Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अब ९ हजार ६५४ कामदार कोरिया जाँदै, आवेदन खुला

हाम्रो कोशी आवाज
फाल्गुन ३० २०७८, सोमबार
अब ९ हजार ६५४ कामदार कोरिया जाँदै, आवेदन खुला

धरानः रोजगार अनुमति प्रणाली (इपीएस) मार्फत् दक्षिण कोरियामा कामदार पठाउनका लागि आवेदन खुला भएको छ। वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस शाखाले आज सार्वजनिक सूचना प्रकाशित गर्दै ९ हजार ६ सय ५४ जनाको आवेदन खुलाएको हो।
कोरिया सरकार र नेपाल सरकार बीच सम्पन्न समझदारी पत्रअनुरुप रोजगार अनुमति प्रणाली अन्तर्गत कोरियामा नेपाली नागरिकलाई कामदारका रुपमा पठाउने उम्मेदवारको छनोट गर्न कोरियन भाषा परीक्षाको लागि आवेदन खुलाएको हो।
वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस शाखाका अनुसार २०२२–२०२३ मा दक्षिण कोरियाले उत्पादनतर्फ ६ हजार २१४ हजार र कृषि तथा पशुपालनतर्फ दुई हजार ७४१ अमिक लैजाने भएका छन् । एक व्यक्तिले एउटा क्षेत्रमा मात्रै आवेदन दिन पाउने व्यवस्था छ । जुन क्षेत्रका लागि परीक्षा आवेदन फाराम भरेको हो भाषा परीक्षा उत्तीर्ण भएपछि त्यही क्षेत्रमा मात्र रोजगार आवेदन फाराम भर्नुपर्नेछ । त्यसका लागि चैत १४ देखि २१ गतेसम्म आवेदन दिन सकिने छ। १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले अनलाइनमार्फत आवेदन दिन पाउनेछन्।
सो शाखाका निर्देशक पुष्पराज कटुवालले कृषि तथा पशुपालनतर्फ छनोट भएका व्यक्तिले सन् २०२२ भित्रै दक्षिण कोरिया पुगेर काम सुरु गर्न सक्नेछन् भने उत्पादनतर्फ छनोट भएका व्यक्तिले सन् २०२२ मा काम सुरु गर्ने जानकारी दिए। ईपीएसको आवेदनसँगै खुलाए पनि कृषितर्फको परीक्षा छिटो सञ्चालन गरिने उनले जानकारी दिए ।
यसपटक कृषिबाट जाने श्रमिकका लागि परीक्षा ट्यापको माध्यमबाट परीक्षा सञ्चालन गर्ने तयारी भएको निर्देशक कटुवालले बताए । सार्वजनिक सूचनाअनुसार उत्पादनमुलक क्षेत्रमा पढाई र सुनाई गरी १०० पूर्णाङ्कको परीक्षामा उत्तीर्ण हुन कम्तिमा ५५ अंक ल्याउनुपर्नेछ।  ९० पूर्णाङ्कको कृषि तथा पशुपालन क्षेत्रमा उत्तीर्ण हुन कम्तिमा ३६ अंक ल्याउनुपर्नेछ। २४ डलर परीक्षा शुल्क तोकिएको छ। परीक्षाका लागि सबै व्यथापन नेपालको ईपीएस शाखाले गरे पनि परीक्षा भने दक्षिण कोरिया श्रम तथा मानव संसाधन मन्त्रालयअन्तर्गतको मानव संसाधन विभाग (एचआरडी) कोरियाले गर्नेछ।
दक्षिण कोरियाले नेपालसहित १६ देशबाट ईपीएसअन्तर्गत रहेर श्रमिक आयात गर्दै आएको छ। अन्य देशको तुलनामा नेपाली श्रमिक मेहनती र इमानदी हुने भन्दै पहिलो प्राथमिकतामा राखेको देखिन्छ।
नेपालबाट सन् २००८ देखि ईपीएसमार्फत डेढ लाखको हाराहारीमा प्रशिक्षार्थी श्रमिक कोरिया गइसकेका छन्। आकर्षक कमाइ हुने भएकाले दक्षिण कोरिया जान खोज्ने युवाको सङ्ख्या बर्सेनि बढ्दो छ।

 

प्रकाशित मिति: फाल्गुन ३० २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend