Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

चर्चित गायक राजेशपायलसँगै आइन् पेमा (भिडियोसहित)

हाम्रो कोशी आवाज
माघ ११ २०७८, मंगलबार
चर्चित गायक राजेशपायलसँगै आइन् पेमा (भिडियोसहित)

धरानः भ्वाइस अफ किड्स प्रतियोगिताको सेमीफाइनल सम्म पुगेकी पेमा देचेन तामाङलाई गायक राजेश पायल राईले आफ्नै संगीत र स्वरमा ‘सै हँमा’ बोलको युगल गीत रेकर्ड गराएर स्टुडियो भिडियो सार्वजनिक गरेका छन् ।
‘सै हँमा’ र ‘सै हँपा’ अर्थात् राई भाषामा रानी र राजा अर्थ लाग्ने शब्द प्रयोग गरिएको गीतको शब्द टिका चाम्लिङको रहेको छ भने संगीत संयोजन राजु कार्कीको रहेको छ ।
मनोज राईले भिडियो छायाङ्कन तथा सम्पादन गरेका हुन् । गीत नेपालसहित कतार र कुवेतमा समेत युट्युब ट्रेन्डिङमा परेको छ । राजेश पायल राईले यसअघि पनि मेलिना मैनाली, बिसाखा साही, सुदिता राई, सुजिता योञ्जन, इशान राई, वैशाली लामालगायतका द भ्वाइसका प्रतियोगीहरुसँग युगल गीतहरु आफ्नै संगीतमा रेकर्ड गराएर सार्वजनिक गरेका छन् । यसरी नै नयाँ प्रतिभाहरुलाई राजेशपायल राई म्युजिक एकेडेमीमार्फत् मौका दिइरहने गायक राईले बताए ।

https://youtu.be/t-ILc4c5qCc

https://youtu.be/t-ILc4c5qCc

प्रकाशित मिति: माघ ११ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend