Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

राजा पृथ्वीनारायण शाह र हामी नेपाली

हाम्रो कोशी आवाज
पुष २७ २०७८, मंगलबार
राजा पृथ्वीनारायण शाह र हामी नेपाली

‘खराब’ र ‘असल’ कर्महरुको मात्राका आधारमा मानिसहरुलाई सम्झने गरिन्छ । जसले अत्यन्तै खराब कर्म गरेर घरपरिवारलाई, समाजलाई, राष्ट्रलाई र जनतालाई दुःख दिएको हुन्छ र उसले दिएको दुःख कष्ट बिर्सिसाध्य हुँदैन तब मानिसहरुले घृणा गर्दै उसलाई सम्झिने गर्दछन् ।
यसको विपरीत असल कर्म गरेका कारण घरपरिवार, समाज, राष्ट्र र आम जनताको हित भएको हुन्छ, त्यसबेला बिर्सेर पनि बिर्सन नसकिने गुणका कारण श्रद्धापूर्वक सम्झिने गरिन्छ । तर, सबै मानिसहरू निरपेक्ष असल र खराब हुँदैनन् । भौतिकवादको द्वन्द्वात्मक परिभाषा र नियमभित्र कसी लगाउँदा थुप्रै खराब कर्म गरेका मानिसले पनि एउटै असल कर्म बृहत्तर हितका निम्ति गरेको पाइयो भने ऊ असल हुन्छ अर्थात् सम्झन योग्य हुन्छ ।
१०४ वर्ष राणाहरूले नेपाली जनतालाई कालोयुगमा राखे उनीहरु जनताका छोरा भएर शासनमा आएको भएपनि जनताको हितमा कार्य नगर्दा उनीहरु सम्झन लायक त भएनन् तर उनीहरुले दिएको पीडा बिर्सिनलायक पनि भएन र नै नेपालीहरुले १०४ वर्षलाई कालो युगकारुपमा सम्झिन्छन् ।
मैले यहाँ जोड्न खोजेको विषय राजा पृथ्वीनारायण शाहको सन्दर्भ हो । राजा पृथ्वीनारायण शाहलाई धेरैले राष्ट्र निर्माता र एकीकरणकर्ताका रुपमा सम्मान गर्छन् र बुझ्दछन् । तर त्यसरी बुझ्नु अलिक बढी हुन्छ कि जस्तो लाग्दछ किन कि उनले न त नेपाल राष्ट्र नामको निर्माण गरेका हुन् न त राष्ट्रको एकीकरण नै ।
‘नेपाल’ भन्ने नाम त परापूर्वकालदेखि नै रहँदै आएको पौराणिक कथा र इतिहासले प्रष्ट पारेको छ तसर्थ उनले निर्माण गरेका होइन भन्ने कुरा धेरै चर्चा गर्न जरुरी छैन । तर, भारतीयद्वीपमा अङ्ग्रेजको जगजगी र नेपाली राजा र रजौटाहरुको चरम गुटफुटको चलखेलका बेला उनले नेपाल राष्ट्रको संरक्षण गरेका थिए ।
नेपाली राष्ट्र र भूगोलको जे जसरी भएपनि त्यसबेला संक्षण गरेका हुन् । त्यसअर्थमा उनलाई नेपाल राष्ट्रको संरक्षक भनिनु उपयुक्त हुन्छ होला । कान्तिपुरको राजा हुने महत्वकाङ्क्षाबाट परिचालित भएका उनले ‘साम, दाम, दण्ड र भेद’ जस्ता नीतिहरु प्रयोग गरेर विभाजित नेपाललाई एकढिक्का बनाएका हुन् ।
उनले सामाजिक, साँस्कृतिक, भाषिक, धार्मिक, आर्थिक, राजनैतिक, ऐतिहासिकलगायत कुनैपनि पक्षबाट कसैलाई सहमत गराएर विभाजित राज्यहरुलाई सहमाहित गराएका होइनन् मात्रै ठूलो नेपालको राजा हुने महत्वकाङ्क्षाले उनले ‘साम,दाम, दण्ड र भेद’ जस्ता नीति प्रयोग गरेर कान्तिपुरको राजा हुने महत्वकाङ्क्षालाई मूर्तरुप दिन राज्य विस्तारको अभियानलाई अघि बढाएका थिए भने बहादुर शाहलगायतले आफ्नो प्रभाव कायम राख्न लडाई लडेका थिए ।
यी र त्यस्ता थुप्रै कारण र घटनाहरुको चर्चा जति गरेपनि अन्ततः निष्कर्षमा आउँदा विभाजित नेपाललाई राजा पृथ्वीनारायण शाहले एक ढिक्का बनाएको तथ्य र अङ्ग्रेजलगायतको आक्रमणबाट नेपाललाई जोगाएको सत्यलाई बिर्सिन सकिँदैन ।
लडाईका क्रममा जतिसुकै अन्याय अत्याचार गरेका भएपनि उनले आफ्नो र आफ्न्ताको ज्यान जोखिममा राखेर ‘हामी नेपालको नेपाली हौं’ भन्ने अहिलेको अवस्थामा ल्याइपुरयाउनु उनैको देन हो, जुन योगदानलाई सामान्यीकरण गर्न सकिन्नँ र यो महान योगदान हो ।
राजनीति कम कुत्सित स्वार्थ र कलुषित भावनाबाट प्रेरितहरुको शब्दजाल बाहिर गएर हेरौं । राजा पृथ्वीनारायण शाह सामान्तवादको बुलन्द प्रमुख पात्र भएपनि नेपालको सन्दर्भमा नेपाल राष्ट्रको संरक्षक हुन् । त्यसअर्थमा उनलाई सम्मान गर्नुलाई अन्यथा लिनु हुन्नँ र राष्ट्रले नै सम्मान गर्नुपर्दछ । यदि हामीले आफूलाई नेपाली हौं भनेर परिचत गराउने हो भने, होइन र ?

प्रकाशित मिति: पुष २७ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • ४ घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • ७ दिन अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ
  • हामी १२ वर्षमा प्रवेश

    धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ
  • कथा: धुवाँले निलेको सपना

    -तोमनाथ उप्रेती मोरङको दक्षिणी भेग, रतुवामाई नगरपालिका महादेवाको बिहानको आफ्नै सुगन्ध थियो। असारको वर्षापछि धानका बोटहरूमा टल्किने शीतका थोपा मोतीझैँ देखिन्थे। पूर्वबाट उठेको घामको सुनौलो...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend