Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

महाधिवेशनमा पराजित थप तीन नेता केन्द्रीय सदस्यमा मनोनीत

हाम्रो कोशी आवाज
पुष १८ २०७८, आइतबार
महाधिवेशनमा पराजित थप तीन नेता केन्द्रीय सदस्यमा मनोनीत

धरान: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फेरि तीन जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन्।
उनले आइतबार केन्द्रीय सदस्यमा पराजति कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही, सभापतिमा प्रतिस्पर्धा गरेका कल्याण कुमार गुरुङ र युवा नेता प्रदीप पौडेललाई केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन् ।
कांग्रेसको विधान, २०१७ संशोधनसहितको धारा २१ को उपधारा १० बमोजिम शाही, गुरुङ र पौडेललाई केन्द्रीय कार्य समिति सदस्य पदमा मनोनयन गरिएको कांग्रेसका मुख्य सचवि कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
१४ औँ महाधविेशनमा मुख्यमन्त्री शाही सहमहामन्त्रीमा र युवा नेता पौडेल सभापत िदेउवाको समूहबाट महामन्त्रीको उम्मेदवार थिए ।

प्रकाशित मिति: पुष १८ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend