Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

एकदिनको लतले कुलतको शिकार बन्नुपर्ला है !

हाम्रो कोशी आवाज
फाल्गुन १७ २०७८, मंगलबार
एकदिनको लतले कुलतको शिकार बन्नुपर्ला है !

हिन्दू धर्मालम्बीहरुको लागि विभिन्न चाडपर्वमध्ये महाशिवरात्रि पर्व एक महान पर्व हो । फागुन कृष्ण चर्तुदशीको दिन मनाइने यस वर्षमा देशभरका शिवमन्दिरहरुमा पूजाआजा गर्नेहरुको ठूलो भीड लाग्ने गर्दछ । यस दिन दिनभर ब्रत बसेर रातमा जागा बस्ने प्रचलन छ । यसो गर्दा भगवान शिव प्रशन्न हुने र शिवलाई प्रशन्न राख्न सकेमा मानिसबाट जानी–नजानी गरिएका पाप कर्मको फलबाट मोक्ष प्राप्त हुने जनविश्वास रहिआएको छ ।
शिवरात्रीलाई भगवान शिवको रात्रीको रुपमा लिइन्छ । शिवको अर्थ कल्याण हो । त्यसैले भगवान् शिव कल्याणका प्रतिमूर्ति हुनुहुन्छ । शिवरात्रीलाई भगवान् शिवको प्यारो दिनका रूपमा पनि लिइन्छ । पौराणिक कथा अनुसार समुद्र मन्थन गर्दा निस्केको कालकुट विषलाई भगवान शिवले आफ्नो कण्ठमा राखी संसारलाई विनाश हुनबाट बचाउनु भएको कथा रुद्रीको महत्वसँग जोडिएको छ ।
भगवान शिवसँग सम्बन्धित पौराणिक कथाहरुमा लिंग पुराणका अनुसार पार्वतीले शिवजीसँग तपाइको लागि सबैभन्दा उत्तम ब्रत बताउनु होस् भनी सोध्दा समस्त दान, यज्ञ, तपस्या, ब्रत आदिले प्राप्त नहुने पुण्य केवल शिवरात्रीको ब्रतले प्राप्त हुन्छ भनी शिवजीले भन्नुभएको कथा उल्लेख हुन आउँछ ।
हिन्दु पुराणअनुसार महाशिवरात्रीको दिन विधिपूर्वृक पूजा गर्दा विभिन्न फल प्राप्त हुन्छ भनिन्छ । फागुन कृष्ण चतुर्दशीका दिनमा स्नान गरी शुद्ध मनले निराहार बसी रातभर जागा बसेर भगवान महादेवको पूजा आराधना गरेमा सबै कार्य सिद्ध हुन्छ । भगवान शिव अत्यन्त दयालु देवता हुनुहुन्छ र उहाँ प्रसन्न भएमा आफुले इच्छाएको पूरा हुन्छ भन्ने विश्वास गरिन्छ ।
मिसिएको विकृति
पर्व मनाउने बहानामा विभिन्न नकरात्मक क्रियाकलापहरु बढ्दै गएका छन् । चाडपर्वलाई संस्कृतिभन्दा पनि बढी मनोरञ्जन र समय व्यतित गर्ने माध्यमको रुपमा विकसित गरिँदै आएको देखिन्छ । भगवान् शिवलाई प्रशन्न पार्ने हेतुले शिवको प्रिय गाँजा, भाङ, धतुरो, घोट्टा आदिको खुलमखुल्ला सेवन गर्ने चलन छ । यो खाएपछि शिव खुशी हुन्छन् भन्ने मान्यतालाई युवापुस्ताले मनोरञ्जनको माध्यम पनि बनाएका छ्न । बिहानैदेखि नशालु पदार्थ सेवन गर्ने एकआपसना झैझगडा गर्ने जस्ता क्रियाकलाप हाम्रो समाजमा ब्याप्त छ । एकदिन गरिएको रमाइलोले कतिपय युवापुस्ता कुलतको शिकार बन्न पुगेका छन् यसले पछिसम्मको लागि नकारात्मक असर पारेको छ ।
हाम्रो समाजमा धेरै युवायुवतीहरु नशालु पदार्थको सिकार भएर आज त्यही नशालु पदार्थ बिना बाँच्न नसक्ने अवस्थामा पुगेका धेरै घटनाहरु हाम्रो समाजमा जनजायत छन् । शिव भगवानको प्रसादको रुपमा प्रयोग हुने विभिन्न नशालु पदार्थ हामीले जति सार्वजनिक रुपमै खुलमखुल्ला प्रयोग गरिरहेका छौं, त्यतिनै मात्रामा हाम्रो समाजका धेरै युवापिँढीहरु कुलतमा फँस्ने र समाजमा विभिन्न आपराधिक क्रियाकलापहरुमा बढ्ने सम्भावना धेरै हुन्छ ।
शिवरात्रीको प्रसादको रुपमा प्रयोग हुने नशालु पदार्थले स्कुल तथा क्याम्पसमा पढ्ने धेरै विद्यार्थी लागू औषध दुव्यसनीमा फँस्ने गरेका छन् । हाम्रो समाजमा शिवरात्रीसँगै प्रयोग हुने नशालु पदार्थको प्रयोगबाट युवापिढीमा पर्ने असर र समाज पार्ने नकारात्मक घटनाहरु तथा विभिन्न कानुनी अवस्थाबारेमा जानकारी हुनु जरुरी छ । यस विषयमा घर–परिवार अथवा अभिभावकले पनि ध्यान दिनुपर्ने देखिन्छ ।
मनोरञ्जनको सानो एकदिनको रमाइलोले दीर्घकालीन असर, जटिलता निम्त्याउन पनि सक्छ । त्यसैले शिवरात्रीको खास महिमालाई शिवरात्रीको खास महत्वलाई हामीले अनुसरण गर्नु पर्दछ । भगवान खुसी हुन्छन्, मनोकामना प्राप्त हुन्छ या यो पहिले देखि चलेको चलन भनेर हामीले शिवरात्रीमा खाइने नशालु पदार्थलाई सिको गर्नु सेवन गर्नु पक्कै पनि राम्रो पक्ष हुँदै होइन । शिवरात्री पर्वको ठूलो महत्व छँदैछ, त्यसैले पनि यसको नराम्रो पक्षलाई निरुसाहित गर्नैपर्छ ।
प्रसादको रुपमा प्रयोग हुने नशालु पदार्थ खाँदा ख्याल गर्नैपर्छ एकदिनको रमाइलोले जीवनभर पछुताउनु पर्ने हुनसक्छ । भगवान खुसी हामीले नशालु पदार्थ खाएर हुन्छन् भन्ने मान्यता त्यागौं । पर्वलाई रमाइलो बनाउनु बहानामा प्रयोग गरिने त्यस्ता विकृतिजन्य संस्कारलाई मात्रै अनुशरण नगरौं । पर्वका महत्व, यसको महिमा, संस्कृतिलाई, राम्रो पक्षलाई अनुशरण गरौं । पर्वको विकृतिलाई हटाउन, घटाउन अहिलेका युवापिढीले यसको अगुवाई गर्न जरुरी देखिन्छ । शिवरात्रीको अवसरमा धार्मिक मान्यता देखाएर नशालु पदार्थको अत्याधिक सेवन गर्ने, समाजमा होहल्ला गर्ने जस्ता विकृतिजन्य क्रियाकलाप नगरौं । महाशिवरात्रीको शुभकामना ।

प्रकाशित मिति: फाल्गुन १७ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • ४ घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • धरानमा जसले गरिन् मानवको जस्तै ‘कुकुर साथी’ को अन्त्येष्टि

    धरानः मानिसको सबैभन्दा पुरानो साथी हो कुकुर । धेरै मानिसले आफ्नो पुरानो साथीलाई सडकमा धपाइदिन्छन् तर धरानमा ‘कुकुर साथी’ हो भन्ने कुरा भित्री मनदेखि...

    • ६ दिन अगाडी
    • ७ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • ७ दिन अगाडी
    • ६ मिनेट पाठ
  • धरानमा सवारी चालक प्रशिक्षण केन्द्र बन्ने

    धरानः धरान उपमहानगरपालिकामा सुविधासम्पन्न सवारी चालक प्रशिक्षण केन्द्र (ट्रायल सेन्टर) बन्ने भएको छ । ट्रायल सेन्टर बनेसँगै धरानबासी इटहरी पुग्नुपर्ने बाध्यता हट्नेछ । धरान उपमहानगरपालिकाको...

    • १ हप्ता अगाडी
    • २ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend