Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

महङ्गी कहिले घट्ला सरकार ?

हाम्रो कोशी आवाज
पुष ४ २०७८, आइतबार
महङ्गी कहिले घट्ला सरकार ?

नेपाली बजारमा दैनिक प्रयोग हुने सामानको मूल्य निरन्तर उकालो लागेको छ । दैनिक समानको भाउ बढ्दै गएको छ । तर घट्ने छाइकाट देखिँदैन । पसलै पिच्छे एउटै समानको फरक फरक मूल्य तोकिएको छ । व्यापारीले आफ्नो मनलाग्दी भाउ राखेर खाद्यान्न सामानहरूको बिक्री वितरण गर्दै आएको पाइन्छ ।

उद्योग मन्त्रालयले पनि उत्पादक कम्पनीले हरेक सामानको मूल्य तोक्ने अधिकार दिएको छ । कुनै पनि सामानमा घाटा खाएर उत्पादकले सामानको मूल्य तोक्दैनन् । एउटा सानो पाउरोटीको मूल्यसमेत नेपाल सरकारले तोक्न पाएको छैन । तर, उद्योग मन्त्रालयले सामानको रेट राख्ने अधिकार उद्योग व्यवसायीलाई किन दियो ?

सरकारको निर्णयले उपभोक्ताहरू महँगीको चपेटामा परेको छन् । बजारमा सरकारको अधीन रहनुपर्ने र हरेक सामानको मूल्य यसका मातहतका निकायले तोक्नुपर्ने भए पनि सरकारले बेवास्ता गरेको छ । जसले गर्दा उद्योग व्यवसायीले आफ्नो मनलाग्दी भाउ राखेको पाइन्छ ।

यहाँ सरकारभन्दा शक्तिशाली उद्योग व्यवसायी देखिन्छन् । देशैभरि समिति भएको उद्योग व्यवसायी महासङ्घले भनेअनुसार काम गर्छन् । हरेक जिल्ला सङ्घ खोलेको उद्योग व्यवसायी महासङ्घ जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको छ । यी सङ्घहरू संस्था ऐन २०३४ अन्तर्गत दर्ता भएका छन् ।

देशमा जति पनि गैर सरकारी संस्थाहरू छन् यी सबै यही ऐन अन्तर्गत दर्ता भएर सञ्चालित छन् । सङ्घको सङ्घ उद्योग व्यवसायी महासङ्घ संस्था ऐन २०१८ अन्तर्गत दर्ता भएको छ । अधिकांश सङ्घसंस्थाहरू यही ऐनमा दर्ता भएका छन् भने यो ऐनमा दर्ता भएको संस्थाहरूमा वर्षौँदेखि सिन्डिकेट कायम छ ।

सरकारले यो ऐनलाई खारेज गरेर कम्पनीमा लैजाने हो भने राज्यको ढुकुटीमा अर्बौँ रुपैयाँ राजस्व जम्मा हुन्छ । विदेशीले ऋण हरेक नेपालीको टाउकोमा  ५८ हजार पुगिसक्यो । नेपालको उत्पादनमा ह्रास आइरहेको छ । सबै भारत वा तेस्रो मुलुकबाट सामान आयात गरिरहेको छौँ । अधिकांश सामान बाहिरबाट आयात हुन्छ ।

देशमा उब्जनी भएका पनि मनलाग्दी भाउ तोकिएको छ । तर, सरकारलाई यस विषयमा केही चासो छैन । न उनीहरू कहिले अनुगमनको लागि निस्केको देखिन्छन् । सामानको अचाक्ली रूपमा भाउ बढ्दा गरिब, बिहान कमाएर बेलुका छाक टार्ने र बेरोजगारहरूलाई चुलो बाल्न धौ धौ परेको छ ।

मूल्य त मनलाग्दी छ तर गुणस्तर पनि मनलाग्दी नै तोकिएको छ । यसबारे पनि सरकार मौन छ । नेपालका नाम प्रचलित सुपर मार्केटका सामानका मूल्य पनि सोही स्टोरले तोकेको छ । कम सामान र स्टिकर राखेर मनलाग्दी पैसा असुलेको छ ।

उपधोक्ताहरु पनि आफूले प्रयोग गर्ने सामान कतिको गुणस्तर छ ? मूल्य सरकारले तोकेको हो कि होइन ? म्याद नाघेको छ कि छैन ? भनेर हेर्दैनन् । नेपालमा जति पनि उपभोक्तावादी सङ्घसंस्थाहरू छन् ती सबै आफ्नो प्रचार गर्ने काम मात्र गर्छन् ।

बजारमा भएको महँगी र कालोबजारीलाई नियन्त्रणमा ल्याउन गृहमन्त्रीले जिल्ला प्रमुखहरूलाई निर्देशन दिएको सुनिदैन् । सरकारको कमजोरीले जनताले महँगीको मार भोगिरहेको छन् ।

रात्रि कालिन व्यवसायीहरूले पनि मनलाग्दी रेट राखेर जनता ठगिरहेको छन् । यता दैनिक भान्सामा पाक्ने हरियो सागसब्जीको कालीमाटीमा एउटा रेट छ खुद्रामा अर्को । कालीमाटीमा २० रुपैंया किलो पाइरहेको तरकारी खुद्राले प्रतिकिलो पचासमा बेचिरहेको हुन्छ ।

माछा मासु, दही, दूधको पनि पसल नै पिच्छे छुट्टै भाउ तोकिएको छ । लत्ताकपडामा पनि त्यस्तै छ । एउटै ब्रान्डको लुगा पसलेको बोलीमा तोकिएको छ । बजारमा महँगीको सीमा नाघिसक्यो, बेरोजगार जनताहरू भोक भोकै मर्नुपर्ने भएको छ । सरकार पनि छ र ? भन्ने प्रश्न हरेक नेपाली जनताको मनमा उब्जिएको छ । सर्वसाधारणको सरकार हो भनेर सरकारले नै विश्वास दिलाउन सकेको छैन । महँगी कहिले नघट्ने नै हो सरकार ?  हालः भक्तपुर, अनुषा पत्रकारिता विषयमा अध्ययनरत् छिन् ।

प्रकाशित मिति: पुष ४ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • १० घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ
  • हामी १२ वर्षमा प्रवेश

    धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ
  • कथा: धुवाँले निलेको सपना

    -तोमनाथ उप्रेती मोरङको दक्षिणी भेग, रतुवामाई नगरपालिका महादेवाको बिहानको आफ्नै सुगन्ध थियो। असारको वर्षापछि धानका बोटहरूमा टल्किने शीतका थोपा मोतीझैँ देखिन्थे। पूर्वबाट उठेको घामको सुनौलो...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend