Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

विद्यार्थीलाई एसइईः हाउगुजी किन ?

हाम्रो कोशी आवाज
फाल्गुन १२ २०७८, बिहिबार
विद्यार्थीलाई एसइईः हाउगुजी किन ?

विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को असरले विशेषगरी स्कुले नानीहरुलाई असाध्यै प्रभाव पारिरहेको पाइन्छ । सरकारी ओहदामा बस्नेहरुका पनि आ–आफ्नै समस्याहरु होलान्, त्यसो भन्दै गर्दा विगतका दुई वर्ष भौतिक रुपमा जाँच नगराउँदा पनि हुने, अनि यो वर्ष मात्रै किन विद्यार्थीलाई एसईईको हाउगुजी देखाउने त ? यो प्रश्न गम्भीर रुपमा तेर्सिएको छ । पहिलेदेखि नै एसईई अर्थात् साविकको एसएलसी खारेज गरौँ भन्दै सरकारी निकायका पदाधिकारीहरु कराउँदै आए । होमा हो गर्दै निजी विद्यालय अन्तर्गतका प्याब्सन, एनप्याब्सनहरु पनि निकै ताते कै हुन् ।

तथापि अहिले यस्तो अवस्थामा भौतिक रुपमा विद्यार्थीलाई परीक्षामा सामेल गर्ने सरकारी सबैया देखावटी मात्रै हो कि जस्तो लाग्छ । एसईईमा अहिले जम्मा जम्मी आठवटा विषयहरु हुन्छन् । कक्षा आठमा पढ्दै आएका विद्यार्थीहरु करिब कोभिडकै कारण सबैभन्दा बढी प्रताडित हुनेमा पर्दछन् । किन कि उनीहरु नै त्यस्ता विद्यार्थी हुन् जसले लामो समय अनलाईनबाटै कक्षा लिए, भौतिक रुपमा लामो समय घरमै बस्नुपर्ने बाध्यता भयो । यसअघि र त्योभन्दा पनि पहिलो वर्ष सरकारले मेरिटका आधारमा जाँच लियो,नतिजा पनि सोही प्रकारले सार्वजनिक गर्यो ।

तर अहिले आएर आजको आजै कक्षा सञ्चालन गर्ने, अनि दुई महिनामै कोर्ष पनि सकिने र परीक्षाका लागि तमाम विद्यार्थी तयार हुने भन्ने कुरा सम्भव छैन । फेरि एसईईको ‘वेटज’लाई लिएर विगतदेखि नै यो केही समयसम्मका लागि मात्रै हो, अन्ततोगत्वा कक्षा १२ नै विद्यालयस्तरका पढाइका लागि मुख्य ढोका हो पनि भनिँदै आएको अवस्था छ । विगतको एसएलसी र अहिलेको एसइइमा के समस्या छ भने यदि विद्यार्थी एउटा विषयमा फेल भयो भने ऊ पठनपाठनका लागि फेरि विद्यालय जाँदैन ।

किनभने फेलपास हुने कुरालाई एउटा विद्यार्थीले ठूलो प्रतिष्ठाको रुपमा लिएको हुन्छ । यो पालाको एसईई परीक्षामा सामेल हुने विद्यार्थीहरु लामो समयसम्म कोभिडका विभिन्न प्रकारका वेभहरुबाट प्रभावित भएकाहरु नै छन् । उनीहरुमा कन्फिडेन्ट लेभल पनि कमजोर भएको छ । केही समयअघि पनि सरकारले भौतिकरुपमा कक्षा सञ्चालन नगराउनू भन्दै उर्दी जारी गर्या । त्योभन्दा अघि पनि तिनै विद्यार्थीहरु लामो समय घरमै बसेर अनलाईन कक्षाबाट आफूलाई जसरी तसरी तयारी बनाउँदै ल्याए । अहिले आएर फेरि तिनैलाई वैशाखबाट एसइइका लागि तयार होऊ भन्ने नैतिक आधार हामीसँग छ त ?यहाँनेर मेरो प्रश्न हो ।

उमेरका हिसावले पनि एसईई दिने एउटा विद्यार्थी सबल भएको हुँदैन । यो उमेर समूहका केटाकेटीहरु नाबालक नै हुन् । तिनको अद्र्धचेतन मस्तिष्क पनि बलियो र पूर्णरुपमा सोच्ने अवस्थामा पुगिसकेको हुँदैन । स्मरण शक्तिका हिसावले पनि यो उमेर समूहका बालबालिकाहरु कमजोर नै हुन्छन् । बल्ल त उनीहरुको मस्तिष्कको विकास हुँदै गरेको हुन्छ । यो उमेरमा एउटा ढोका बन्दहुँदा अर्को ढोका खुल्छ भन्ने ज्ञानको विकास पनि भएको हुँदैन ।

विद्यार्थीलाई विगतदेखि नै एसईई अर्थात् विगतको एसएलसी ‘आइरन गेट‘ हो भनिँदै आइयो । विद्यार्थी पनि एसइइलाई यसरी तयारी गर्नुपर्छ किमानौँ जीवनको ठूलो उपलब्धी नै त्यहीहो भन्नेमा विश्वस्त छ । स्कुलहरु पनि दिनरात एसइइकै तयारीमा हुन्छन्, सकेसम्म बढी अंकल्याउने होडबाजीमा परम्परागत स्कुलहरुले विद्यार्थीलाई यति धेरै बर्डेन दिएका हुन्छन् , कि त्यसको कुनै सीमा नै हुँदैन । यस्तो अवस्थामा अहिले सरकारले जुन प्रकार भौतिक रुपमा उपस्थित गराउँदै एसइइको जाँचगर्ने उद्घोष गरेको छ । त्यसकाबारेमा केही सोच्ने हो किभन्ने मेरो भनाई हो ।

मान्छेको शारीरिक हिसावले विकासको कुरा गर्ने हो भने पनि एउटा दाँतपछि मात्रै अर्को दाँत आउने हो । त्यसैगरी अद्र्धचेतनमनको विकास पनि क्रमिक रुपले हुँदै जाने हो । र फेरि अहिले जो जसले एसइइको जाँच दिने तयारी गरिरहेका छन् । तिनलाई त तीनतीन पटकको कोभिड १९ का विभिन्न प्रकारका वेभहरुले यतिगलाई सकेको छ कि अब उनीहरु दौडन नसक्ने अवस्थामा पुगिसकेका छन् ।

विगतमा पनि केही विद्यार्थीहरुलाई ‘कोभिड फोबियॉकै कारण समस्या आएको कुरालाई विभिन्न सञ्चार माध्यमहरुले बाहिर ल्याएका थिए । अहिलेको अवस्थामा बढीभन्दा बढी विद्यार्थीले ‘ग्रेड ए‘ नै ल्याउँछन् भन्ने पनि छैन । विद्यार्थीहरुमा महामारीको फोबिया यति धेरै छ कि ऊ बल्ल त तङ्ग्रिन खोजिरहेको छ, अनि यस्तो बेलामा एसइइको झोला बोकाएर ‘हिँडे हिँड नभए कुट्छु‘ भन्नु समय सान्दर्भिक हुँदैन । यस्तो प्रवृत्तिले बाल मस्तिष्कमा नकारात्मक प्रभाव पार्न सक्छ । मलाई त कस्तो लाग्छ भने कम्तीमापनि यो वर्षसम्मका विद्यार्थीलाई चाहिँ सरकारले आन्तरिक मूल्यांकनकै आधारमा एसइइ परीक्षाको नतिजा दिलाउनुपर्छ । अहिले एसइईको जाँज दिन लागेका विद्यार्थीहरुलाई कुनै हालतमा टर्चर दिनु हुँदैन । लामो समय कोभिडको ‘ह्याङओभर‘मा रहेका विद्यार्थीलाई फेरि जाँचको भूत देखाउनु उपयुक्त होइन । सम्बन्धित निकायले बेलैमा यसका बारेमा सोच्नुपर्छ ।

हुन त यसबीचमा धेरै विद्यालयहरुले अनलाईन कक्षा सञ्चालन गरे । तर त्यो कति प्रभावकारी भयो भन्ने त अहिले देखिँदै आएको छ । अनलाईनले विद्यार्थीलाई मोनोटोनस बनाएको छ । घरमै बसेर पढ्ने बानीले शारीरिक व्यायाम नहुँदा विद्यार्थीहरु भद्दा भएका छन् । शिक्षकले भनेको भन्दा प्रविधिमा देखेका र भेटेका कुरामा अहिलेका विद्यार्थीहरु भरपर्दा अवस्था कस्तो आउँछ । सोचनीय विषय बन्ने गरेको छ । लामो समय अनलाईनकै भरपर्दा कतिपय अभिभावकहरुले आफ्ना नानीहरुलाई राय सल्लाह दिन सके पनि होलनन् । तर धेरैको अवस्था फरक छ । शिक्षकले भौतिक उपस्थिति देखाउँदै पढाउँदा त कति धेरै समस्याहरु आउँथे भने अहिले त पढ अनलाईन । नपढ अनलाईन भनेजस्तो भयो । अनलाईनको भूतले पनि विद्यार्थीलाई निरश बनाएको छ ।

अहिलेको समस्याले समस्त विद्यार्थीलाई ‘आइसबर्ग’ जस्तो बनाएको छ । आइसबर्गमा मात्रै माथिकोे टुप्पो हेरिन्छ, तर तलत्यसले कति धेरै ठाउँ लिएको हुन्छ भन्ने कुरामा कसैको ध्यानगएको हुँदैन । अहिले पनि सरकारले विद्यार्थीलाई एकतर्फी रुपमा मात्रै हेरेको अवस्था छ । वर्ष दिनभरि पढाउनुपर्ने कोर्ष दुई महिनामा सिध्याऊ भन्ने, अनि परीक्षाको लागि आफ्ना विद्यार्थीलाई तयारी हालतमा बस भन्ने पक्कै पनि न्यायसंगत कुरा होइन । अनलाईनले त विद्यार्थीलाई एउटा कोठाभित्र मात्रै सीमित बनाइदिएको छ । सामाजिक रुपमा पनि हाम्रा विद्यार्थीहरु कमजोर भएका छन् । तसर्थ, अहिलेको समस्यालाई सबै मिलेर हल गर्नुपर्दछ । विद्यार्थीलाई एसइइको भूत देखाउने भन्दा पनि अब यसै वर्षबाट यो परीक्षा प्रणालीलाई खारेज गर्नसके त्यसले पक्कै पनि भोलिका दिनमा सरकारले सोचे जस्तो उच्च शिक्षाका लागि हाम्रा विद्यार्थीहरु तयार हुन्थे कि ?

प्रकाशित मिति: फाल्गुन १२ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

  • सहकारीले बिल्लीबाठ

    ‘टोल टोलमा सहकारी, घर घरमा धानको भकारी’ भनेर सरकारले सहकारी दर्ताका लागि प्रोत्साहन गर्यो । सहकारीलाई अर्थतन्त्रको तीन खम्बा भनियो । देशमा ३५ हजार...

    • ६ दिन अगाडी
    • ६ मिनेट पाठ
  • चाडपर्वको उमङ्गसँगै विद्यार्थीले एक महिने बिदाको सदुपयोग कसरी गर्ने ?

    नेपाली समाज विविध धर्म, संस्कृति, परम्परा र संस्कारले समृद्ध छ । हाम्रा चाडपर्वहरू मनोरञ्जन र खुसी साटासाट गर्ने अवसर मात्र नभई पारिवारिक आत्मीयता, सामाजिक...

    • २ हप्ता अगाडी
    • ४ मिनेट पाठ
  • ‘देखावटी र मौसमी अनुगमन’ पनि भएन यसपटक

    नेपालीको महान् चाड दशैं ढोकैमा छ । तर, यो दशैंमा पनि बजारमा सरकारको शून्यता देखियो । विगतमा दशैं आउँदा मात्र बजारमा सरकार देखिन्थ्यो ।...

    • ३ हप्ता अगाडी
    • ६ मिनेट पाठ
  • कोशी प्रदेशबाट १८ विद्यालय छानिए

    धरानः दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर कार्यान्वयनमा ल्याइएको बेला सो योजनाका लागि कोशी प्रदेशका १८ वटा विद्यालय छनोटमा परेका...

    • ३ हप्ता अगाडी
    • २ मिनेट पाठ
  • विद्यार्थीले देखाए पेट्रोल र ब्याट्री दुवैबाट कुदने मोटरसाइलकल

    धरानः मनमोहन प्राविधिक विश्वविद्यालयको आंगिक शिक्षालय मनमोहन पोलिटेक्निकका विद्यार्थीहरुले आफूले निर्माण गरेका विभिन्न प्राविधिक परियोजनाहरू प्रदर्शन गरेका छन् । पोलिटेक्निकको सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रिक एण्ड इलेक्ट्रिोनिक्स,...

    • ३ हप्ता अगाडी
    • ३ मिनेट पाठ
  • दशैं-तिहार र चुनावमा मात्रै गाउँ फिर्ने ?

    दशैं मान्नका लागि काठमाडौं उपत्यका छोड्नेको संख्या बढ्दो छ । व्यापार व्यवसाय, रोजगारी, शिक्षा लगायतका कारणले उपत्यका बसिरहेकाहरु धमाधम गाउँ फर्किरहेका छन् । उपत्यकाका...

    • ३ हप्ता अगाडी
    • ७ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend