८ मत प्राप्त गर्नुभएको छ । उहाँले ८२ मतले ५० प्रतिशत कटाउन सकेनन् । कोइरालाले १७२९, सिंहले ३७१ निधिले २४९ र गुरुङले २० मत प्राप्त गरे ।
अब सबैभन्दा धेरै भोट प्राप्त गर्ने देउवा र कोइरालाका बीच प्रतिस्पर्धा हुनेछ । कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन बहुमत अर्थात ५० प्रतिशतभन्दा बढी मत ल्याउनैपर्छ । यदि कसैले पनि ५० प्रतिशत नकटाएको अवस्थामा सबैभन्दा धेरै मत प्राप्त गर्ने दुई प्रतिस्पर्धीकाबीच पुनः मतदान गराउनुपर्ने व्यवस्था छ ।
यस्तोमा अब तेस्रो, चौथो र पाँचौँ नम्बरका प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ निर्णायक देखिएका छन् ।
यी तीनजनाले यदि शेखरलाई सघाएमा विजयी हुन सक्छन् । तर यी तीनमा विमलेन्द्र या प्रकाशमानले सघाएमा देउवा विजयी हुन्छन् । यी तीनमा प्रकाशमान सिंहले ३४७ मत ल्याउँदा विमलेन्द्रको पक्षमा २७३ र कल्याण गुरुङलाई ३२ मत झरेको छ ।
यस्तो अवस्थामा तीनैको मत जोड्दा ६५२ हुन आउँछ । शेखरले ल्याएको १७२९ सँग यो मत जोड्दा २३८१ हुन आउँछ। यो भनेको ५१ प्रतिशत मत हो ।
तर देउवाले २२५८ मत ल्याएकाले दोस्रो चरणमा विमलेन्द्र या प्रकाशमानलाई तानेमा जित्न सक्छन् । देउवाको मतमा प्रकाशमानको ३४७ जोड्ने हो भने २६०५ हुन आउँछ ।
अर्कातिर २७३ मत ल्याएका विमलेन्द्रले साथ दिँदा पनि देउवाको पक्षमा २५ सय ३१ हुन आउँछ । तर यो अंकगणितीय हिसाबअनुसार महाधिवेशन प्रतिनिधि मत दिन तयार नहुन पनि सक्छन् । देउवाप्रतिको असन्तुष्टिलाई तान्दै विमलेन्द्र र प्रकाशमानलाई मनाउन सके भने उनले देउवालाई दोस्रो चरणमा हराउन सक्छन् ।

प्रकाशित मिति: मंसिर २८ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend