Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सामुदायिक विद्यालय सुधार्न ३७ सुझाव

हाम्रो कोशी आवाज
फाल्गुन ९ २०७८, सोमबार
सामुदायिक विद्यालय सुधार्न ३७ सुझाव

सामुदायिक विद्यालयमा विद्यार्थी संख्या छैनन् भनिन्छ । कतिपय जिल्लामा विद्यार्थी कम भएको विद्यालय अर्को विद्यालयमा गाभ्न थालिएको छ । सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दै जानु, निजी विद्यालयमा आकर्षण बढ्दो छ । निजीको नतिजा पनि राम्रो छ । सामुदायिक विद्यालय बिग्रनुमा शिक्षकलाई दोष दिन्छन् । के शिक्षकले नपढाएकै कारण विद्यालय खस्किएको हो ? सुधार गर्न के गर्नुपर्ला ? विद्यालय सुधार गर्ने भन्ने सरकारी स्तरबाट छलफल समेत भएको छैन ।
विद्यालय सुधारका लागिः
१) कक्षाको सम्पूर्ण जिम्मेवारी सुम्पिने गरी कक्षा शिक्षकको व्वस्थपना गर्ने ।
२) प्रत्येक कक्षामा छात्रा र छात्र दुई दुई जना र कक्षा शिक्षकको कक्षा व्यवस्थापन समूह बनाउने ।
३) हरेक शुक्रबार प्रत्येक कक्षाको अतिरिक्त क्रियाकलापका लागि शिक्षकहरु तोक्ने र अतिरिक्त कृयाकलापमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार दिने ।
४) सबै कक्षा र सबै विषयमा कापी र किताबको सरसफाइ, नियमितता, र जतन जगेडाका लागि नियमित चेकजाँच गरी रेकर्ड राख्ने र त्यसैको आधारमा मूल्याङ्कन समेत गर्ने ।
५) कक्षाकोठामा विषयगत सामाग्रीहरु राख्ने व्यवस्था गर्ने ।
६) जथाभावी लेखिएका कुराहरु रङ लगाइ मेटाउने र लेख्ने पहिचान गरी दण्ड दिने ।
७) हाजिरी कुनैपनि समयमा गर्ने र कम्तिमा दुईचोटी चेक गरी प्रत्येक कक्षाको उपस्थिति संख्या बोर्डमा लेख्ने ।
८) कक्षा छोडी भाग्ने र अनुपस्थित हुनेबाट शुल्क उठाइ त्यही कक्षाको लागि चाहिने सामाग्री खरिद गर्ने ।
९) अंग्रेजी माध्यमको कक्षा शुरु नेपाली माध्यमको भन्दा एकघण्टी अगाडि गरिएमा खाजा खान, पानी पिउन र ट्वाइलेट जान सहज हुने कारण फरक फरक समयमा टिफिन गर्न फरक समयमा घन्टी शुरु गर्ने ।
१०) कक्षा ९ र १० लाई कुनै पनि किसिमको बिदा नदिइकन अतिरिक्त शुल्क लिएर राम्रो खाजाको व्यवस्था स्कुलले नै गरी बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म विद्यालयभित्रै रहने व्यवस्था गर्ने ।
११) क्यान्टिनमा विद्यार्थीलाई उपर्युक्त हुने खाना –नास्ता नियमित हुने व्यवस्था मिलाउने ।
१२) कक्षा शिक्षकले विद्यार्थीको अभिभावकसँग नियमित सम्पर्क हुने व्यवस्था मिलाउने ।
१३) सबै शिक्षकहरुलाई विद्यालयको गतिविधिको जानकरी दिनुको साथै समान तरिकाले सहभागी र जिम्मेवार हुने किसिमले कामको जिम्मेवारीहरु दिने व्यवस्था मिलाउने ।
१४) प्रत्येक दिन एकजना अभिभावक विद्यालयमा आउने र आफ्नो बच्चाको गतिविधिबारेमा कक्षा शिक्षकसँग छलफल गर्नुपर्ने नियम बसाल्ने ।
१५) अनुपस्थित शिक्षकको खाली हुने घण्टी पहिलो घण्टी लाग्नुअगाडि नै खट्नु पर्ने शिक्षकलाई जानकारी गराउन स्टाफरुममा बोर्डमा लेखिनुपर्ने ।
१६) शिक्षकहरुलाई कामको आधारमा पुरस्कृत र जिम्मेवारीमा हेरफेर गरिरहनुपर्ने ।
१७) काम र जिम्मेवारी अनुसारको भत्ताको व्यवस्था गरिनुपर्ने ।
१८) विद्यालयले गर्ने आम्दानी र खर्चको जानकारी शिक्षकहरुलाई पनि गराउनुपर्ने ।
१९) सबै कक्षा र सबै विषयमा कक्षा कार्य र गृहकार्यको मूल्याङ्कनबापतको अङ्कको आधार मात्रै कक्षा चढाउने नियम बनाउनुपर्ने ।
२०) मिति तोकेर परीक्षा लिने चलन बन्द गरिनुपर्ने ।
२१) सबै शिक्षकलाई शिक्षक निर्देशिका र विद्यार्थीको रेकर्ड राख्न मिल्ने खालको डायरी उपलब्ध गराइनु पर्ने ।
२२) तल्लो कक्षामा अनिवार्य ग्रेड टिचिङ् लागू गरी ग्रेड टिचरलाई उपर्युक्त भत्ता दिइनुपर्ने ।
२३) ग्रेड टिचरलाई आफ्नो अनुकुल किसिमले कक्षा सञ्चालन गर्न छुट दिइनुपर्ने ।
२४) रुटिङको बाँडफाड बराबर हुनुपर्ने ।
२५) कामको जिम्मेवारी पनि बराबर हुने किसिमले गरिनुपर्ने ।
२६) शिक्षकलाई अध्यनशील बनाउन र खाली पिरियडमा स्टाफरुममा अनावश्यक गफ गर्ने वातवरण कम गर्न इन्टरनेटको व्यवस्था हुनुपर्ने । केही निश्चित ठाउँहरुमा सिसी क्यामाराले अनुगमन गर्ने व्यवस्था गरिनुपर्ने ।
३१) विद्यार्थीको ड्रेस हेर्नुअघि शिक्षकको पनि ड्रेस हेरिनुपर्ने ।
३२) विद्यालय कम्पाउन्डभित्र कुनैपनि बहानामा कसैलाई पनि चुरोट, खैनी, पराग, पान र रक्सी खाने र ख्वाउने चलन पूर्णतः बन्द गर्नुपर्ने ।
३३) ५० जनाभन्दा बढीको कक्षा नबनाउने प्रतिबद्धता आउनुपर्ने । विद्यार्थीहरुलाई विभिन्न विधामा पुरस्कारको व्यवस्था गरी नियमित पुरस्कृत गर्ने परिपाटी चलाउनुपर्ने ।
३४) विद्यार्थीबाट जानीजानी पुरयाइने क्षतिपुर्ति उसैबाट गराइनुपर्ने ।
३५) विषय गनेर कक्षा उत्तीर्ण गराउने चलन पूर्ण त बन्द गरी निरन्तर मूल्याङ्कनको आधारबाट माथिल्लो कक्षामा लान सकिने नियम लागू गरिनुपर्ने ।
३६) विद्यार्थीको रिपोर्ट लिन अभिभावक अनिवार्यरुपमा विद्यालय आउनुपर्ने नियम लगाउने ।
३७) घण्टी तानेर पढाउने चलन बन्द गर्नुपर्ने, खाली घण्टीमा विद्यार्थीलाई खेल्न, पुस्तकालय जान दिनु वा कुनै शिक्षक पठाइ कक्षा कार्य गर्न लगाउने गर्नुपर्छ ।

प्रकाशित मिति: फाल्गुन ९ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend