Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

माओवादी केन्द्रको अध्यक्षमा फेरि प्रचण्ड

हाम्रो कोशी आवाज
पुष १९ २०७८, सोमबार
माओवादी केन्द्रको अध्यक्षमा फेरि प्रचण्ड

धरानः नेकपा माओवादी केन्द्रले आफ्नो अध्यक्ष चयन गरेको छ । अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड फेरि माओवादी केन्द्रका अध्यक्ष बनेका छन् ।
सोमबार काठमाडौंमा बसेको केन्द्रीय कमिटी बैठकले अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई सर्वसम्मत चयन गरेको हो । उनलाई अध्यक्षमा कृष्णबहादुर महराले समर्थन र नारायणकाजी श्रेष्ठले प्रस्ताव गरेका थिए । त्यसपछि केन्द्रीय कमिटीले उनलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो ।
माओवादी केन्द्रको काठमाडौंमा सम्पन्न आठौं महाधिवेशनले आइतबार २ सय ३६ जना केन्द्रीय सदस्य चयन गरेको थियो । योसँगै अब लगातार ३ दशकभन्दा बढी माओवादी केन्द्रको अध्यक्षमा प्रचण्ड रहने भएका छन् ।

अध्यक्ष चयन भएपछि प्रचण्डले आफ्नो लागि यो अन्तिम अवसर भएको बताएका छन् । उनले नेपाली र नेपाली जनताको सेवा गर्ने यो अन्तिम अवसर भएको बताए । ‘मेरो काँधमा ठूलो जिम्मेवारी आएको महसुस गरेको छु । नेपाल र नेपाली जनताको सेवा गर्न यो मेरो लागि अन्तिम अवसर र चुनौति पनि हो,’ सम्बोधनको क्रममा उनले भने । उनले उमेर हदका कारण होस् या अन्य कुनै कारणले होस् पार्टी, जनता र देशको लागि अन्तिम पटक सेवा गर्ने अवसर पाएकोमा सबैलाई धन्यवाद दिए । उनले यो अवसरलाई सदुपयोग गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । ‘मेरो काँधमा निकै ठुलो जिम्मेवारी थपिएको महसुश गरेको छु’ उनले भने, ‘एकथरी प्रवृत्ति र शक्ति गठबन्धन टुटाउन लागिरहेका छन्। गठबन्धन निर्माण गरेर एकतालाई कायम राख्नका लागि निर्वाचनसम्म जाने वातावरण बनाउनको लागि मैले र नारायणकाजीले आज पनि धेरै मेहनत गरेका छौँ। सफल भएका पनि छौँ।’

प्रकाशित मिति: पुष १९ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend