Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कांग्रेस महामन्त्रीमा सबैले रुचाइएका गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित

हाम्रो कोशी आवाज
पुष १ २०७८, बिहिबार
कांग्रेस महामन्त्रीमा सबैले रुचाइएका गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित

धरानः नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् ।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वको लागि भएको निर्वाचनमा थापा र शर्मा महामन्त्रीमा निर्वाचित भएका हुन् । थापाले सभापतिको प्रत्यासी शेखर कोइरालाको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका थिए भने शर्माले प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवारी दिए हुन् ।
थापाले ३ हजार २३ मत ल्याए भने शर्माले १ हजार ९ सय ८४ मत ल्याए । कांग्रेसको निर्वाचन समितिले अहिलेसम्म आधिकारिक रूपमा पुष्टि भने गरेको छैन । कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो । सोमबारको मतदानमा ४ हजार ७४३ मतदातामध्ये ४ हजार ६७९ मतदाताले मतदान गरेका थिए ।
महामन्त्रीका लागि थापा र शर्मासहित प्रकाशशरण महत, प्रदीप पौडेल, मीनेन्द्र रिजाल र राजाराम कार्कीले उम्मेदवारी दिएका थिए । थापा र रिजाल शेखर प्यानलबाट र शर्मा सिंहको प्यानलबाट महामन्त्रीमा लडेका हुन् भने प्रकाशशरण र प्रदीप सभापति निर्वाचित शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवारी दिएका हुन् । राजाराम भने स्वतन्त्र उम्मेदवार हुन् । गगन र विश्वप्रकाश कांग्रेसका र अन्य दलका नेताहरुले समेत रुचाउँदै आएका व्यक्ति हुन् ।

प्रकाशित मिति: पुष १ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend