Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पढ्न मन नलाग्ने कारण धेरै कारण, पढ्ने बानी बसाल्ने ७ सूत्र

हाम्रो कोशी आवाज
चैत्र १० २०७८, बिहिबार
पढ्न मन नलाग्ने कारण धेरै कारण,  पढ्ने बानी बसाल्ने ७ सूत्र

हामी अधिकांशलाई पढ्न मन लाग्दैन। पढ्नु पर्‍यो भने दिक्क लाग्छ, हाई आउँछ र पढेर बस्न सकिँदैन। किताबका पानामा भएका अक्षर पढ्नु पर्‍यो भने धेरैजसो निदाउने गर्दछन्।
यसरी पढ्न मन नलाग्नुका पछाडिका धेरै कारण मध्ये, एक कारण वास्तुको दोष समेत हो। तर पढ्न मन लाग्नुको सबै कारण भने यो होइन। तर, यदि विद्यालयको कक्षा कोठा, घरको पढ्ने कोठाको वास्तु मिलेको छैन भने पढाइमा मन जाँदैन।
१. वास्तुशास्त्रका अनुसार विद्यार्थीले पूर्व, उत्तर र ईशान दिशामा फर्केर पढ्नु उत्तम हुनेछ। यी दिशालाई वास्तुले ज्ञानवर्धक दिशा मान्दछ। पूर्व र उत्तर दिशा फर्केर पढ्नु विद्यार्थी वर्गका लागि अति नै लाभदायक मानिन्छ।
२. यदि कारणवश पढ्ने कोठा घरको पश्चिम दिशामा छ भने त्यही कोठामा पनि पूर्व, उत्तर र ईशान दिशामा फर्केर पढ्न सकिन्छ।
३. विज्ञानका अनुसार मानव शरीर र वातावरणका लागि अत्यन्त लाभदायी मानिने इन्फ्रारेड किरणहरू उत्तर पूर्वी कोणबाट आउने भएकाले यसबाट विद्यार्थीलाई सकारात्मक असर पर्छ। यी किरणले शरीरका कोसीकालाई शक्ति दिने र ध्यान एकाग्र बनाउने गर्दछ।
४. पढ्ने विद्यार्थीले कहिल्यै पनि कोठाको ढोकातर्फ ढाड फर्काएर पढ्नु हुँदैन। यसो गर्दा ढोकाबाट आउने प्रकाश र हावालाई पढ्ने मानिस आफैँले छेक्ने गर्दछ।
५. विद्यार्थीले पढ्न बस्दा कोठाको बीम मुनि बसेर पढ्नु हुँदैन, यसले पढाइमा मन नलाग्नुका साथै मानसिक रूपमा तनाव बढ्ने गर्दछ।
६. पढ्ने विद्यार्थीले आफ्नो सिरानी दक्षिण वा पश्चिमतर्फ राख्नुपर्दछ। दक्षिणतर्फ सिरानी पारेर सुत्दा विद्यार्थीको स्वास्थ्य राम्रो हुन्छ भने पश्चिमतर्फ सुत्दा पढाइमा मन लाग्ने गर्दछ।
७. पढ्ने कोठामा किताब राख्ने र्‍याकहरू दक्षिण वा पश्चिम दिशामा राख्नु उत्तम हुन्छ। साथै पढ्ने कोठामा पुस्तकहरू भएको र्‍याक खुल्ला राख्नु हुँदैन। यसले नकारात्मक ऊर्जा दिन्छ।

प्रकाशित मिति: चैत्र १० २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend