धरान: नेकपा माओवादी केन्द्रको आठौं महाधविेशनका प्रतनिधिहिरुले अध्यक्ष प्रचण्डको राजनीतकि प्रतविेदनमा गरएिको अमेरकिाको आलोचनाबारे थप प्रष्ट पार्न माग गरेका छन् । अमेरकिाको आलोचना गरेर चीनलाई खुसी पार्न खोजएिको त होइन भन्ने उनीहरुको शंका छ ।
सोलुखुम्बुका प्रतनिधि गोम्बु शेर्पाले भने, हन्दि प्रशान्त क्षेत्रमा चीनलाई रोक्ने रणनीत अन्तरगत पश्चमिा पुँजीवादले आफ्नो गतविधि बढाएको भनएिको छ । यसको चन्तिा हामीलाई मात्रै हो क चीनलाई पन हो यो प्रष्ट हुनुपर्यो ।’ चीन अमेरकिासँगै मलिेको हुनसक्ने अनुमान गर्दै उनले चीन नबोलेको वषियमा हामीले कनि आलोचना गर्ने भनेर प्रश्न गरे ।
प्रचण्डको राजनीतकि प्रतविेदनमा अमेरकिाको आलोचना गरएिको छ । अमेरकिा आफू र आफ्ना साझेदारलाई युद्धमा होम्ने योजनामा रहेको भन्दै प्रचण्डले सोही रणनीत अनुसार अमेरकिाले भारतसँग सम्बन्ध सुदृढ बनाउन खोजेको टप्पिणी गरेका छन् ।
शेर्पाले भारतप्रतकिो पार्टीको दृष्टकिोण पन प्रतविेदनमा उल्लेख गर्न माग गरेका छन् । प्रचण्डको प्रतविेदन भारतबारे मौन छ ।
शेर्पाले वचिारको उचाइको तुलनामा योजना र कार्यक्रम असाध्यै कमजोर आएको भन्दै त्यसको गम्भीरतापूर्वक पुनरलेखन गर्न, समानुपातकि प्रणाली समावेशी वर्गको आधारमा लागू गर्न, बेरोजगारी समस्या समाधान गर्नुपर्ने लगायतमा प्रतविेदनमा प्रष्ट पार्नुपर्नेमा जोड दएि ।
यसैगरी पूर्वमन्त्री पदम बहादुर राईले एमसीसी खारेज गर्न माग गरेका छन् । उनले श्रमको सम्मान गर्नुपर्ने सँस्कृतकिो वकिास गर्न, युद्धकालीन मुद्दाहरुको समस्या समाधान गर्न र घाइते तथा अपाङ्गता भएकाहरुका माग सम्बोधन गर्नुपर्नेमा जोड दएिका छन् ।
नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रयि महाधविेशन अन्तर्गत जारी बन्दसत्रमा प्रतनिधिहिरुले राजनीतकि र वधिान मस्यौदा प्रतविेदनमा गरएिको सामूहकि छलफलको नष्किर्ष सुनाउने क्रम जारी छ ।