Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

आदिवासी जनजातितर्फ भीष्मराज आङदेम्बे विजयी

हाम्रो कोशी आवाज
पुष २ २०७८, शुक्रबार
आदिवासी जनजातितर्फ भीष्मराज आङदेम्बे विजयी

धरानः नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत सहमहामन्त्रीको आदिवासी जनजातितर्फ भीष्मराज आङदेम्बे विजयी भएका छन् ।
सहमहामन्त्री पदमा बिहीबार भएको मतगणनामा प्रतिद्वन्द्वी शेखर कोइराला समूहका विकाश लामालाई पछि पार्दै शेरबहादुर देउवा समूहका आङदेम्बे निर्वाचित भएका हुन् । आङ्दाङ्वे २५७८ मत ल्याएर विजयी भए भने लामाले १८२५ मत मात्र प्राप्त गरे ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बिहीबार सहमहामन्त्री उम्मेदवारका आठ क्लस्टरमध्ये दलित, महिला र आदिवासी जनजातिको मतगणना भइरहेको छ।
महिलातर्फ महालक्ष्मी उपाध्याय ‘डिना’ विजयी भएकी छन् ।
विहीबार पार्टी कार्यालय सानेपामा भएको मतगणनामा शेखर कोइराला समूहकी कमला पन्तलाई पछाडि पार्दै शेरबहादुर देउवा समूहकी उपाध्याय विजयी भएकी हुन् । उनी २५३३ मत ल्याएर सहमहामन्त्रीमा विजयी भइन् भने प्रतिद्वन्द्वी पन्तले २१०५ मत मात्र ल्या्इन् ।
दलित कोटातर्फको सहमहामन्त्रीमा जीवन परियार विजयी भएका छन् । मानबहादुर विश्वकर्मालाई पराजित गर्दै परियार सहमहामन्त्रीमा निर्वाचित भएका हुन् । परियारले २२१२ मत प्राप्त गरेका छन् भने विश्वकर्माले २१७५ मत ल्याएका छन् । परियार शेखर कोइराला प्यानलका हुन् भने विश्वकर्मा शेरबहादुर देउवा प्यानलका हुन् ।

प्रकाशित मिति: पुष २ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend